IME Life New

भारतसँग पारवहनका लागि चार महत्वपूर्ण सहमति, के नेपालको वैदेशिक व्यापार सहज होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहको दुइ दिने भारत भ्रमणका क्रममा सडक, रेल र हवाइ पारवहनको क्षेत्रमा दुई देशबीच सहमति भएको छ । नेपालले प्रस्ताव गरेको हवाई र सामुद्रिक नाकाको प्रयोग सम्बन्धी बुँदामा सहमति नभएपनि अन्य विषयमा दुबै पक्षबीच सहमति भएको हो ।

यस पटकको भ्रमणको सबैभन्दा ठूलो उपलब्धी भनेको वषौंदेखि नेपालले उठाउँदै आएको भैरहवाबाट दुईतर्फी हवाई रुट अनुमतिमा भारतले प्रारम्भिक सहमति जनाएको छ। यद्दपी यसको कार्यान्वयन नहुँदासम्म भारतीय पक्षको आश्वासनको भर पर्नु नेपालको लागि उपयुक्त नहुन सक्छ।

Esewa
Crest

रेलमार्गबाट जोडिएको वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माण सम्पन्न भएको झण्डै पाँच वर्षसम्म भारतीय अवरोधका कारण नेपाल सरकारले सञ्चालनमा ल्याउन सकेको थिएन। पछि भारतीय सरकारी स्वामित्वको कम्पनीलाइ सुख्खा बन्दरगाह व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिने शर्तमा मात्र भारतीय पक्षले बन्दरगाह प्रयोगमा ल्याउन सहमति जनाएको थियो।

भारत भ्रमणका क्रममा दुइ नयाँ समुद्री बन्दरगाहमा नेपाललाइ पहुँच दिन भारतीय पक्षले सहमति जनाएको छ।  भारतले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) र आवश्यक पूर्वाधार तयार भएपश्चात् पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच उपलब्ध गराउने भएको हो । यद्दपी यी दुबै बन्दरगाह नेपालका लागि कम लाभदायक छन् । नेपालले मागेको मान्द्रा पोर्टमा भारतले पहुँच दिन अस्वीकृत गरेको छ।

प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्वेक्षण’ सम्पन्न भएको घोषणा गरिएको छ । यद्दपी दुइ वर्ष अघि नै यो काम सम्पन्न भइसकेको थियो । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ। सहकार्यको वृहद अर्थ लाग्ने भएकाले यसको मोडालिटी तय नभएसम्म यो कागजी उपलब्धी मात्र हुनेछ।

यो भ्रमणका क्रममा ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा शुरू भयो। यो चाहिँ जनकपुरमा सञ्चालनमा रहेको नेपाल भारत मैत्री रेलको विस्तारित सेवा हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS