IME Life New

के प्रत्यक्ष बीमाका लागि दिइएको छुटले संस्थागत बीमितलाई दिइने छुट प्रतिस्थापन गर्दैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली २०८१ लागू हुनुपूर्वसम्म बीमकसँग प्रत्यक्ष बीमा गराउन आउँदा संस्थागत बीमितलाई मात्र बीमाशुल्कमा छुट सुविधा दिने प्रावधान लागू थियो। यस्तो प्रावधान नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्रका आधारमा वितरण गरिंदै आएको थियो। प्राधिकरणले प्रत्यक्ष बीमाका लागि आउने संस्थागत ग्राहकलाई बीमाशुल्कमा ८ प्रतिशतका दरले छुट दिने व्यवस्था गरेको थियो।

२०८१ फागुनदेखि बीमा नियमावली लागू गरिएपछि बीमक कहाँ बीमा गराउन प्रत्यक्ष सम्पर्क गर्ने जो सुकैका लागि छुट सुविधाको व्यवस्था गरिएको छ। बीमकहरू, बीमा नियमावलीको यो  प्रावधानले व्यक्तिगत ग्राहकको विषय मात्र सम्बोधन गरेकाले प्राधिकरणले संस्थागत ग्राहकलाई छुट उपलब्ध गराउन दिएको यसअघिको निर्देशन खारेज नहुने बताउँछन्। उनीहरूको भनाईमा नियमावलीले व्यक्तिगत ग्राहकको हकमा मात्र निर्णय गरेको छ।

Esewa
Crest

जीवन बीमक संघ नेपालका अध्यक्ष प्रविण रमन पराजुलीले दुबै व्यवस्थाको उद्देश्य बेग्लाबेग्लै भएकाले समानान्तररूपमा दुबै व्यवस्था अझै पनि कार्यान्वयनमा छन्। उनले इन्स्योरेन्स खबरसँगको कुराकानीमा भने, नियमावलीले व्यक्तिगत ग्राहक(बीमित) लाई मात्र समेटेको छ, त्यसैले साबिक बमोजिम संस्थागत ग्राहकले बीमाशुल्कमा ८ प्रतिशत छुट नपाउने भन्ने होइन्।

बीमा नियमावलीले प्रत्यक्ष बीमा गराउन आउनेलाई बीमा अभिकर्ता कमिशन दरको आधारमा छुटको व्यवस्था गरेको छ , संस्थागत ग्राहकले आफ्नो सञ्चालक र कर्मचारी वा ऋणीको लागि जीवन बीमा गर्न प्रत्यक्ष सम्पर्क गरेमा वार्षिक बीमाशुल्क दरमा ८ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था प्राधिकरणले परिपत्रमार्फत् धेरै वर्ष अघि देखि नै लागू गरेको पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS