काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालय ऊर्जा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड माथिको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको २२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ४ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एलएस होरइजन १२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।











