काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ५ रुपैयाँले २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटे ३ हजा ४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले ३ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।











