IME Life New

‘द गभर्नर्स टेबल’ : काठमाडौंमा ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्विस्कीको स्वाद, सुगन्ध र त्यससँग जोडिएको परिष्कृत आतिथ्यलाई केन्द्रमा राख्दै ‘द गभर्नर्स टेबल’ नामक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

याक एन्ड यतीको डाइनास्टी हलमा बिहीबार आयोजित निमन्त्रणामा आधारित कार्यक्रममा आमन्त्रित पाहुनाहरुले ह्विस्कीको विविध पक्षबारे जानकारी लिनुका साथै विशेष स्वाद अनुभव गर्ने अवसर पाए। सागर डिस्टिलरीको ब्रान्ड ‘द गभर्नर’द्वारा आयोजित कार्यक्रम परम्परागत स्वाद चाख्ने सत्रमा मात्र सीमित थिएन। कार्यक्रममा ह्विस्कीको रङ, चरित्र र सुगन्धबारे जानकारी दिँदै हाइल्यान्ड र स्पेसाइड शैलीका माल्टका विशिष्ट सुगन्ध पहिचान गराइएको थियो।

Esewa
Crest

त्यसपछि पाहुनाहरुलाई ‘द गभर्नर’लाई निट, अन द रक्स र पानीसँग गरी तीन फरक शैलीमा अनुभव गराइएको थियो।

ह्विस्कीसँग मिल्ने परिकारहरुको विशेष संयोजनले स्वाद अनुभवलाई थप रोचक बनाएको थियो। औपचारिक स्वाद सत्रपछि ग्रेजिङ टेबल, ककटेल, रात्रिभोज र प्रत्यक्ष गजल प्रस्तुतिसहित कार्यक्रमलाई अनौपचारिक र आत्मीय माहोलमा अगाडि बढाइएको थियो।

ह्विस्कीलाई केवल पेयका रुपमा नभई स्वाद, सुगन्ध र अनुभवसँग जोडेर प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘द गभर्नर्स टेबल’ले ब्रान्ड अनुभवलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। स्वादको सूक्ष्मता, खानासँगको संयोजन र गुणस्तरीय आतिथ्यलाई एउटै परिवेशमा समेट्दै कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS