IME Life New

बरुण हाइड्रोपावरको लाभांश घोषणा, १००% हकप्रद शेयर पनि ल्याउने, वार्षिक साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड २५ लाख ३२ हजार ४२५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४.७५ प्रतिशतले हुन आउने ५ करोड ३३ लाख २० हजार २९०.१८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने २८ लाख ६ हजार ३३१.०६ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

यसैगरी सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न आउँदो कात्तिक २० गते २३ औँ वार्षिक साधारणसभासमेत आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै सुझाव प्राप्त भएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ अर्ब १७ करोड ५८ लाख ५२ हजार ७१५.१८ रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थि वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ। सभाले सञ्चालकहरुको नियुक्ति पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS