IME Life New

पहिलो त्रैमासमा उद्योग विभागमा १९५ वटा नयाँ उद्योग दर्ता, कुल १ खर्ब ४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा उद्योग विभागमा १९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका उद्योगहरूमा कुल १ खर्ब ४ अर्ब रुपैयाँ लगानी र १० हजार २२० रोजगारी सिर्जना गर्ने प्रस्ताव गरिएको छ ।

दर्ता भएका कुल १९५ उद्योगमध्ये ठूला उद्योग १४, मझौला २२ र साना उद्योग १५९ वटा रहेका छन् । यसै अवधिमा उद्योग विभागबाट ४२२ वटा विदेशी लगानीका परियोजना तथा उद्योगहरू स्वीकृत भएका छन्, जसमध्ये ४१० वटा स्वचालित मार्गबाट स्वीकृत भएका हुन् । स्वीकृत परियोजनाहरूमा कुल १५ अर्ब ८७ करोड रुपैयाँ विदेशी लगानी भित्रिने र ५ हजार १२९ रोजगारी सिर्जना हुने अनुमान छ ।

Esewa
Crest

त्यस्तै, पहिलो त्रैमासिकमा विभागमा १ हजार ८७४ वटा ट्रेडमार्क दर्ता भएका छन् भने ७८ वटा ट्रेडमार्क सम्बन्धी मुद्दाको किनारा लगाइएको छ । भारत र चीनमा सहुलियतपूर्ण निर्यातका लागि ३९ वटा ुसर्टिफिकेट अफ ओरिजिनु सिफारिस गरिएको र १८ वटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले पहिलो त्रैमासिकमा १० हजार २२६ नयाँ कम्पनी दर्ता गरेको छ भने १ हजार ४३ कम्पनी खारेज भएका छन् । यस अवधिमा १ लाख ८३ हजार ८२ कम्पनीको वार्षिक विवरण अद्यावधिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS