IME Life New

स्थलगत अनुगमनको प्रतिवेदन दराजमा थन्क्याएर सामूहिक परिपत्र जारी गर्दै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको कार्यालयमा स्थलगत निरिक्षणका क्रममा फेला पारेको कमजोरी विरुद्ध कारवाहीको साटो १८ बुँदे संयुक्त निर्देशन जारी गर्दै स्थलगत निरिक्षण प्रतिवेदनको सिफारिशलाई दराजमा थन्काई दिएको छ।

प्राधिकरणको केन्द्रिय र प्रादेशिक कार्यालयमार्फत् सातवटै प्रदेशमा प्रधान कार्यालय, शाखा, उपशाखा कार्यालयहरूमा चालू आर्थिक वर्षको पहिलो र दोश्रो त्रैमासको निरिक्षणका क्रममा अण्डरराइटिङमा गम्भीर लापरवाही, मुद्रा निर्मलीकरणमा सहभागिता, कार्यालयको कमजोर जनशक्ति र पूर्वाधारलगायतको अवस्थाबारे यथेष्ट प्रमाण फेला पारेको थियो । प्रादेशिक कार्यालयले गरेको स्थलगत अनुगमनमा देखिएको कैफियत र केन्द्रिय कार्यालयबाट खटिएको स्थलगत सुपरिवेक्षण टोलीले फेला पारेको गम्भीर त्रुटी सम्बन्धमा प्राधिकरणले औपचारिकताका लागि लिखित जवाफ मागेपनि लापरवाहीविरुद्ध कारवाहीको कदम चाल्न हिच्किचाएको छ।

Esewa
Crest

प्राधिकरणले कारवाही गर्नुको साटो चैत्र ५ गते परिपत्रमार्फत् १८ बुँदे सामूहिक निर्देशन जारी गर्दै सबै बीमकको प्रमुख कार्यकारी अधिकृतलाई निर्देशनको पालना नगरे कारवाही गरिने चेतावनी दिएको छ। प्राधिकरणले जारी गरेको १८ बुँदे निर्देशनमध्ये केही निर्देशन पछिसम्म पनि कार्यान्वयनमा ल्याउन सकिने संभावना नदेखिएको बीमकको टिप्पणी छ।

अधिकांश बीमकले अण्डरराइटिङ र मुद्रा निर्मलीकरण नियन्त्रणमा लापरवाही गरेको विषयमा जायज जवाफ दिन नसके पनि प्राधिकरणले सामूहिक परिपत्रमार्फत् निर्देशन जारी गरेर औपचारिकता पुरा गरेको छ। प्राधिकरणको स्थलगत अनुगमन टोलीले पहिलो पटक नभएर पटक पटक फेला पारेका अण्डरराइटिङसँग सम्बन्धित त्रुटीहरु यस्ता छन्ः

१) अण्डरराइटिङका लागि पूर्णरुपमा प्रस्ताव फारम नभरिएको ।

२) प्रस्ताव फारम र अभिकर्ता प्रतिवेदनमा एकै व्यक्तिको हस्ताक्षर र लेखाई भएको ।

३) आम्दानीको श्रोत खुल्ने कागजात समावेश नगरेको । समावेश गरिएका कागजात अपर्याप्त रहेको ।

४) प्रस्तावक र बीमित बीच तथा बीमित र इच्छ्याइएको व्यक्तिबीचको नाता प्रमाण समावेश नगरिएको ।

५) बीमाङ्क र बीमाशुल्क रकम खाम्न पुग्ने नियमित आयश्रोत नखुलेको ।

६) बीमाशुल्क भुक्तानी गर्नु अघि नै बीमालेख जारी गरेको ।

७) कर्मचारी र अभिकर्ताको नाममा कर्जा प्रवाह गरेर सो रकमबाट बीमालेख जारी गरिएको ।

८) रू १ लाख वा सो भन्दा बढी रकम बैंक खातामार्फत् वा चेकमार्फत् भुक्तानि लिनुपर्नेमा नगदै भुक्तानी लिएको । एउटै बीमालेखको रु १ लाखभन्दा बढीको बीमाशुल्क पटक पटक  गरेर नगद चेक र बैंक खातामार्फत् भुक्तानी लिएको ।

९) बीमालेख जारी भएको २ देखि सात दिनपछि मात्र बीमाशुल्क भुक्तानी प्राप्त भएको ।

१०) आंशिक दाबी भुक्तानी र परिपक्व दाबी भुक्तानीको रकम भुक्तानी नदिई नयाँ बीमालेख बिक्री गरि सोको पैसा कट्टा पछि मात्र बाँकी रकम भुक्तानी दिएको ।

बीमालेख सेवा सम्बन्धमाः

१) बीमालेख परिपक्व भई सकेको ६ महिनासम्म पनि दाबी भुक्तानीका लागि बीमितसँग सम्पर्क नगरेको । आंशिक भुक्तानी रकम पनि लामो समयदेखि भुक्तानी प्रवाह नभएको ।

२) सम्पूर्ण कागजात प्राप्त भएको १५ दिनभित्र फर्छ्यौट पूर्जा जारी गरि बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेमा दुई महिनाभन्दा ढिलो गरी दाबी भुक्तानी दिइएको ।

३) समर्पण मूल्यका लागि बीमितले निवेदन दिएको २४ घण्टा सम्म पनि समर्पण मूल्य दाबी भुक्तानी नगरेको ।

४) बीमालेख कर्जा रकमका लागि निवेदन प्राप्त भएको २४ घण्टासम्म पनि कर्जा प्रवाह नभएको ।

५) बीमालेख कर्जावापतको रकम प्रवाह गर्दा कर्जाको साँवा र ब्याज रकम भुक्तानी सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिएको ।

६) बीमालेख जफत गर्नु अघि बक्यौता कर्जा र ब्याज चुक्ता गर्नका लागि बीमितलाई पर्याप्त जानकारी नदिएको । जफत गर्नु अघि बीमितलाई सूचना नदिएको ।

७) बीमित पहिचान विवरण निश्चित समयावधिको अन्तरालमा अध्यावधिक नगरेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS