IME Life New

चुनढुङ्गा उत्खनन् गर्न एक साथ सात कम्पनीलाई मन्त्री परिषदको स्वीकृति, सबैभन्दा धेरै मकवानपुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरिम सरकारले सिमेण्ट उद्योगको मुख्य कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् गर्न एक साथ सातवटा कम्पनीलाई राष्ट्रिय वन क्षेत्रमा डोजर चलाउन स्वीकृति दिने निर्णय गरेको छ।

वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाली रहेकी प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्री परिषद बैठकले रिद्धि सिद्धि सिमेन्ट लिमिटेड,बा माइन्स एण्ड मिनिरल्स,बिग प्लस मिनिरल्स प्रा. लि.,अन्नपूर्ण मिनिरल्स प्रा.लि.,विशक्ति होल्डिङ्गस प्रा.लि.,शक्ति मिनिरल्स प्रा.लि. र के. के. लाइम्स एण्ड इन्डस्ट्रिज प्रा. लि. लाइ चुनढुङ्गा खानी उत्खननको स्वीकृति दिने निर्णय गरेको हो।

Esewa
Crest

मकवानपुरको भीमफेदी र बागमती गाउँपालिकामा ३६.०६ हेक्टर क्षेत्रफल वन क्षेत्र सरकारले निजी क्षेत्रलाई खानी उत्खनन् गर्न जिम्मा लगाएको हो ।

बैठकले शंकर समूह र अम्बे समूहको संयुक्त स्वामित्वको रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा, चुनढुङ्गा उत्खनन कार्यको लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी भीमफेदी गाउँपालिका बडा नं ५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा बाबा माइन्स एण्ड मिनिरल्स प्रा.लि. लाई चुनढुङ्गा उत्खनन कार्यको लागि  प्रयोग गर्न स्वीकृति दिएको छ। सोही वडामा राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गाबाट ग्रेनाइट झिक्न बिग प्लस मिनिरल्स प्रा. लि. लाई स्वीकृति प्रदान गरेको छ।

बैठकले अन्नपूर्ण मिनिरल्स प्रा.लि. लाई फलाम उत्खनन् कार्यको लागि मकवानपुर जिल्लाको वागमती गाउँपालिका वडा नं. ६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति ।

चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं १३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्ने स्वीकृति विशक्ति होल्डिङ्गस प्रा.लि.ले पाएको छ। यसले चुनढुङ्गा उत्खनन गर्नेछ।

बैठकले कृषी चुन उत्पादन गर्दै अाएको भैरहवास्थित शक्ति मिनिरल्स प्रा.लि.लाई चुनढुङ्गा उत्खनन कार्यको लागि पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं ७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

यसबाहेक के. के. लाइम्स एण्ड इन्डस्ट्रिज प्रा. लि. लाई चुनढुङ्गा उत्खनन कार्यको लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय जनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS