IME Life New

विगत ५ वर्षमा नेपाल एसबीआई बैंकले कति दियो लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकको पछिल्लो ५ वर्षको लाभांश वितरण प्रवृत्तिलाई हेर्दा बैंकले पुँजी वृद्धिभन्दा नगद प्रतिफल (क्यास डिभिडेन्ड) लाई बढी प्राथमिकता दिएको स्पष्ट देखिन्छ।

विगत ५ वर्षमा बैंकले कुल ४६.०४ प्रतिशत लाभांश घोषणा गरेकोमा नगद लाभांश २७.९९ प्रतिशत छ भने बोनस शेयर १८.०५ प्रतिशतमात्र रहेको छ। यसले गर्दा बैंकको ५ वर्षको औसत वार्षिक लाभांश ९.२१ प्रतिशत कायम भएको छ। जसमा ५.६० प्रतिशत नगद र ३.६१ प्रतिशत बोनस शेयर समावेश छ।

Esewa
Crest

वर्षगत रुपमा हेर्दा आर्थिक वर्ष २०७७।७८ मा बैंकको लाभांश इतिहास पछिल्लो ५ वर्षकै न्यून विन्दु अर्थात् कुल ५.३१ प्रतिशतमा सीमित भएको थियो। जसमा ३.५ प्रतिशत बोनस र १.८१ प्रतिशत नगद लाभांश थियो। त्यसपछिका ३ आर्थिक वर्ष (२०७८।७९, २०७९।८० र २०८०।८१) मा बैंकले लगातार १० प्रतिशतभन्दा माथिको स्थिर प्रतिफल वितरण गर्यो। आर्थिक वर्ष २०७८।७९ मा १०.५३ प्रतिशत, २०७९।८० मा १०.५५ प्रतिशत र २०८०।८१ मा १०.६५ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०८१।८२ को लाभांश भने अघिल्ला ३ वर्षको दोहोरो अंकको ट्रेन्डभन्दा केही घटेर ९ प्रतिशतमा झरेको छ। उक्त वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS