काठमाडौं । नेपालीहरुको महान चाडपर्वहरु दशैँ, तिहार तथा छठ भिँत्रदै छन् । यस्ता चाडपर्वहरु नेपाली समाजका मूख्य चाडहरु हुन् । यी विभिन्न चाड पर्वहरुलाई नेपालीहरुले हर्षो उल्लासका साथ मनाउने गर्दछन् । मिठा मिठा परिकारहरु, आफन्तजन सँगको भेटघाटका साथमा यी पर्वहरु मनाउने गरिन्छ । विशेषत यी चाडवाडहरु बालबालिकाका लागि बढी महत्वपूर्ण हुने गर्छ ।
दशैँमा राम्रो राम्रो लगाउँने र खानो केटाकेटी रहर हुन्छ । यदी तपाई पनि आफना सन्तीतलाई खुशी बनाउँन केही उपहार दिने योजना बनाउँनु भएको छ भने बीमा पोलिसी उपहार दिनु उत्तम हुन्छ । तपाईले दिएको उपहार तपाईको सन्ततीको लागी कतिको उपयोगी हुन्छ । अथवा उक्त उपहार कति अवधिको लागी हुन्छ भन्ने कुरामा पनि भरपर्छ । दक्षिणा दियो भने उनीहरुले क्षणभरमै खर्च गरेर सक्छन्, नयाँ कपडा मिठाई भनेको क्षणिक अवधिका लागि हुने भएकाले दशैंमा दक्षिणा दिनुको सट्टामा बमिा पोलिसी उपहार दियो भने बालबालिका र परिवारकै भविष्य राम्रो हुन्छ ।
यदि तपाईले महंगो कपडा वा ग्याजेट उपहार दिने सोच बनाउँनु भएको छ भने फेरी पनि एक पल्ट सोच्नु होस, यस्ता महंगा र छोटो अवधिको सामाग्री भन्दा सन्ततीलाई बीमायोजना उपहार दिनुहोस् ।
बीमा भनेको सुरक्षा हो । केटाकेटीको लागी गरिने बीमाले भोलि उनीहरुको उच्च अध्ययन र विवाहको लागी उपयोगी हुन सक्छ । अहिलेबाटै बमिा गर्यो भने छोरीछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने बेला तपाईले कर्जा लिनुपर्ने हुँदैन् न त विवाह गर्दा तपाईले कर्जा लिनुपर्नेछ ।
आज देखि नै बीमा योजना खरिद गरी बचत गरिदिनु भयो भने भोलि दिनमा संरक्षकलाई केही भएको खण्डमा पनि बिमाले छोराछोरीलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । त्यसैले यदि सन्ततीको राम्रो आर्थिक भविष्य देख्नु चाहनहुन्छ भने उपहारमा बीमा दिने बानीको विकास गरौँ ।
दक्षिणाको उपयोग गर्न सिकाउँ
दशै तिहार भनेकै केटाकेटीको लागी हो । त्यसमा पनि दशैमा आफन्तबाट टिका लगाएर पाउँने दक्षिणा र तिहारमा भैलो खेलेर पाउँने पैसा केटाकेटीको लागी महत्वपूर्ण हुन्छ । यसरी जम्मा भएको रकम के गर्नुहुन्छ ? यदी केटाकेटीलाई उक्त रकम दिने हो भने चकलेट खाएर वा खेल्ने सामाग्रीमा नै खर्च गर्छन् । जसको कुनै उपयोगीता नै छैन । त्यसैले छोराछोरीलाई बचत गर्न आजै देखि सिकाउँनु होस । यसका लागी यसरी जम्मा भएको रकम बिमायोजना खरिद गर्नमा लगानी गर्नुहोस । छोराछोरीलाई भन्नुहोस उसको भविष्यको लागी जम्मा हुँदैछ भनेर । अपुग भएको रकम आफुले थपिदिनुहोस ।












