IME Life New

भिजन लुम्बिनी ऊर्जा कम्पनीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन लुम्बिनी ऊर्जाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको कुल ३.६४४२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसअनुसार कम्पनीले उक्त प्रतिशतबराबरको ७० करोड ४ लाख ६० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। यसमा करबापत ०.१८४२ प्रतिशतले हुन आउने ३५ लाख २३ हजार २६.३२ रुपैयाँ रहेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो मंसिर ३ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सभाले रुपन्देहीको बुटवलस्थित दियालो फुडल्यान्ड कालिकानगरमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन नगरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS