IME Life New

Himalayan Rico report released, what are the financial indicators?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष २०८१।८२ मा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ नै थियो।

शेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४३ करोड ५ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटी २७ करोड ६६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटीमा १८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ८६ करोड २३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ७.१८ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा कम्पनीले ६ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ५.६९ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २१.५० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.७९ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.५८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS