IME Life New

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत घोषित गर्न सरकार समक्ष सिफारिश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा विहीबार सम्पन्न समितिको ३८‍औँ बैठकले ४८ जिल्लाबाट यकीन भई आएका ३ हजार ९ सय १५ स्वदेशी तथा सातवटा विदेशी नियोगबाट यकीन भई आएका ६ सय २३ जना विदेशी गरी कुल ३ हजार ९ सय १५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो।

Esewa
Crest

विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌‌मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने प्रावधान छ।

यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिशका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेश गर्न प्राधिकरणले दुई चरणमा सात दिने सूचना प्रकाशन गरेको थियो।

त्यसैगरी, बैठकले सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्ग चित्र २०८३-२०८७ लाई स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ साल सम्ममा नेपालका सबै समुदायलाई प्रकोप पूर्वसूचना उपलब्ध गराउन प्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ।

साथै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना, २०८३-८४ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३-२०८७ पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS