IME Life New

रमझममा डोरबहादुरः जीवन बीमाले कभर गर्छ तर ‘डन्ट ड्रिंक एन्ड ड्राइभ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समय सधैँ कहाँ एकै नासको हुँदो रहेछ र ? जीवन जिउने क्रममा आरोह अवरोहको सामना गर्नु नै पर्छ। यस्तै नियती आइलाग्यो खोटाङका डोरबहादुर गुरुङको जीवनमा। युवा उमेरको जोस, जे पनि गर्न सक्छु भन्ने आट र हिम्मतले निम्त्याएको दुर्घटना।

कुरा फागुन महिनाको हो। गाउँमा खेती–किसानी गरेर बसेका डोरबहादुर साथीहरुसँग पिकनिक गएका थिए। सँगै एसएलसी दिएका साथीहरुसँगको पिकनिकको बहानामा १५ वर्षपछिको भेटले माहोल रौसिएको थियो। सबैमा १५ वर्षे अनुभव साटासाट तथा १५ वर्षअघिका दिनको सम्झना आदान–प्रदान गर्दै अगाडि बढेका थिए। उल्लासमय वातावरणमा मीठा–मीठा सम्झनाहरु ताजा हुँदै थिए। केही साथीहरु त ठ्याक्कै १५ वर्षपछि भेट भएका थिए। व्यापार, व्यवसाय अनि जागिरमा सफल भएकाहरुको हाइफाइ नै अर्कै थियो।

Esewa
Crest

बेलुका सबै आ–आफ्नो गन्तव्यतिर बस, कार र मोटरसाइकलमा छुट्टिने क्रम सुरु भयो। डोरबहादुर मिल्ने साथी अमर भण्डारीको मोटरसाइकलमा घरतिर फर्किन लागे। अमर र डोरबहादुरको घर पनि नजिकै थियो। घरनजिकै पुगेपछि त्यहाँको होटलमा खाजा–नास्ता गरेर पिकनिकको समीक्षा गर्न थाले। नास्ताका साथमा थपिएको मदिराले पिकनिक समीक्षालाई गज्जबको बनाइरहेको थियो। रात झमक्कै भएपछि डोरबहादुरलाई घरसम्म मोटरसाइकलमा छाड्न अमर गए तर विडम्बना रातको समय मदिराका साथ बिहानसम्म राम्रो बाटोमा दिउँसो खानेपानीका लागि खनेको सडक राम्रोसँग नपुरिएकोले मोटरसाइकलले बाटो छाड्यो र बाटोमुनि मोटरसाइकल गयो। साथमा अमर र डोरबहादुर पनि। धन्न अमरलाई धेरै चोटपटक लागेको रहेनछ अनि घरपरिवार र छरछिमेकलाई बोलाएर डोरबहादुरको उद्धार गरी अस्पताल पुर्याए। अस्पतालमा प्रारम्भिक उपचारपछि थाहा भयो कि डोरबहादुरको दुवै खुट्टामा ठूलै असर गरेको रहेछ।

४५ दिन अस्पतालको बसाइपछि बैसाखीको सहारामा घर फर्किए, डोरबहादुर। यसबीचमा उनले जीवन बीमा गरेको कम्पनीमा आवश्यक प्रक्रिया पूरा गर्ने काम सँगैका साथी, जो अभिकर्ता थिए, उनले गरिसकेका थिए। आवश्यक कागजात पूरा गरेपछि उनले जीवन बीमा कम्पनीबाट अब मासिक रुपमा अपांग अशक्त भत्ता पाउने भए। जीवन बीमा गर्दा अभिकर्ता साथीको राय–सल्लाहबमोजिम मूल बीमालेखमा अतिरिक्त सुविधास्वरुप अपांग अशक्त सुविधा पनि लिएका रहेछन्। अब बाँकी बीमा अवधिसम्म मूल बीमांक रु. २० लाखलाई १२० ले भाग गर्दा आउने १६ हजार ६६६ रुपैयाँ प्रत्येक महिना प्राप्त हुने भयो र त्यसपछि बीमा नवीकरण शुल्क बुझाउनु नपर्ने र बीमा समाप्तीमा फेरि बीमांक रकम र आर्जित बोनस प्राप्त हुने भएपछि उनको जीवन सहज भयो। गाउँकै विद्यालयमा पढिरहेका एक छोरा र एक छोरीको पढाइ पनि रोक्नु परेन। श्रीमतीले खेतीपाती सम्हाल्न थालिन् भने उनले सकेको सहयोग श्रीमतीलाई गर्न थाले।

जीवन पुनः सामान्यकरण गर्दै लगे अनि सधैँ बीमा गराउने अभिकर्ता साथीलाई अपांग अशक्त पूरक सुविधा लिन कर गरेकोमा धन्यवाद व्यक्त गरे। र, त अहिले पनि भन्छन्– ‘उनी डन्ट ड्रिंक एन्ड ड्राइभ । ता कि भविष्यमा मेरो जस्तो कसैको नहोस्। यदि केही भइहालेमा पनि जीवन बीमाले कभर गर्दो रहेछ। त्यसैले जीवन बीमा अनिवार्य गरौँ। अपांग अशक्त पूरक सुविधाका साथमा।’

अब त नयाँ जीवन पाएका डोरबहादुरले भेटघाटमा आउने सबैलाई यसो भन्ने गर्दछन्। अनि तपाइँ हामीले पनि आजै जीवन बीमा गर्ने कि ?

(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS