IME Life New

भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले भने, ‘मेजर अप्रेशन पछि म स्वस्थ छु’ (भिडियोसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत मंसिर १० गते मंगलबार एक्कासी पेटदुखेपछि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले एक सातापछि अस्पतालबाटै भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यस्थितिको जानकारी गराएका छन् ।

Esewa
Crest

क्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थेरासिस तथा ट्रान्सप्लान्स सेन्टरमा अप्रेशनपछि स्वास्थ्य लाभ गर्दै गरेका प्रधानमन्त्रीले मंगलबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यस्थितिको जानकारी गराउँदै साग खेलकूदमा खेलाडीहरुलाई उत्कृष्ट नतिजा ल्याउन आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन्, ‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।

एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS