IME Life New

रामेछापका ६४ वडाको २२६ गाउँबस्तीमा ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रामेछापका आठवटै स्थानीय तहका ६४ वटै वडा तथा करिब २२६ गाउँबस्ती समेटिएको ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य तथा सङ्घीय संसद्को अर्थ समिति सभापति डा। कृष्णहरि बुढाथोकीले विगत छ महिनादेखि सञ्चालन गर्दै आएको उक्त अभियानमार्फत जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र छलफल गरेका हुन्।

रामेछापबाट सङ्घीय संसद्मा निर्वाचित भएपछि जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता, सुझाव र अपेक्षा बुझ्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बुढाथोकीले बताए। जिल्लाका सबै पालिका, वडा र गाउँबस्तीमा पुगेर स्थानीय नागरिकसँग संवाद गर्ने अवसर प्राप्त भएकोमा उनले खुसी व्यक्त गरेका छन्।

Esewa
Crest

अभियानका क्रममा गाउँघर, बस्ती, पाखापखेरा, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, व्यावसायिक फर्म तथा विभिन्न सामूहिक जमघटमा पुगेर स्थानीय नागरिकका समस्या र सरोकारका विषयमा छलफल गरिएको थियो। यस क्रममा उद्योगी, व्यवसायी, शिक्षक तथा गुरुवर्ग, समाजसेवी, बौद्धिक वर्ग, जनप्रतिनिधि र कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग रामेछापको समग्र विकास, सम्भावना, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया गरिएको थियो।

बुढाथोकीले यस अभियानबाट रामेछापको वस्तुस्थिति, जनताका वास्तविक समस्या, विकासका सम्भावना र समाधानका उपायहरूबारे महत्त्वपूर्ण शिक्षा प्राप्त भएको बताएका छन्। स्थानीय नागरिकका अनुभव, सुझाव र विचारले विकासका प्राथमिकता निर्धारण गर्न तथा जनताका आवश्यकता बुझेर जिम्मेवारी निर्वाह गर्न थप प्रेरणा मिलेको उनको भनाइ छ।

‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमका क्रममा प्राप्त सुझाव तथा गुनासाहरूलाई सङ्घीय संसद्मा सशक्त रूपमा उठाउँदै आएको बुढाथोकीले बताए। जनताका समस्या र सरोकारका विषयलाई सरकारका विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायमा लिखित र मौखिक रूपमा प्रस्तुत गर्नुका साथै संसदीय समितिमा समेत निरन्तर आवाज उठाउँदै आएको उनले उल्लेख गरे।

रामेछापको विकास, समृद्धि र सुशासनका साथै समग्र देशको विकास तथा सुशासन कायम गर्ने अभियानमा आफू निरन्तर लागिरहेको उनको भनाइ छ। जनताका समस्या, सुझाव र आवश्यकतालाई सम्बोधन गर्न आगामी दिनमा पनि निरन्तर जनतामाझ रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

जनताको विश्वासप्रति आभार

अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रामेछापवासीप्रति बुढाथोकीले हार्दिक आभार व्यक्त गरेका छन्। आफूलाई सङ्घीय संसद्मा निर्वाचित गराउन जनताले देखाएको माया, सद्भाव र विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै काम गरिरहेको उनले बताएका छन्।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरू, जिल्ला समितिका सभापति एवं पदाधिकारीहरू, पालिका समितिका सभापति एवं पदाधिकारीहरू, वडा समितिका सभापति एवं सदस्यहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण साथीहरूप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

त्यसैगरी, स्वकीय सचिवहरू दिनेश सुवेदी, विपेश खत्री, राजकुमार खड्का र राजेन्द्र क्षेत्रीलगायत सहयोगी साथीहरू तथा सवारीसाधन उपलब्ध गराई सहयोग गर्ने प्रबिन खड्का, नवराज बस्नेत, विष्णु कार्की, महेश लामा, सन्जय कार्कि, नरबहादुर कार्की र अभिजग थापालगायत सहयोगी मित्रहरूप्रति विशेष आभार व्यक्त गरेका छन्।

पहिलो चरण सम्पन्न भए पनि जनतासँगको संवाद र सहकार्य निरन्तर रहने बुढाथोकीले बताएका छन्। जनताका सुखदुःखमा साथ दिने, जनताको आवाज संसद्मा पुर्‍याउने तथा विकास र सुशासनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता उनले दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS