काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा चारजना नियुक्त भएका छन्।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ४ जनालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्। नियुक्त हुनेमा डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
यसअघि बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश, सारु उच्च अदालत पाटनका न्यायाधीश, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशका रुपमा कार्यरत थिए।











