IME Life New

अस्पतालका प्रशासन प्रमुख अभिकर्ता बनेर बीमा बुझाउँदै, ‘सामाजिक पेसा भएकोले यतातिर लागेँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सञ्जय कुमार यादव बीमा क्षेत्रमा प्रवेश गरेको १ वर्षमात्रै भएको छ। यो १ वर्षको छोटो अवधिमै सञ्जय अब्ब्ल अभिकर्ताका रुपमा परिचित भएका छन्। वर्र्षौं काम गरेका अभिकर्तालाई पछि पार्दै सञ्जयले राम्रो व्यापार गर्न सफल भएका छन्।

हाल सञ्जय सिटिजन लाइफको जनकपुर शाखामा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन्। बजारमा उनी हरेक मानिसलाई बीमा शिक्षा दिने जमर्को गर्छन्। बीमा गरुन् या नगरुन् तर बीमा शिक्षा भने सबैमा पुग्नुपर्छ भन्ने मानसिकता उनको छ।

Esewa
Crest

२०३४ सालमा महोत्तरी जिल्लाको औरही नगरपालिका–४ मा जन्मिएका सञ्जयको बाल्यकाल सुखद् बित्यो। ‘सानोमा हामीलाई कुनै दुःख नै भएन’, सञ्जयले भने, ‘खाने, खेल्ने गर्दै पढ्न पायौँ। बिहान–बेलुका खेलेर स्कुल जाने समयमा स्कुल जान्थ्यौँ। परिवारबाट कुनै पनि दबाब नै भएन। मेरो बाल्यकाल एकदमै राम्रो रह्यो।’

सञ्जयले एसएलसीसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पूरा गरे। त्यसपछि सुनौलो भविष्य बनाउने सपना बोकेर उनी भारत पसे। उनले भारतबाटै प्लस टुमा साइन्स विषय लिएर अध्ययन गरे भने स्नातक तह हस्पिटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरे। उनी स्नातक तहसम्मको.अध्ययन पूरा गरेर नेपाल फर्किए। त्यसपछि अब केही गर्नुपर्छ भन्ने उद्देश्यले उनले जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलको शुभारम्भ गरी काम गर्न थाले। अहिले पनि यो संस्था सञ्चालनमै रहेको उनले बताए। हाल सञ्जयले जानकी एकेडेमिक हस्पिटलको प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।

हस्पिटल क्षेत्रमै रमाइरहेका सञ्जयलाई उनका साथी आकाश पाण्डेले बीमा गराउन आग्रह गरेका थिए। तर, सञ्जयले भने पहिला नै एलआईसी नेपालमा आफ्नो परिवारको बीमा गराएकाले बीमा गर्न मानेन्। त्यसपछि पनि साथीले सञ्जयलाई बीमाका लागि प्रस्ताव गरे। त्यसपछि सञ्जयले ‘बीमा गर्दिनँ तर म आफैँ एजेन्ट बनेर काम गर्छु’ भने। अनि सञ्जयका साथी आकाशले पनि ‘हुन्छ, धेरै राम्रो हुन्छ अभिकर्ता बन्यो भने’ भन्ने सल्लाह दिए। आकाशकै प्रेरणा र हौसलाले गर्दा सञ्जयले २०८० सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थाले। अहिले उनी बीमा क्षेत्रमा पाएको सफलताले दंग छन्।

सञ्जयले सुरुको बीमा आफ्नै गरे। नयाँ कामको सुरुआत आफैँबाट गर्नु उचित ठान्दै उनले पहिलो बीमा आफ्नै गराए। आफ्नै बीमा गरी अभिकर्ता पेसाको यात्रा अगाडि सारेका सञ्जयले त्यसपछिको बीमा आफ्नो परिवारको गरेर पेसालाई निरन्तरता दिए। सुरुमा नपत्याएका उनले जब व्यापार बढ्दै गयो र आम्दानीसमेत हुँदै गयो अनि झनै पूर्ण रुपमा पेसामा लगनशील भएर लाग्न थाले। ‘बीमा बुझाइ भए पनि यस पेसाबाट यति धेरै फाइदा हुन्छ भन्ने लागेको थिएन’, सञ्जयले भने, ‘मैले बीमा त पहिला नै बुझेको थिएँ। मेरा छोरा–छोरीको बीमा गराएको पनि थिएँ तर आफैँ एजेन्ट भएर काम गर्दा आफूलाई पनि फाइदा र बीमितलाई पनि भलो हुने रहेछ। म यो पेसाबाट धेरै खुसी छु।’

बीमा गराँउदा सबैबाट राम्रो प्रतिक्रिया पाएको सञ्जय बताउँछन्। ‘जसलाई बीमाको प्रस्ताव राख्न जान्छु, त्यहाँबाट रित्तो हात फर्किनुपरेको छैन। बीमा अभिकर्ता पेसा लगानी बिनाको आम्दानी गर्ने सबैका लागि उपयुक्त थलो हो’, उनी भन्छन्, ‘अन्य पेसामा लगानी गर्नुपर्ने हुन्छ तर अभिकर्ता यस्तो पेसा हो, जहाँ बिना लगानी मनग्गे आम्दानी गर्न सकिन्छ। त्यसैले यो पेसालाई निरन्तरता दिएको छु।’

अभिकर्ता पेसाबाहेक सञ्जय हस्पिटल क्षेत्रमा आबद्ध रहँदै आएका छन्। बीमा अभिकर्ता त उनको पार्ट टाइमको पेसा हो। हस्पिटल फिल्डमा नै काम गर्ने भएकाले पनि होला उनलाई त्यसपछिको यात्रा अभिकर्ता नै सहज लाग्न थाल्यो।

हस्पिटल लाइनको भएर पनि होला सञ्जयले राम्रो व्यापार गर्न सफल भए। ‘यो क्षेत्रमा धेरै राम्रो आम्दानी भएका मानिस हुन्छन्’, उनले भने, ‘मैले मेरा सर्कलका साथीभाइलाई बीमा प्रस्ताव गर्छु। उनीहरुले पनि हसज रुपमा स्वीकार गर्छन्। मैले ठूल्ठूला पोलिसी बिक्री गरेको छु। मलाई बीमा गराउन सहज पनि छ।’

आफ्नै मेडिकल व्यवसायसँगै बीमा अभिकर्ता पेसालाई पनि सँगसँगै लिएर हिँडेका सञ्जय भन्छन्, ‘बीमा अभिकर्ता स्वतन्त्र पेसा हो। यो पेसालाई समयका हिसाबले स्वतन्त्र छ। कमाइका हिसाबले उत्कृष्ट छ। अनि नेपालमा योभन्दा राम्रो पेसा अरु के हुन सक्छ र ? आफ्नो बचेको समय दिँदामात्रै पनि आर्थिक सबलता हुने पेसा धेरै राम्रो छ।’

सञ्जय अभिकर्तालाई सामाजिक पेसाका रुपमा लिन्छन्। ‘यो सामाजिक काम हो, सामाजिक काम गरेर सुरक्षा दिएबापत हामीलाई पनि आम्दानी हुन्छ। सामाजिक काम गर्दा कसैलाई एक छाक खाना दिनुभन्दा पनि कसैको भविष्यलाई बीमाबाट सुरक्षित गर्नु राम्रो हो’, उनले भने, ‘सामाजिक काम रहेछ भन्ने लागेर म अभिकर्ता पेसामा संलग्न भएको हुँ। थोरै लगानीमा भविष्यमा आइपर्न सक्ने ठूलो क्षतिलाई सामाना गर्न बीमाले सघाउँछ।’

बीमा भनेको बचत गर्ने बानी रहेको सञ्जयको बुझाइ छ। ‘बीमा जोसुकैलाई पनि आवश्यक छ, भइपरि रुपमा आउने जोखिमलाई सामना गर्न बीमाले सहयोग गर्दछ’, सञ्जयको धारणा छ, ‘बचत सँगसँगै सुरक्षा पनि हुने भएकाले बीमा अपरिहार्य छ। बीमा हुने खानेका लागिभन्दा पनि हुँदा खानेहरुका लागि जरुरी छ। हामी बीमा अभिकर्ताले हुने खानेलाई भन्दा पनि हुँदा खानेहरुलाई बीमाको दायरामा ल्याउनुपर्छ।’

अभिकर्ता बनेपछि आफूमा धेरै परिवर्तन आएको सञ्जय सुनाउँछन्। ‘यस पेसामा लागेपछि सबै तह र तप्काका मान्छेसँग भेट गर्ने अवसर मिल्यो। समाजमा सबैले चिने। आर्थिक रुपमा स्वतन्त्र भएँ’, उनी थप्छन्, ‘यो पेसामा निरन्तर रुपमा लागिपरेर काम गर्ने अभिकर्ताले समाजमा नाम कमाउनुका साथै आर्थिक रुपमा बलियो हुनेछन्।’

सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने सञ्जयको भनाइ छ। ‘अभिकर्ता पेसाप्रति लगनशील र निरन्तर रुपमा लागिपर्नुपर्छ। अभिकर्तामा धैर्यता, मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने क्षमता हुनुपर्छ’, उनले भने।

बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै सञ्जयले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले धेरै राम्रो रहेको बताए। एसएलसी पास वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर यत्तिकै घरमै बसेर आफ्ना आफ्न्तलाई भविष्य सुनिश्चित गर्ने बाटो देखाएर आफूलाई पनि आम्दानी हुने पेसा भएकाले यो पेसामा आउन सबैलाई उनले आग्रह गरे। ‘यो पेसा अपनाउने जोकोहीको पनि भविष्य उज्ज्वल छ’, उनले भने।

यहाँसम्म आउन परिवार र कम्पनीको ठूलो सपोर्ट रहेको सञ्जय सुनाउँछन्। ‘कम्पनीले साथ दिएर नै आज मैले सफलता हात पारेको छु। कम्पनीलाई धेरै धन्यवाद दिन चाहन्छु किनकि कम्पनीको टिम धेरै सहयोगी छ’, उनले भने।

सञ्जयले कम्पनीले दिने हरेक टार्गेट पूरा गर्ने गरेको बताए। उनले गोल्ड क्लब, हिरो अफ द मन्थ, हिरो अफ द इयरअन्तर्गतका अवार्ड हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS