GBIME
IME Life

१० वर्ष विदेशमा कमाएको पैसा पसल खोलेर डुबाए, अहिले अभिकर्ता बनेर बीमामा जम्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, सप्तकुमार हुमगाइँ । सप्तकुमार पेसाले सिनियर एजेन्सी म्यानेजर हुन् । २०२८ सालमा मकवानपुरगढी गाउँपालिकामा जन्मिएका सप्तकुमार हाल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको मैतीदेवी शाखाबाट आमनागरिकलाई बीमा शिक्षा, बीमा सचेतना फैलाउँदै हिँडिरहेका छन् । एसएलसीसम्मको अध्ययन भने सप्तकुमारले फुलचोकी मावि गोदावारीबाट पूरा गरे । हाल उनको बसोबास नागार्जुन नगरपालिका–१० मा रहेको छ ।

सानैबाट सप्तकुमार परिश्रम र मेहनत गर्न रुचाउँथे । उनले परिश्रम गर्न आफ्नै किसानी बुवा–आमाबाट सिके । ‘किसानी बुवा–आमाको छोरा भएकै कारण दुःख गर्न सिक्यौँ । मेहनत गर्दाको फल थाहा पायौँ’, उनले भने, ‘आज मेहनत गर्दाको फल हामीले उपयोग पाएका छौँ ।’

SKYWELL
Crest

पैसा कमाएर घरपरिवार पाल्न सप्तकुमारले धेरै संघर्ष र मेहनत गरे । उनले १० वर्ष ओमनमा आफ्नो पसिना बेचे । अरुको देशमा पसिना बगाएर पैसा कमाउन पक्कै पनि सहज थिएन । तर, पनि उनले अथाह दुःखको बाबजुद पनि १० वर्ष विदेशी भूमिमा आफ्नो पसिना बागाउन बाध्य भए । नेपालमै केही गर्छु भन्ने सोचले सप्तकुमार १० वर्षको लामो विदेश बसाइपछि नेपाल फर्किए । नेपाल आएपछि उनले आफ्नै किराना पसल गरे । पसल गर्दा पनि लगानी धेरै हुने, आम्दानी थोरै अनि रिस्क धेरै हुने भएपछि उनको पसलबाट पनि उपलब्धि भएन । ‘नहुने बेलामा कतै गए पनि हुँदैन’ भनेझैँ सप्तकुमारलाई त्यस्तै भयो । जे काम गर्न खोज्दा पनि उपलब्धि नहुने, त्यसपछि उनले जुता–चप्पल फ्याक्ट्रीमा काम गरे । त्यसबाट पनि उनलाई भनेजस्तो आम्दानी भएन । कम्पनी नै बन्द हुने अवस्था सिर्जना भयो । उनलाई त्यो आम्दानीले परिवार पाल्न नै धौधौ भयो । त्यसपछि भने उनको यात्रा भने मेनपावर कम्पनीतर लम्कियो । हालसम्म पनि उनी मेनपावर कम्पनीसँगै बीमा क्षेत्रमा सक्रिय छन् ।अब सप्तकुमारले मेनपावरको जागिर छोडेर प्रोफेस्नल्ली अभिकर्ता पेसालाई नै दिर्घकालिन पेसा बनाउने समेत इच्छा राखेको बताए ।

सप्तकुमारको बाल्यकाल साधारण तरिकाले नै बित्यो । वर्षभरि काम गरेर साहुकोमा ज्याला–मजदुरी गरेर खानुपर्ने अवस्था थियो । संघर्ष र मेहनतको फल आज प्राप्त भएको छ ।

यसरी जोडिए अभिकर्ता पेसामा
मेनपावरमा काम गरेर आफ्नो जीविकोपार्जन गर्दै आइरहेका सप्तकुमारका एकजना मिल्ने साथी नरेन्द्र पुन सिटिजन लाइफमै आबद्ध रहेछन् । एक दिन नरेन्द्रले सप्तकुमारको आर्थिक अवस्था देखेरे पनि होला ‘यो मेनपावरको जागिरले मात्रै हुँदैन, अन्य आम्दानी पनि हुनुपर्छ यतिले कसरी जीवन चल्छ ? इन्स्योरेन्स क्षेत्रमा अभिकर्ता बनेर काम गर्दा समयसीमा पनि हुँदैन । आफूले जति मेहनत गर्यो त्यति आम्दानी गर्न सकिन्छ। अभिकर्ता बनेर काम गर’ भन्ने सल्लाह दिए । राम्रो आम्दानी गर्न खोजिरहेका सप्तकुमारलाई त साथीको कुरा राम्रो लाग्यो । उनका लागि सधैँ राम्रो चाहने, शुभचिन्तक, दुःख–सुखको साथी थिए, नरेन्द्र । त्यस्तो आत्मीय साथले भनेको सत्य होला भनेर उनले अभिकर्ता भनेर काम गर्ने निधो गरे । त्यसपछि उनले बीमासम्बन्धी अध्ययन पनि गर्न थाले । तालिम लिए । त्यसपछि उनलाई राम्रो पेसा लाग्यो र अन्ततः २०७५ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थाले ।

लाइसेन्स लिइसकेपछि सप्तकुमारले सुरुको बीमा आफ्नै गराए । आफू सुरक्षित भएपछि उनले आफ्ना परिवारको सदस्य, साथीभाइ र आफन्तीको गराए । यो पेसामा लाग्नुअघि उनले ‘बीमा भनेको मरेपछि मात्रै पाइने सुविधा हो’ बुझेका थिए । ‘तर, आफ्नै बीमा क्षेत्रमा लागेपछि बीमाजस्तो अपरिहार्य कुरा केही होइन रहेछ । बीमा त आफू हुँदा र नहुँदा सधैँको समयका लागि राम्रो रहेछ भन्ने थाहा पाएँ’, उनले भने, ‘अहिले पनि धेरै मानिसको बुझाइ बीमाप्रति नकारात्मक नै छ । तर, बीमा राम्रोसँग बुझनुहोस्, बीमा मानव जीवनका लागि नभई नहुने आवश्यकतामध्येको एक हो । त्यसकारण बीमा सबैले गर्नुपर्छ ।’

‘बीमा आर्थिक सुरक्षा हो, आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन हुन्छ । बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई आवश्यक पर्न साथ चलाइन्छ तर बीमाको बचतलाई चलाइँदैन र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ । बीमा सुरक्षा पनि हो, आर्थिक रुपमा परेको भारलाई चाहिँ बीमाले मद्दत गर्दछ’, सप्तकुमारले भने।

सिटिजन लाइफमा प्रवेश गरेपछि उनलाई कहिल्यै पनि पैसाको खाँचो नै भएन । अभिकर्ता पेसामै जोडिएपछि सप्तकुमारको जीवनशैली मात्रै फेरिएन, विचार र सोचाइसमेत फेरियो । बीमा अभिकर्ता बनेपछि आफैँले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव उनले सुनाए । ‘अभिकर्ता पेसामा प्रवेश गरेपछि कसरी बोल्ने, कसरी हिँड्नेलगायतका कुराहरुमा परिवर्तन भएको महसुस गरेँ’, उनले सुनाए। त्यसमाथि आम्दानीमा भएको वृद्धि, हरेक तह र तप्काका मान्छेसँग भेट हुने हुँदा समाजको अध्ययन गर्ने अवसर मिलेको उनको अनुभव छ ।

पहिलाभन्दा अहिले बीमा बुझ्ने मानिस धेरै रहेको सप्तकुमारको भनाइ छ । प्रत्येक घरमा बीमा प्रस्ताव लिएर जाँदा एउटा घरमा एउटा बीमा भएको उनले पाए। ‘कसैले बीमा गर्न नचाहेमा बीमालाई बुझाएर भ्रममा नपारी कम्पनीका बारेमा जे हो त्यही बुझायो भने बीमा गर्न गाह्रो छैन’, उनले भने । छिमेकी देशमा जस्तै नेपालमा पनि बीमा अनिवार्य भयो भने सबै मानिस बीमाको दायरामा सुरक्षित हुने उनको बुझाइ छ।

यो पेसामा सप्तकुमारलाई उनकोे आफ्नै जीवनमा घटेको घटनाले जीवन्त लागिरहने बनाएको छ । सिभिल हस्पिटलमा जाँदा उनको मोटरसाइकल हराएको थियो । नयाँ बाइक किन्दा बीमा गर्नुपर्ने हुन्छ। त्यो पनि सप्तकुमारलाई थाहा थिएन । पछि त्यो बाइकको बीमा बुझेर कम्पनीमा दाबी पेस गरेपछि डिप्रिसेसन कटाएर बाइकको सबै पैसा फिर्ता पाए । उनले भने, ‘हो बीमा गराएकै कारण त्यति साधनको त मैले पैसा पाएँ, मलाई राहत मिल्यो। झन् हाम्रो जीवन त अमूल्य छ। मानिसको जीवनको त भर छैन । यो हिसाबले पनि बीमा सबैलाई आवश्यक रहेछ सचेतना दिनुपर्छ भन्ने हिसाबले पनि म आजसम्म यही पेसामा छु र बाँचुन्जेल यही पेसामा लाग्नेछ।’

अभिकर्ता पेसाप्रति सन्तुष्ट छु
अभिकर्ता पेसामा आफ्नो आम्दानीसँगै सामाजिक रुपबाट आर्थिक प्रत्याभूति, समाज सेवाजस्ता कार्य पनि गर्न सकिने सप्तकुमारको भनाइ छ। ‘आम्दानीका लागि जे काममा पनि मेहनत त गर्नैपर्छ तर यो पेसामा समयसीमा हुँदैन, जसले गर्दा आफूले सकेजति आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘अभिकर्ता पेसामा लागेपछि एकदम सन्तुष्ट महसुस गरेको छु । यस पेसाबाट नाम र दाम दुवै कमाएको छु । बीमा एक किसिमको मानव सेवा हो । कसैको जीवन रक्षाका लागि सुरक्षा गर्नुहोस् बीमा गर्नुहोस् भनेर हिँड्नु पनि सेवा नै हो । त्यसैले म धेरै खुसी छु ।’

अभिकर्तामा हुनुपर्ने गुण
एउटा बीमा अभिकर्तामा असल छवि, पारदर्शिता, लगनशीलता, बोलीमा मीठासपन, हसिलो व्यवहार र धर्यताजस्ता गुण हुनु आवश्यक रहेको सप्तकुमारले बताए । ‘एक बीमा अभिकर्तामा ग्राहकलाई इन्स्योरेन्सको काममात्र होइन उनीहरुलाई परेको समस्याहरुलाई समाधान गर्न सक्ने गुणहरु हुनुपर्छ’, उनले भने, ‘कम्पनीको जानकारी दिइरहने, नरम बोल्ने स्वभाव, झुटो नबोल्नेजस्ता गुण एक बीमा अभिकर्तामा हुनु जरुरी हुन्छ । यतिमात्रै नभएर अभिकर्तामा इमान्दारिता, सम्बन्धित विषयवस्तुको ज्ञानका साथै सकारात्मक सोचजस्ता गुण हुनुपर्छ।’

नवप्रवेशीलाई सुझाव दिँदै सप्तकुमारले भने, ‘बीमा अभिकर्तामा प्रवेश गर्न चाहनेका लागि यो पेसा एकदमै सम्मानित र मर्यादित छ । निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको छ । आर्थिक रुपमा पनि सबल हुने सामाजिक कामसँग जोडिएको पेसा भएकाले अभिकर्ता पेसा राम्रो छ ।’

सप्तकुमार सिटिजन लाइफ परिवारबाट धेरै साथ पाएको बताउँछन् । सिटिजन लाइफबाट आफूले बीमा बुझ्न र अरुलाई बुझाउन सक्ने भएकोमा कम्पनीप्रति उनले आभार व्यक्त गरे। उनले कम्पनीले दिने हरेक टार्गेट मिट गर्दै आइरहेको र आगामी दिनमा पनि टार्गेट मिट गर्न प्रतिबद्ध गरेका छन्। कम्पनीको टार्गेट मिट गरेर विभिन्न ठाउँमा घुम्ने मौका उनले पाएका छन् । उनले विभिन्न क्लब, हिरोज्, ब्रान्च क्लब अवार्ड र विभिन्न स्किम पनि जितेका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS