IME Life New

नबिल बैंकलाई साफाको प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’  अवार्ड प्राप्त गरेको छ। बंगलादेशको ढाकामा आयोजित एक विशेष समारोहका बीच निजी क्षेत्रका बैंकहरूको विधाअन्तर्गत ‘साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स एन्ड कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड्स २०२५’ मा नबिल बैंक यो सम्मानबाट सम्मानित भएको हो।

अन्तर्राष्ट्रिय मापदण्ड र ढाँचाअनुरूप सान्दर्भिक, विश्वसनीय तथा विस्तृत विवरणहरू सार्वजनिक गर्दै वित्तीय तथा एकीकृत प्रतिवेदन, पारदर्शिता र संस्थागत सुशासनमा बैंकले देखाएको निरन्तरको प्रतिबद्धता र उत्कृष्टताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बैंकले जनाएको छ। दक्षिण एसियाली क्षेत्रका वित्तीय तथा अन्य संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, पारदर्शिता र जवाफदेहिताको मूल्याङ्कन गर्दै साफाले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS