IME Life New

परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरीः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले परिवर्तनका लागि सोचसँगै व्यहार पनि बदल्न जरुरी रहेको बताएका छन्।

आज विजयादशमीका अवसरमा आफ्नो फेसबुक पेजमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्। ‘विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिका रुपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ’, उनले लेखेका छन्, ‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।’

Esewa
Crest

प्रधानमन्त्री शाहले यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गरेका छन्। ‘मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरुले गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरुलाई समेत हामी खोजीखोजी पुग्छौँ’, उनले भनेका छन्, ‘आआफ्नो ठाउँबाट आ–आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौँ।’

प्रधानमन्त्री शाहले यस पावन अवसरमा देश तथा विदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS