IME Life New

बागमतीमा समुदाय स्तरमा आधारभूत आँखा स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकारको पहल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती प्रदेशमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायस्तरमा आधारभूत आँखा स्वास्थ्य सेवा सुदृढ गर्ने उद्देश्यले बागमती प्रदेश र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्यको सम्झौता भएको छ।

प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङको उपस्थितिमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक तिवारी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले गत मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बागमती प्रदेशका विद्यालय नर्स तथा ९९ स्थानीय तहका ३४८ जना स्वास्थ्यकर्मीलाई आधारभूत आँखा स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरिनेछ। तालिममार्फत सहभागी स्वास्थ्यकर्मीहरूको आँखा स्वास्थ्यसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी समुदायस्तरमै आधारभूत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।
यस कार्यक्रमले स्थानीय स्तरमै आँखासम्बन्धी समस्याको पहिचान, प्रारम्भिक जाँच, आवश्यक परामर्श तथा उपचारका लागि समयमै रिफरल (प्रेषण) गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS