काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेको छन्। आज लगानी समूह ०.७२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.५२ प्रतिशतले घटेको छ।
आज बजारमा ८६ कम्पनीको शेयरभाउ बढ्दा १७९ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालय ऊर्जाको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












