IME Life New

मेडिकल व्यवसायसँगै बीमामा जम्दै सिंह, अहिले एजेन्सी म्यानेजरको भूमिकामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, अक्कलदेव सिंह। उनी पेसाले मेडिकल व्यवसायी भए पनि बीमा क्षेत्रमा अभिकर्ता रुपमा आफ्नो परिचय उत्तिकै बनाएका छन्। उनी सिटिजन लाइफको मिर्चौया शाखाका एजेन्सी म्यानेजरको भूमिकामा छन्। उनले सिटिजन लाइफको प्रतिनिधित्व गर्दै बीमा बजारमा इन्स्योरेन्स शिक्षा र चेतनाको ज्ञान बाँड्ने काम गर्दछन्। उनले बीमामा सबैको पहुँच विस्तारका लागि समय निकालेर भए पनि आफ्नो समाजका साथै विभिन्न ठाउँमा बीमा शिक्षा अभियान लिएर जान्छन्।

सिंहको घर सिराहा जिल्लाको गोलबजार नगरपालिकामा हो। हाल उनको बसोबास भने सिराहाकै मिर्चौया नगरपालिका रहेको छ। २०३४ सालमा जन्मिएका सिंहको बाल्यकाल सामान्य परिवारमा बित्यो। उनले सीएमए अध्ययन गरेका छन्। उनले विगत २५ वर्षदेखि आफ्नै क्लिनिक सञ्चालन गर्दै आइरहेका छन्। तर, उनी अहिले मेडिकल व्यवसायीमात्रै नभएर बीमा क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले मानिसहरुको जीवन बीमा गराई सुरक्षित रहन र राख्न सबैलाई सचेत गराउँदै हिँड्ने गरेका छन्।

Esewa
Crest

यसरी जोडिए बीमामा

साथी राजकिश्वोर शाहले सिंहलाई आफ्नो बीमा गराउन आग्रह गरे। त्यो समयमा उनले बीमा खासै बुझेका थिएनन्। त्यही पनि साथीले भनेपछि राम्रो होला भनेर सिंहले आफ्नो साथीमार्फत जीवन बीमा गराए। त्यसको केही समयपछि सिंहका साथीले ‘तपाइँ मेडिकल व्यवासायी भएको नाताले पनि यो पेसामा सबैले विश्वास गर्छन्। बीमा शिक्षा दिएर बीमा गराउनुस्। बीमा अभिकर्ता पेसा एकदमै राम्रो पेसा हो। अरुको जीवन सुरक्षा र जोखिम कभरका लागि अरुलाई सचेत गराउने पेसा पुन्यको पेसा पनि हो। तपाइँले पार्ट टाइमका रुपमा पनि गर्न सकिने यो पेसा धेरै राम्रो छ’ भने। त्यसपछि सिंहलाई ‘के गर्ने गर्ने होला र यो पेसा राम्रो छ, गर्न सक्छु र ?’ भन्ने लागेको थियो। उनले खासै वास्ता गरेनन्। मेडिकल व्यवसायमा छुट्टै छाप बनाएका सिंहलाई गाउँ–समाजले धेरै राम्रो सोच्ने गर्छन्। समाजमा एक किसिमको छाप बनाइसकेका सिंहलाई यो पेसाले भोलिका दिनमा बदनामी गर्ने पो हो कि भन्ने लागेर वास्ता गरेनन्। त्यसपछि सिंहले साथीको कुरा सुने, आफूले पनि बुझे, कम्पनीका उच्च व्यवस्थापन टिमसँग पनि भटे र कुरा गरे अनि सबै राम्रो लागेर अन्ततः २०७५ को अन्तिमतिर लाइसेन्स लिएर काम गर्न थाले।

लाइसेन्स लिएपछि सिंहले राम्रो व्यापार गरे। सबैको मन जित्न सफल भए। आफ्नो समाजमा मेडिकल व्यवासायीले नाम कमाएका सिंहका लागि बीमा गराउन र बीमाप्रतिको विश्वास बेच्न खासै गाह्रो भएन। मेडिकल व्यवासायीको नाताले गर्दा पनि उनलाई सबैले विश्वास गरे। तर, उनले सबैले गरेको विश्वासलाई तोड्न भने दिएनन्। बीमाप्रति सकारात्मक सन्देश दिएर बीमा गराउँदै गए र बीमा क्षेत्रमा पनि उनले राम्रो व्यवसाय भित्र्याउन सफल भए। बीमा क्षेत्रमा यहाँसम्म आएर सफलता पाउँछु भन्ने उनलाई कहिले पनि लागेको थिएन।

सिंहले सुरुमा काठमाडौं गएर बीमा अभिकर्ताको तालिम लिए। त्यसपछि झन् उनलाई यो पेसा राम्रो लाग्यो र झन् हिम्मत जाग्यो। उनलाई यो पेसा उत्कृष्ट लागेको बताउँछन्। ‘सबै पेसा राम्रो हुन्छ। सबै पेसामा विश्वासिलो भएर सकारात्मक सन्देश दिएर काम गर्यो भने सबैबाट सफलता पाइन्छ’, उनले भने, ‘जुन पेसामा मान्छले लगनशील भएर गर्छ, त्यो पेसा नै उसलाई राम्रो लाग्छ। मैले मेडिकल व्यवसाय पनि सञ्चालन गरेको छु। अभिकर्ताका रुपमा पनि गर्छु भने मलाई दुवै पेसा रम्रो छ तर बीमा अभिकर्ता पेसा चाहिँ समय भएको बेला पार्ट टाइम गर्न सकिने हुनाले अझै उत्कृष्ट छ। मलाई त सुनमा सुगन्ध मिलेको जस्तै भएको छ।’

पहिलाभन्दा बीमा सबैले बुझेको सिंहको भनाइ छ। ‘मलाई बीमा बजारमा बीमा गराउन जाँदा कसैले नराम्रो भन्नु भएको छैन’, सिंहले थपे, ‘बरु मेरो पनि बीमा गराइदिनुस् न। तपाइँले बीमा गराउनु हुन्छ रे ! मेरो पनि गराउनु थियो भनेर मलाई भेट्न नै आउनुहुन्छ। यो बीमा क्षेत्रका लागि सकारात्मक पक्ष पनि हो।’

हालसम्म सिंहले ३०० भन्दा बढी बीमा पोलिसी बिक्री गरिसकेका छन्। उनले हालसम्म ३ वटा क्लेम सेटलमेन्ट गराइसकेका छन्। ‘क्लेम पनि कम्पनीले सहज तरिकाले दिलाइदिएको भएर पनि मलाई अझ सबैले विश्वास गर्नुहुन्छ। बीमाले त खराब समयमा सबैलाई सहयोग गर्ने रहेछ भन्ने मानिसहरुमा परेको छ’, उनले भने, ‘क्लेम गराइसकेपछि बीमितहरुबाट राम्रो प्रतिक्रिया पाएको छु।’

‘मलाई खान लगाउन कमी भएर म यो पेसामा जोडिएको होइन। बीमा अभिकर्ता पेसा भनेको पुन्यको पेसा हो। अरुलाई आफूले बोल्देको भरमा बचत गर्छन्। जीवनको सुरक्षा गर्छन् भने त्यो धर्मको काम हो’, सिंहले भने, ‘त्यसकारण पनि अरुलाई पनि राम्रो र आफूलाई पनि राम्रो हुने भएकाले म यो पेसाप्रति आकर्षित भएँ।’

एउटा असल बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने सिंहको तर्क छ। मेहनती, इमान्दार, सहनशीलता, धर्यता, लगनशीलता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा अभिकर्तामा हुनुपर्ने सिंहको धारणा छ।

बीमा अभिकर्ता आफ्नो पेसामा सफल हुन निरन्तर लागिपर्नुपर्ने सिंहको भोगाइ छ। जो व्यक्तिले निरन्तरतालाई आत्मसाथ गर्दै अगाडि बढ्छ, त्यो पक्कै पनि आफ्नो लक्ष्यमा पुग्न सक्ने उनको बुझाइ छ। ‘काम गर्ने सिलसिलामा बाधाहरु पनि आउँछन्। आइपरेका बाधाहरुलाई छिचोल्न सक्ने सहनशीलता र धैर्यता बीमा अभिकर्तामा हुनुपर्छ’, उनले भने। नवप्रवेशी बीमा अभिकर्तालाई सिंह विषयवस्तुको पूर्ण ज्ञान लिएरमात्रै बजारमा पस्नुपर्ने सुझाव दिन्छन्।

स–सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य भएको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा विश्वस्त छन्, सिंह। जीवनमा भइपरी आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनीकरण गर्न बीमा सारथि बन्ने गरेको उनको भनाइ छ। ‘बीमा कम्पनी धेरै छन्। तर, सबै कम्पनीमा राम्रो सुविधा नहुन सक्छ’, सबैलाई बीमा गर्न आग्रह गर्दै उनले भने, ‘ग्राहकले आफ्नो आम्दानी अनुसार कुन पोलिसी ठीक हुन्छ भनेर साचेरमात्रै बीमा गराउनुपर्छ। सानो आम्दानी तथा थोरै बचत हुनेका लागि सिटिजन लाइफमा धेरै राम्रा पोलिसी छन्।’

बीमा क्षेत्रमा आएर कहिले पनि यो सफलता हाल पार्छु भनेर नसोचेका सिंहले पाएको यो सफलता देख्दा आफैँलाई गर्व लागेको बताउँछन्। ‘यो सफलता पाउनुमा कम्पनीको धेरै साथ छ’, उनले भने, ‘सिटिजन लाइफको उच्च व्यवस्थापन टिम यस्तो छ कि अभिकर्ता कर्मचारी, नयाँ र पुरानामा केही पनि विभेद गर्नुहुन्न। कम्पनीका सीईओ पोषकराज पौडेलले अभिकर्तालाई गर्ने व्यवहार धेरै राम्रो छ। सबैलाई एकै रुपमा हेर्नुहुन्छ। यो समानता र सपोर्टले गर्दा नै हामी सफल बन्न सकेका हौँ।’

सिंह बीमा कम्पनीले दिने हरेक टार्गेट मिट गर्न प्रतिबद्ध रहन्छन्। उनले सिल्भर क्लब, गोल्ड क्लबजस्ता स्किममार्फत अवार्ड पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS