IME Life New

विदेशमा भन्दा नेपालमै अभिकर्ता बनेर मनग्य कमाइ, मीना भन्छिन्ः बीमा ‘आर्थिक सुरक्षा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छोटो समयमै बीमा क्षेत्रमा आफ्नो परिचय बनाएकी महिला हुन्, मीना पोखरेल । सानैबाट मेहनती, छोरी मान्छे भए पनि आफ्ना लागि आफैँले संघर्ष गर्नुपर्छ भन्ने मानसिकता बोकेकी मीनाले अभिकर्ता पेसामा पनि छोटो समयमा नै सफलता हात पारिन् ।

२०४४ सालमा सिन्धुलीको दुधौलीमा जन्मिएकी मीनाको हाल बसोबास भने महोत्तरीको बर्दिबास नगरपालिकामा रहेको छ । उनले आफ्नो जन्मथलोबाट प्लस टुसम्मको अध्ययन पूरा गरेकी छन् । मीनाको बाल्यकाल सामान्य खेती किसानी गर्ने परिवारमा बित्यो । बिहान–बेलुका घरको काम गर्दै स्कुल बढ्न जाने स्मरण गर्दै मीनाले भनिन्, ‘बुवा–आमा खेतीपातीको काम गर्नुहुन्थ्यो । हामी पनि बिहान–बेलुका आमा–बुवालाई सहयोग गरेर पढ्न जान्थ्यौँ । मेरो बाल्यकाल समान्य रुपमा बित्यो ।’

Esewa
Crest

हाल मीना सिटिजन लाइफको बर्दिबास शाखामा एजेन्सी म्यानेजरको भूमिकामा रही काम गर्दै आइरहेकी छन् । उनले आफ्नो घरपरिवार सबैलाई समय दिएर बीमा शिक्षा सचेतना र बीमामा सबैको पहुँच विस्तार गर्न विभिन्न ठाउँमा पुगेर मानिसलाई बीमाको महत्व बताउने गरेकी छन् । बीमा पोलिसी बेच्दा हचुवाको भरमा बेच्नुभन्दा पनि बीमा बुझाएर बीमाको फाइदा र भोलि बीमाले उठाउन सक्ने जोखिमका बारेमा ज्ञान दिएर बीमा पोलिसी बिक्री गर्दा बीमा सबैले बुझ्ने र बीमा पहुँच विस्तार हुने मीनाको भनाइ छ ।

मीना २०६० सालमा विवाह बन्धनमा बाधिँइन् । विवाहपछि मीना सहकारी संस्थामा कार्यसमितिको भूमिकामा रहेर काम गर्दै आएकी थिइन् । हालसम्म पनि मीना सहकारी संस्थामा जोडिरहेकी छन् । २०६३ सालमा मीनाको परिवारको संग्लनतामा खाद्य उद्योग खुल्यो । अनि मीना सहकारी, घरपरिवार र सोही खाद्य उद्योगमा आफ्नो व्यस्त दैनिकी बिताउँदै आइरहेकी थिइन् । त्यही समयमा पनि मीनालाई साथीभाइ, इष्टमित्र र आफ्नो दाइमार्फत बीमाका लागि प्रस्ताव भने नआएका होइनन् । तर, मीनालाई बीमा क्षेत्रमा खासै रुचि थिएन । बीमा अभिकर्ता बन्न आएका प्रस्ताव मीनाले अस्वीकार गर्दै आएकी थिइन्।

यसरी जोडिन अभिकर्ता पेसामा
आफ्नै खाद्य उद्योग र सहकारीमा व्यस्त हुँदै आइरहेकी मीनालाई पहिलाबाटै आफ्नै दाइ रोहित भट्टराईले बीमा अभिकर्ताका लागि प्रस्ताव गरेका थिए । रोहित सिटिजन लाइफका ब्रान्च हुन्। तर, उनले त्योे प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै दैनिकीमा रमाइरहेकी थिइन् । पटक–पटक मीनालाई दाइ रोहितले अभिकर्ता बन्न प्रस्ताव राख्दै आएका थिए। ‘फुर्सदको समयमा गर्न मिल्ने, आम्दानीको हिसाबले पनि राम्रो, तिमीले राम्रो गर्न सक्छौ, बीमा अभिकर्ता बन’ भन्ने प्रस्ताव रोहितले राख्दै आएका थिए। ‘अनि दाइ पनि सरुवा भएर बर्दिबास आउनुभयो, उहाँले अभिकर्ता बन्न धेरै प्रस्ताव राख्नुभयो, गरुँ न त राम्रो छ कि भन्ने मलाई लाग्यो’, मीनाले भनिन्, ‘कस्तो हुँदो रहेछ अब अभिकर्ता बन्छु भन्ने लाग्यो र २०७९ सालमा दाइकै सल्लाहमा मैले सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थालेँ ।’

अभिकर्ताको लाइसेन्स लिइसकेपछि मीनाले सुरुको बीमा आफ्नो अर्का दाइको बीमा गराएको हुनाले पहिलो बीमा गर्न खासै गाह्रो नभएको बताइन् । त्यसपछिका दिनहरुमा मीनाले राम्रो बीमा व्यापार गर्दै आइन् । उनले हालसम्म १५० भन्दा बढी बीमा पोलिसी बिक्री गरिसकेकी छन् । पहिलो वर्षभन्दा दोस्रो र दोस्रो वर्षभन्दा तेस्रो वर्ष राम्रो प्रदर्शन गर्न सफल भएको उनले सुनाइन्।

बर्दिबास शाखाका ब्रान्च म्यानेजर रोहितले सबै अभिकर्तालाई प्राथमिकता दिएर काम गर्न प्रेरित गर्ने गरेका छन्। ‘उहाँकै साथ, सहयोग र हौसलाले गर्दा नै बर्दिबास ब्रान्चले राम्रो व्यावसायिक लक्ष्य हात पारेको छ’, मीनाले भनिन्।

मीनाको विचारमा अभिकर्ता पेसा समाज सेवा नै हो। ‘हामीले सबै मानिसको लाइफ सेक्योर गरेर हिँडेका हुन्छौँ । बीमा भनेको नै दुःखको साथी हो’, मीनाले भनिन्, ‘हामी रहँदा आफैँलाई र हामी नरहँदा परिवारका लागि भएको कारणले बीमा सबैका लागि अनिवार्य छ । बीमा गराउन जाँदा मानिसले बीमा के हो भन्ने नै बुझेका हुँदैनन् । उनीहरुले नै बीमा अभिकर्तालाई दलला पेसाको संज्ञा दिने गर्छन् । हरेक पेसामा काम गरेबापत पैसा, तलब पाइन्छ नि । हो त्यस्तै, अभिकर्ता पेसामा पनि कम्पनीले हामीलाई निश्चित रकम तोकेको हुन्छ । बीमा बुझाउन जाँदा अभिकर्तालाई नै गाली गर्ने अनि कसरी बुझ्छन् बीमा ? अनि कसरी वृद्धि हुन्छ बीमाको पहुँच ? त्यसकारण अभिकर्तालाई अन्य पेसाजस्तै सम्मान गर्न जरुरी छ । सबैले अभिकर्तालाई र उनीहरुका कामलाई बुझ्न जरुरी छ ।’

‘बीमा बुझाउन जाँदा फोन नउठाउने । बीमा प्रस्ताव लिएर जाँदा पटक–पटक बीमा गर्नुहोस् तपाइँहरुलाई नै राम्रो हुन्छ भनेर जाँदा आफ्ना आफन्ता नै टाढा बन्ने गर्छन्’, मीनाले तीतो यथार्थ पोखिन्, ‘आफ्नालाई अरु केही कारणले फोन गर्दा पनि पक्कै बीमा गर्नकै लागि कल गरेको होला भनेर फोन उठाउँदैनन्।’

हालसम्म मीनाले ३–४ वटा क्लेम सेटलमेन्ट गराइसकेकी छन् । दाबी परेको परिवारमा कम्पनीले दाबी भुक्तानीका लागि धेरै सहज गराएर समयमा नै दाबी भुक्तानी गरेको मीनाले बताइन् । ‘सिटिजन लाइफले बीमितको हितलाई ध्यानमा राखेर मेरो कोडबाट परेको दाबीको क्लेम समयमै दिएर पनि मलाई बीमा प्रस्ताव राखेर बीमा गराउन धेरै सजिलो भएको छ । सबैले विश्वास गरेका छन् । दाबी परेको परिवारका छिमेकी पनि दाबी भुक्तानी दिँदा बीमाप्रति आकर्षित भएका छन्, बीमाको महत्व बुझ्दै गएका छन् । दाबी भुक्तानी दिएपछि मलाई झन् बीमा गराउन सहज भएको छ ।’

नेपालमै बसेर केही गर्छु भन्नेका लागि अभिकर्ता पेसा उत्कृष्ट रहेको मीनाको भनाइ छ। ‘अभिकर्ता पेसा भनेको सान, मान र दाम सबै हुने पेसा हो । सामाजिक हितमा जोडिएको पेसा भएकाले पनि यो पेसा बुझ्नेका लागि धेरै नै राम्रो छ । आम्दानीको हिसाबले पनि सबल हुने पेसा हो’, उनले भनिन्, ‘पछिल्लो समय महिलाहरु यो पेसामा आकर्षित भएका छन् । किनकि बालबच्चा र घरपरिपवारलाई समय दिएर गर्न सकिने पेसा भएकाले महिलाका लागि पनि यो उत्कृष्ट पेसा हो ।’

अभिकर्ता पेसामा लागेपछि आफूमा धेरै परिवर्तन पाएको मीन सुनाउँछिन्। ‘मेरो जीवनशैली नै फेरिएको छ । नाम र दाम दुवै कमाएकी छु । यो पेसाले गर्दा मैले मान–सम्मान र इज्जत पाएकी छु’, उनले थपिन्, ‘अभिकर्ता पेसाले मलाई सबैसामु चिनाएको छ । हरेक तह र तप्काका मानिसलाई भट्ने मौका पाएँ । मानिसको बोली–व्यवहार थाहा पाएँ । सबैसामु निर्धक्क भएर बोल्ने सक्ने क्षमताको विकास भएको छ ।’
बीमा ‘आर्थिक सुरक्षा’ रहेको मीना बताउँछिन्। ‘आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन हुन्छ’, उनी भन्छिन्। अभिकर्ता पेसाप्रति आफ्नो सम्मान सधैँ रहने मीनाको प्रतिबद्धता छ ।

बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले सोचेभन्दा राम्रो रहेको मीनाको सुझाव छ । एसएलसी पास वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर यत्तिकै घरमै बसिरहेकालाई मीनाले बीमा अभिकर्ता बनेमा भविष्य उज्ज्वल रहेको बताइन् । ‘धेरै पैसा कमाउँछु, विदेश जान्छु भन्नेहरुलाई पनि अभिकर्ता बनेर नेपालमै काम गरे विदेशमा कमाइ हुने पैसा यही पेसाले दिन्छ’, उनी भन्छिन्।

अभिकर्तामा हुनुपर्ने गुण
बीमा अभिकर्तामा असल छवि, झट्ट हेर्दा राम्रो, आर्थिक कारोबारमा पारदर्शीता, लगनशीलता, इमान्दारिता, बोलीमा मीठासपन, हसिलो व्यवहार, शारीरिक र मानसिक रुपमा स्वस्थ, धर्यताजस्ता गुण हुनु आवश्यक रहेको मीनाको अनुभव छ । ‘अभिकर्ता पेसामा सफल हुन भोक लाग्नु हुँदैन, निन्द्रा लाग्नु हुँदैन, पानीले रोकिनु हुँदैन, घामले पोल्लिनु हुँदैन र मन पोल्नुपर्छ’, उनले भनिन्।
यो पेसा अपनाउने जोकोहीले पनि आफूलाई आवश्यक पर्ने रकमका लागि मेहनत गरेमा जति पनि आम्दानी गर्न सक्ने मीना बताउँछिन्। ‘आम्दानीसँगै सामाजिक रुपबाट आर्थिक प्रत्याभूति, समाज सेवाजस्ता कार्यहरु पनि गर्न सकिन्छ’, उनले भनिन्, ‘बीमा एक किसिमको मानव सेवा हो।’

बीमा क्षेत्रले मीनालाई धेरै खुसी दिएको छ । उनले गोल्ड क्लब र सिल्भर क्लबअन्तर्गत अवार्ड पाएकी छन् । अब डायमन्ड क्लबको लक्ष्य हासिल गर्ने योजना रहेको सुनाउँदै मीना भन्छिन्, ‘कम्पनीले हरेक महिना दिने टार्गेट पूरा गरेकी छु । टार्गेट पूरा गर्न पाउँदा निकै खुसी लाग्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS