IME Life New

संस्थागत सुशासनको गम्भीर उलंघनपछि बीमकको सञ्चालक समितिलाई डाँक्यो बीमा प्राधिकरणले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासनको गम्भीर उलंघनका घटना र नीतिगत अनियमितता फेला पारेपछि जवाफका लागि बीमकको सञ्चालक समितिलाई डाँकेको छ।

बीमा प्राधिकरण सम्बद्ध श्रोतका अनुसार, केही महिनायता प्राधिकरणका तर्फबाट गरिएको जीवन बीमक, निर्जीवन बीमक, लघु बीमक र पुनर्बीमा कम्पनीको स्थलगत निरिक्षणका क्रममा बीमकको व्यापार प्रवर्द्धन खर्च, विज्ञापन खर्च, अपारदर्शी कमिशन खर्च, वित्तीय स्वार्थ सहितको लगानी, सम्पत्ती शुद्धिकरण, जोखिमाङ्कन, म्यादी बीमा व्यवसायमा अनियमितता लगायतका गम्भीर लापरवाही फेला परेको छ।

Esewa
Crest

यसबाहेक केही बीमकले श्रम ऐन २०७४, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका र बीमकको कर्मचारी विनियमावली विपरित एउटै पदको तलबमानमा पनि कानूनविपरित फरक फरक व्यवस्था गरेर तलब सुविधा वितरण गरेको विषयलाई पनि प्राधिकरणले ‘नोटिस’मा लिएको छ। कर्मचारीमाथि श्रम शोषणले दक्ष जनशक्ति पलायन हुने र आन्तरिक नियन्त्रण कमजोर हुने भएकाले प्राधिकरणले यस विषयमा बीमकको प्रत्येक तहका कर्मचारीको तलब भत्ता र अन्य सुविधाको विषयमा विशेष अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ।

खासगरी व्यवस्थापन खर्च कटाैती गरेर उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कन गर्ने नियतले सीइओहरूले जनशक्तिको संख्या कटाैती गर्न नसकेपनि सेवा सुविधामा विभेदको नीति अँगालेको देखिएको छ, सम्बद्ध श्रोतले भन्यो, यसले अल्पकालमा सीइओहरू हिरो देखिएपनि अन्ततः कुनै कर्मचारीले श्रम अदालतमा च्यालेञ्ज गरिदियो भने सीइओले व्यक्तिगतरूपमा सबै क्षतिपूर्ती व्यहोर्नुपर्नेछ।

प्राधिकरणका अनुसार, उच्च व्यवस्थापनले गरेका लापरवाहीपूर्ण कामको अन्तिम जिम्मेवारी सञ्चालक समितिमा हुने भएकाले यी विषयहरूमा सञ्चालक समितिको जवाफदेहीताका लागि प्राधिकरणले डाँकेको हो । प्राधिकरणका अनुसार, निरिक्षणका क्रममा फेला परेका कैफियतहरूका सम्बन्धमा बीमकको व्यवस्थापनबाट लिखित जवाफ प्राप्त भइसकेका छन् । प्राप्त जवाफ चित्त बुझ्दो नभएकाले सञ्चालक समितिलाई नै थप प्रष्टीकरण र जवाफदेहीताका लागि बोलाउन लागिएको हो।

सञ्चालक समितिबाट पनि चित्त बुझ्दो जवाफ प्राप्त नभएको अवस्थामा बीमा प्राधिकरणको सञ्चालक समितिबाट सम्बद्ध बीमकविरूद्धको कारवाहीका सम्बन्धमा निर्णय लिनेछ ।

संभवतः दशैं बिदा लगत्तै उनीहरू(सञ्चालक)लाई बोलाउँदैछाैं, बीमा प्राधिकरणका एक अधिकारीले इन्स्योरेन्स खबरसँग भने, सञ्चालक समितिको जिम्मेवारी बैठक बस्ने र भत्ता लिने मात्र होइन, भइरहेका कामकारवाहीहरू नियमसंगत छन् भन्ने सुनिश्चित गर्नुपनि हो।

बीमा प्राधिकरणले यस पटक बीमकको स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालक समिति सदस्य(अध्यक्षसहित) हरूलाई मात्र  डाँकेको छ। प्राधिकरणका एक अधिकारीले भने, स्वतन्त्र सञ्चालकको कार्यकारी हैसियत नहुने भएकाले उनीहरूलाई डाँकिएन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS