IME Life New

रिलायन्स इन्डस्ट्रिजको वक्तव्यपछि एलन मस्कको स्टारलिंकले दियो यस्तो जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै धनीव्यक्ति एवं अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी स्टारलिंकले भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्न तयार रहेको जनाएको छ।

कम्पनीले रिलायन्स इन्डस्ट्रिजको पछिल्लो वक्तव्यको जबाफमा यो बयान दिएको हो। जसमा रिलायन्सले प्रतिस्पर्धाबाट डराएको छैन भनी उल्लेख गरेको थियो।

Esewa
Crest

स्टारलिंकले शुक्रबार एक्समा लेख्यो, ‘हामीले ५ वर्षभन्दा बढी समयदेखि भारतमा नियामकहरु, उद्योग र अपरेटरहरुसँग नजिकबाट काम गरेका छौँ। हामीले भारतीय ट्राफिकलाई पूर्ण रुपमा सुरक्षित तरिकाले सेवा दिन देशभित्र प्रणाली, प्रवेशद्वार र अन्य पूर्वाधारको नेटवर्क निर्माण गरेका छौँ।’

स्टारलिंकले थप्यो, ‘सबैभन्दा महत्वपूर्ण कुरा हामीले यो सरकारको स्वीकृतिमा गरेका छौँ। स्टारलिंक भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्न तयार छ।’

यसअघि एलन मस्कको आरोपपछि रिलायन्स इन्डस्ट्रिजले प्रतिस्पर्धासँग कहिल्यै डराएको नभएको जनाएको थियो। कम्पनीका अनुसार प्रतिस्पर्धाको सबैभन्दा ठूलो मापदण्ड भनेको ग्राहकहरुलाई उत्तम सेवा कसले प्रदान गर्छ भन्ने हो। रिलायन्स इन्डस्ट्रिजले भनेको थियो, ‘हरेक भारतीय कम्पनीजस्तै रिलायन्सले स्वदेशी र विदेशी लगानीका साथै नयाँ विचारहरुलाई स्वागत गर्ने देशमा विकास गरेको छ, विशेषगरी मानिसहरूको जीवन सुधार गर्ने।’

एलन मस्कले हालै भारतमा स्टारलिंकको प्रवेश रोकिएको आरोप लगाएका थिए। उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ‘प्रधानमन्त्री अम्बानी’ भनेर उक्त आलोचना पनि गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS