IME Life New

बीमा बूढेसकालको सहारा अनि आपत–विपदको साथीः अभिकर्ता मधु गौतम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधु गौतम पेसाले बीमा अभिकर्ता हुन्। उनले अथाह संघर्ष र मेहनत गरेर अहिले बीमा बजारमा आफ्नो नाम चिरपरिचित बनाएकी छन्। उनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा काम गर्दै आइरहेकी छन्। मधु अहिले सिटिजन लाइफको प्रतिनिधित्व गर्दै बीमा शिक्षा बाँड्दै बीमा गराउँदै आइरहेकी छन्।

मधु २०३४ सालमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ पत्थरकोटमा जन्मिएकी हुन्। उनको कर्मघर भने बाणगंगा नगरपालिका–५ हो। उनको बाल्यकाल सामान्य रुपमा बित्यो। ‘बुबा–आमाले किराना पसल चलाउनुहुन्थ्यो’, उनले भनिन्, ‘सानैबाट व्यापारिक माहोलमा हुर्किएँ। आमा–बुवाले पसल चलाउनुभएको थियो। सानोमा धेरै दुःख पनि भएन धेरै सुःख पनि भएन। मेरो बाल्यकाल सामान्य रुपमै बित्यो।’

Esewa
Crest

मधुले प्लसटुसम्मको अध्ययन पूरा गरेकी छन्। विवाहपछि पनि मधुले पसल व्यवसाय नै गरिन्। किनकि मधु सानैबाट व्यापारिक माहोलमा हुर्किएकी हुनाले उनलाई त्यही कुराको ज्ञान थियो। पसल गर्ने क्रममै मधुलाई साथी कमला जोशीले बीमा अभिकर्ता बन्न आग्रह गरिन्। कमलाले मधुलाई ‘बीमा अभिकर्ता बनेर काम गर, राम्रो छ। पसललाई पनि समय दिन सकिने पार्टटाइमका रुपमा पनि गर्न सकिने अभिकर्ता पेसा एकदमै राम्रो छ। आफूले चाहेजति आम्दानी गर्न सकिने पेसा हो। समाज सेवा पनि हुने, पसलमा आएका ग्राहकको पनि बीमा गर्न सकिने भएकोले धेरै राम्रो पेसा छ’ भनिन्।

आफूले बीमा नबुझेकोले मधुलाई बीमामा खासै चासो थिएन। तर, साथीको आग्रहमा उनले नेपाल लाइफबाट २०६९ सालमा लाइसेन्स लिइन्। त्यसपछि मधुले स–साना बीमा अलि–अलि गराइन्। पसलमा समय दिँदै बीमा पनि गराइन्। उनलाई बीमा गराउन नसकिने रहेछ भन्ने लागेको थियो। खासै चासो दिएर बीमा गराएकी थिइनन्।

मधुको श्रीमानको भने बीमा क्षेत्रमा धेरै रुचि थियो। मधुका श्रीमानले आफ्नो परिवारमा ४ जनाकै बीमा गराएका थिए। पछि बीमा बुझ्दै गएँ। त्यसपछि २०७६ सालमा आफ्नो पसल पनि बेचेर मधु खाली नै बसेकी थिइन्। खाली समयमा फेरि उनलाई सिटिजन लाइफकी ब्रान्च म्यानेजर सम्झना आचार्य र चन्दा पौडेलले बीमा क्षेत्रमा आउन आग्रह गरे। ‘बीमा क्षेत्र राम्रो छ, काम गर्न सकिन्छ। आनुस्’ भने। तर, मधुको जवबफ बीमा गराउन सक्दिनँ भन्ने थियो। अनि पसल बेचेर बसेको समय पनि रहेकोले मधुलाई फेरि सिटिजनबाट काम गरौँ न त भन्ने लाग्यो। अनि उनले २०७६ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थालिन्।

सिटिजन लाइफमा प्रवेश गरेपछि मधुले राम्रो बीमा गराउन सफल भइन्। कम्पनीले समय–समयमा दिने तालिम, उच्च तहका कर्मचारीको साथ, सपोर्ट र हौसलाले मधुमा ऊर्जा थपिँदै गयो र सोचेजस्तो बीमा गराउन सफल भइन्। श्रीमानको पनि सहयोग बीमा क्षेत्रमा उनलाई धेरै नै छ। परिवार र कम्पनीको साथले गर्दा मधु आज बीमा क्षेत्रमा सफल महिला अभिकर्ता बनेकी छन्।

पहिला बीमा नबुझ्दा अभिकर्ता पेसा मधुलाई नराम्रो लाग्थ्यो। अहिले बीमा बुझेपछि अभिकर्ता पेसा उनलाई धेरै राम्रो लागेको बताउँछिन्। ‘पहिला–पहिला मानिसहरुले बीमा नबुझ्दा पैसा खाएर भागी भन्थे’, उनले भनिन्, ‘पहिलाको तुलनामा अहिले बीमा पनि धेरैले बुझेका छन्। नराम्रो आरोप पनि लाग्दैन। बीमा सजिलै बुझाउन सकिन्छ। अहिले अभिकर्ता बनेर काम गर्न पाउँदा गर्व लाग्छ। धेरै सन्तुष्ट छु।’

बीमा क्षेत्रमा प्रवेश गरेपछि आफूमा धेरै परिवर्तन पाएको मधुको भनाइ छ। उनले भनिन्, ‘आर्थिक रुपमा सबल भएकी छु। सबैसामु खुलेर बोल्न र आफ्नो कुरा निर्धक्क भएर राख्न सक्ने भएकी छु। मेरो व्यक्तित्वमा परिवर्तन आएको छ। सकारात्मक विचार आएको छ। बीमा अभिकर्ता भएपछि साँच्चै मेरो जीवन नै परिवर्तन भएको छ।’

अभिकर्ता पुन्यको पेसा रहेको मधुको धारणा छ। ‘अभिकर्ता बनेर समाजमा मानिसहरुलाई बीमा गराउनुस् भन्दै हिँडेकी छु। मानिसहरुको जीवन सुरक्षा गर्न सूसुचित गराएकी छु’, उनले भनिन्, ‘यसमा म धेरै खुसी छु। म सिटिजन लाइफमा आएर बीमा गराएपछि मेरो एउटा क्लेम परेको थियो। त्यो दाबी भुक्तानी कम्पनीले सहजै प्रदान गर्यो। झन यो कुराले मलाई बीमा क्षेत्रमा अगाडि बढ्न धेरै प्रेरित गर्यो।’

बीमा सबैका लागि अपरिहार्य रहेको मधुको भनाइ छ। ‘आजको जस्तो समय भोलि नहुन सक्छ। मानिसको जीवन सधैँ एकैनास हुँदैन। भोलिका लागि बीमा गर्नुपर्छ। बूढेसकालको सहारा, आपत–विपदको साथी भनेको नै बीमा हो’, उनले भनिन्, ‘जीवनमा भइपरी आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनीकरण गर्न बीमा सारथि बन्ने गर्दछ। त्यसकारण अहिले आफू कमाउने हुँदा नै बीमा गर्नुपर्छ।’

स–सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य भएको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा मधु विश्वस्त छिन्। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने मधुको भोगाइ छ। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्ने उनको अनुभव छ। ‘यो पेसामा आफूले जति मेहनत गर्न सक्यो, त्यति नै आम्दानी हुन्छ’, उनले भनिन्, ‘मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुण बीमा अभिकर्तामा हुनुपर्छ।’

अभिकर्ता पेसामा आउने नवप्रवेशीलाई के सुभाब दिनुहुन्छ भन्ने प्रश्नमा मधुले भनिन्, ‘बीमा निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो छ। मेहनत गरे समयभन्दा अगाडि नै परिपक्क बनाउने पेसा हो। आर्थिक रुपमा सबल हुने भएकाले यो धेरै राम्रो छ। पार्टटाइमका रुपमा पनि अँगाल्न सकिने भएकोले यो धेरै उत्तम पेसा छ।’

कम्पनीबाट मधुले सिल्भर क्लब अन्तर्गतको अवार्ड पाएकी छन्। उनी एमडीआरटी समेत भइसकेकी छन्। उनी सिटिजन लाइफबाट दिक्षित समेत भएकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS