IME Life New

औपचारिक रेमिट्यान्सले अझै किन ग्राहक गुमाइरहेको छ ? नीतिगत कमजोरीको नालीबेली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले हुण्डीलाई अपराध मानेर प्रतिबन्ध लगाए पनि यो अझै रोकिएको छैन।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू)ले जारी गरेको हुण्डी कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन र स्वतन्त्र अध्ययनहरले एउटै कुरा देखाएका छन् कि मान्छेहरुले कानुन छल्नमात्र नभएर औपचारिक माध्यमभन्दा हुण्डी सजिलो भएकैले यसलाई रोजिरहेका छन्।
हुण्डी फस्टाउनुका पछाडि केही ठोस कारण रहेको एफआईयूले औँल्याएको छ। पहिलो त हुण्डी कारोबारीले बैंकको तुलनामा राम्रो विनिमयदर (रेट) दिन्छन्। अर्कोतिर विदेशमा पढ्न, उपचार गर्न वा घुम्न जानेहरुका लागि विदेशी मुद्रा साट्ने सीमा निकै कडा छ। जसले गर्दा मान्छेहरु बाध्य भएर अनौपचारिक बाटो रोज्छन्।

Esewa
Crest

त्यस्तै, सामान आयात गर्दा भन्सारमा कम मूल्य देखाउने व्यापारीहरुलाई बाँकी हिसाब मिलान गर्न यस्तै अवैध बाटो चाहिन्छ। बैंकिङ पहुँच र वित्तीय साक्षरता कम भएका वैदेशिक रोजगारीमा जाने कामदार पनि घरदैलोमै पैसा पुर्याइदिने भएकाले हुण्डीतिरै तानिन्छन्।

सन् २०२६ जुलाईमा आईआईडीएसले निकालेको नीतिगत संक्षेपले औपचारिक माध्यमका झन्झटहरु पनि देखाएको छ। पहिलोपटक विदेश जाने कामदार र गाउँघरका परिवारलाई बैंकको पटक–पटकको केवाईसी (ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने) र कागजी प्रक्रियाले नै तर्साउँछ।

औपचारिक माध्यममा आउन आकर्षक सहुलियत पनि खासै छैन। अझ वैदेशिक रोजगार, वित्तीय क्षेत्र र सम्पत्ति शुद्धीकरण हेर्ने निकायहरुबीच तालमेलकै अभाव छ। यूएनसीडीएफ र आईओएमको मूल्यांकनलाई उद्धृत गर्दै उक्त प्रतिवेदनले रेमिट्यान्स प्रोत्साहनमा राष्ट्र बैंक र सरकारमध्ये कसको जिम्मेवारी के हो भन्ने स्पष्ट नभएको उल्लेख गरेको छ। यसका लागि विदेश जानुअघि अनिवार्य वित्तीय साक्षरता तालिम दिनुपर्ने र राष्ट्रिय परिचयपत्रकै आधारमा सजिलै बैंक खाता खोल्न मिल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

कानुनी र नीतिगत कमजोरीका विषयमा एफआईयू आफैँले पनि प्रश्न उठाएको छ। मुलुकी अपराध संहिताको दफा १२५ (क) अन्तर्गत हुण्डी गर्नेलाई बढीमा १ वर्ष मात्र कैद हुने व्यवस्था छ। जुन अपराधको गाम्भीर्यअनुसार नमिलेको भन्दै उसले कानुन निर्माताहरुलाई पुनर्विचार गर्न आग्रह गरेको छ।

त्यस्तै भन्सार, बैंक र कर कार्यालयबीच व्यापारिक तथ्यांक रुजु गर्ने संयन्त्र पनि निकै कमजोर छ। यसअघिको अन्तर्राष्ट्रिय मूल्यांकनले पनि बिना इजाजत पैसा ओसारपसार गर्नेलाई तोकिएको सजाय निरुत्साहित गर्ने खालको नभएको औँल्याएको थियो।

कडा कारबाहीको वकालत गरिरहँदा एफआईयू आफैँले एउटा सर्त भने राखेको छ– हुण्डी रोक्ने हो भने पहिले औपचारिक बैंकिङ माध्यमलाई सबैको पहुँचमा पुर्याउनुपर्छ र सस्तो बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS