IME Life New

सन नेपाल लाइफको रुकुम उप–शाखा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रुकुम: सन नेपाल लाइफ इन्स्योरेन्स क.लि रुकुम उपशाखाको उद्घाटन तथा बीमा जागरण कार्यक्रम शनिबार सम्पन्न   भएको छ । कम्पनीका महा प्रबन्धक श्री कमलराज गौतमको अध्यक्षता तथा कम्पनीका ब्राण्ड एम्बेसडर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को प्रमुख आतिथ्यता र मुसीकोट नगरपालीका उप–मेयर श्री प्रेम कुमारी परियार, सुरक्षा निकाय प्रमुखको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

उप–शाखाको  उद्घाटन कम्पनीका महा–प्रबन्धक तथा ब्राण्ड एम्बेसडरले संयूक्त रुपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो भने बीमा जागरण कार्यक्रम बालमन्दीर परिसरमा गरिएको थियो । उपस्थित जनसहभागिता बीमा अभिकर्ता, बीमित तथा कम्पनीका शुभेच्छुकहरुको रहेको थियो भने यसै कार्यक्रमको बिचमा रुकुम उप–शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो, साथै गत २०७४ फाल्गुण १० गते प्रथम बीमा शुल्क रु.२५,३७३।– जम्मा गरी यस कम्पनीमा बीमा गराएकी बीमित गिता नेपालीको यही असार १३ गते हृदयघातको कारण मृत्यू भएकोे हुनाले मृतकको श्रीमान रमेश नेपालीलाई बीमाङ्क बराबरको रकम रु. ३,००,०००। को चेक उप–शाखा उद्घाटनको अवसरमा कम्पनीका महा प्रबन्धक कमलराज गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर एबं प्रमुख अतिथि सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले हस्तान्तरण गर्नुभएको थियो ।

Esewa
Crest

 

त्यसैगरी शनिबार बिहान ९ बजे सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. सल्यानमा पनि बीमा जागरण अभियान सम्पन्न भएको छ। करिब ३०० जनाको उपस्थिति रहेको कार्यक्रमको सम्बोधन कम्पनीका महाप्रबन्धक कमलराज गौतम तथा ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मस)ले गर्नुभएको थियो । पछिल्लो पटक संचालनको अनुमति पाएका ०९ जीवन बिमा कम्पनीमध्येको सन नेपाल लाइफ एक हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS