IME Life New

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वार्षिक साधारणसभा आज, हकप्रदसहित यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज भदौ २० गते डाकेको छ।

सभा काठमाडौंको महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा हुनेछ। सभा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोन गर्नेछ। कम्पनीको पुँजी वृद्धि तथा प्रबन्धपत्र नियमावाली संशोधन गर्ने, हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न तथा प्रबन्धपत्र र नियमावलीमा कुनै संसोधन थपघट फेरबदलपरिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोहि सम्बन्धी कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ भने कम्पनीको लेखापरीक्षकले पेस गरेको आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्नेछ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम हाल लेखापरीक्षण गर्दै आइरहेको भरत एन्ड एसोसिएट्सलाई आर्थिक वर्ष २०८२।८३ को लेखापरीक्षकमा नियुक्ति, पारिश्रमिक निर्धारण र अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ६ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ भदौ ५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS