काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको २ लाख ४ हजार ६४२ कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ४२ हजार १४२ कित्ता सबै खरिदका लागि निवेदन दिनुपर्नेछ भने ६२ हजार ५०० शेयरमा न्यूनतम ५ हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।
यो शेयरमा इच्छुक योग्य जोकोही व्यक्त तथा संस्थाले खरिदका लागि दिन सक्नेछन्। शेयर खरिदका लागि निवेदन यही मंसिर १८ गतेसम्म काठमाडौंको नक्सारलस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।











