IME Life New

आगामी वर्ष बीमा व्यवसाय ५० प्रतिशतले वृद्धि हुन्छ-मनोजकुमार लाल कर्ण, सिईओ-युनियन लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने बीमा क्षेत्रमा पछिल्लो समय करिब एक दर्जन जीवन बीमा कम्पनी थपिएका छन् । कम्पनी थपभएसँगै बीमा बजारको दायरा पनि विस्तार हुने धेरैको अपेक्षा छ ।

नयाँ जीवन बिमा कम्पनीहरु मध्ये सबै भन्दा धेरै एग्रेसिभ देखिएको युनियन लाइफ इन्स्योरेन्सको आगामी योजना, पछिल्लो समयको बीमा क्षेत्रको समग्र अवस्था लगायतका विविध विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग इन्स्योरेन्स खबरका समाचार सम्पादक-चन्दा कार्की र संवाददाता-बिक्रम सुनारले गरेको बिशेष कुराकानी ।

Esewa
Crest

-प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण,युनियन लाइफ इन्स्योरेन्स

बीमाप्रति आम सर्वसाधारणको धारणा कस्तो पाउनु भएको छ ?
बीमाप्रति आम सर्वसाधारणको सकारात्मक धारणा पाएको छु । बीमा गर्नुपर्छ भन्ने धेरैलाई जानकारी भएपनि पहुँचको अभावका कारण सबै बीमाको दायरामा आउन सकेका छैनन् । अहिले कुल जनसंख्याको करिब १२ प्रतिशत मात्रै बीमा भएको छ । त्यसमा पनि धेरै अन्डर इन्स्योरेन्स भईराखेको छ । नेपालमा बीमाको लागि पुरै बजार खाली रहेको छ । बीमाको बजार ठूलो छ । बीमा कम्पनी र अभिकर्ताको पहुँच नहुँदा बीमा देशभर विस्तार हुन सकेको छैन् । अहिले धेरै ठाउँमा बीमाको पहुँच पुगेको छैन् ।

पुराना नौ बीमा कम्पनी र पछि थप भएका नौ बीमा कम्पनी बीमाको दायरा बढाउन ‘एगे्रसिभ्ली’ लागेका छन् । त्यसैले गर्दा यसपाली जीवन बीमा व्यवसाय ५० प्रतिशतले वृद्धि हुने मैले देखिराखेको छु ।

बीमा गर्नेको संख्या नगण्य मात्रामा भएको तथ्यांकले नै देखाउँछ । यसमा बीमा गर्नुपर्छ भन्ने जानकारी नभएर होकि ?
बीमासम्बन्धी जानकारी नै नभएको भन्ने चाँही होइन । बीमा सम्बन्धी ज्ञानको कमि भएर बीमा नगर्ने पनि छन् । तर पछिल्लो समय बीमाप्रति चासो दिने र केही हदसम्म बुझेको मैले महसुस गरेको छु ।

पछिल्लो समय बीमा समिति, बीमा कम्पनी र सञ्चार माध्यमबाट यसबारे जनचेतना दिने काम भइराखेको छ । बीमाबारे जानकारी भएपनि एजेण्ट नपुगेसम्म बीमा हुँदैन । हामी कहाँ एजेण्ट नै आएको छैन कसरी बीमा गर्ने भन्ने भनाई धेरै सुनिन्छ । एजेण्ट/अभिकर्ताहरु जति एग्रेसिभ हुन्छन्,त्यति बीमाको दायरा विस्तार हुनमा मद्दत पुग्छ । विश्वभरी नै बीमा गराउने भनेको बीमा अभिकर्ताहरुको प्रयासबाट नै हो ।

बीमा अभिकर्तामा नै आधारित छ भन्दै गर्दा बजारमा अभिकर्ताकै कमी छ, त्यसमा पनि व्यावसायिक अभिकर्ताको संख्या अत्यन्त न्यून छ भन्ने पनि सुनिन्छ ?
बजारमा जुन हिसाबले अभिकर्ताको उत्पादन हुनु पथ्र्याे त्यसो नभएपनि अहिले नयाँ नयाँ अभिकर्ताहरु उत्पादन हुने क्रम पनि जारी छ । अहिले ४ लाखले अभिकर्ताको लाईसेन्स लिएको तथ्यांक भएपनि मुस्किलले ६०÷६५ हजारले नविकरण गरेका छन् । त्यसमा पनि करिब २५ प्रतिशत मात्र सक्रिय अभिकर्ता छन् ।  यसका लागि हामीले अभिकर्तालाई तालिम दिने र प्रोत्साहन दिने काम गर्नुपर्छ । नयाँ अभिकर्तालाई पनि तालिमद्धारा सक्षम बनाउने र पुराना अभिकर्तालाई पनि क्रियाशील गराउन सक्नुपर्छ ।

दाबी भुक्तानी नहुने र भइहाले पनि निकै झन्झटिलो व्यवस्थाका कारण पनि बीमामा आकर्षण नदेखिएको हो कि ?
दाबी भुक्तानीमा पनि जीवन बीमामा त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन् । जीवन बीमा कम्पनीले दाबी भुक्तानी गरिराखेका छन् । बीमितको मृत्यु भयो भने शत प्रतिशत हुने हो, आधी त होइन । यसर्थ दाबी भुक्तानी नहुने भन्ने नै हुँदैन् । बीमितको प्रष्ट प्रमाण भएपछि भुक्तानीमा समस्या छैन् ।

बीमा कम्पनीहरु शहर केन्द्रित अझ त्यसमा पनि राजधानी केन्द्रित भए भन्ने पनि आरोप छ नि ?
पहिले नौ वटा जीवन बीमा कम्पनी र अहिले नौ वटा बीमा कम्पनी थपिएका छन् । बीमाको बजार पूरै नेपालमा खाली छ । अहिले बीमा कम्पनीहरु शहर बजारमा मात्र सीमित छैनन् । पछिल्लो पटक ग्रामिण एरियामा पनि बीमा कम्पनीहरु पुगेका छन् । युनियन लाईफले पनि सातवटै प्रदेशमा शाखा विस्तार गरिसेकको छ र अन्य बीमा कम्पनीले पनि शाखा विस्तार गरिरहेका छन् ।

युनियन लाईफ अन्य बीमा कम्पनीभन्दा के कति कारणले भिन्न छ ?
युनियन लाईफ जीवन बीमा कम्पनी हो । हामी ग्राहकको सेवाप्रति उत्तरदायी छौं । हामीले पोलिसी जारी गर्दा पनि विश्वभरी बजारमा जारी भएका बीमा पोलिसीहरुको अवधारणा अन्तर्गत रहेर जारी गरेका छौं । विशेष हामी सेवाग्राही/बिमितप्रति उत्तरदायी छौं ।  हामी अभिकर्तालाई राम्रो तालिम दिएर मात्रै बजारमा पठाएका छौं ।

युनियन लाईफ सञ्चालनमा आएको छोटो समयमा नै राम्रो व्यवसाय गर्न सफल भएको तथ्यांकले नै दखाउँछ , कसरी सम्भव भयो ?
यो सम्भव हुनुको पछाडि हाम्रो टीम वर्क नै हो । बीमाको बजार व्यापक र पुरै खाली जस्तै भएकोले पनि यो सम्भव भएको हो । हामीले तीन महिनाको अवधिमा करिब २७ करोड रुपैयाँ प्रिमियम कलेक्शन गरिसकेका छौं ।

युनियन लाईफको पोलिसीबारे जानकारी दिनुहोस न ?
हामीसँग अहिले पाँच ओटा प्रोडक्टहरु रहेका छन् । साबधिक जीवन बीमा जुन सबै कम्पनीसँग छ । बच्चाको बिमा बाल साबधिक बीमा पनि हरेक कम्पनीमा हुन्छ । त्यसपछि साबधिक र आजीवन बीमा पनि सबै कम्पनीमा छ । सामान्य अवस्थामा हेर्दा एकै किसिम को देखिए पनि हाम्रो कम्पनी ले अरु को भन्दा केहि फरक अनुभूति दिन खोजेको छ ।

‘हामीले सीमित भुक्तानी साबधिक जीवन बीमा ल्याएका छौं । त्यो अलि फरक खालको छ । अब त्यसपछि हामीले ल्याएको एकदमै नयाँ पोलिसी भनेको ‘मनि ब्याक होल लाईफ’ हो । यसमा १० वर्षको बीमा भयो भने ४ वर्ष सकिने बित्तिकै ३० प्रतिशत फिर्ता हुन्छ, त्यसपछि ८ वर्ष सकिने बित्तिकै ३० प्रतिशत रकम फिर्ता हुन्छ र १० वर्षमा बाँकी ४० प्रतिशत रकम र बोनस फिर्ता हुन्छ । त्यसपछि प्रिमियम तिर्नु पर्दैन र ७० वर्षमा गएर कुनै दुर्घटना भएपनि बीमा रकम पाउने व्यवस्था छ । ९९ वर्षसम्म बाँँचेको अवस्था भए सताब्दी मनाउनका लागि रकम दिने व्यवस्था पनि छ ‘।

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ, यसमा युनियन लाईफको पूँजी वृद्धि अवधारणा के छ ?
शेयर निष्कासनका लागि अन्तिम निकाय भनेको नेपाल धितापत्र बोर्ड नै हो । धितोपत्र बोर्डको अनुमतिपश्चात नै साधारण शेयर निष्कासन प्रक्रियामा अगाडि बढ्छौं ।

आगामी दिनमा कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ ?
हामी चाहन्छौं बीमा व्यवसायको बढीभन्दा बढी विस्तार होस । हामीले छुट्टै खालको रणनीति बनाउनु भन्दा पनि देशको दूरदराजसम्म बीमा व्यवसायलाई फस्ट्याउँदै कोही पनि नेपाली नागरिक स्वेच्छिक बीमा गर्नुबाट बञ्चित हुन नपरोस भन्ने मूल नाराका साथ युनियन लाईफ अगाडि बढेको छ ।  हाम्रो प्रमुख काम भनेको अहिले गर्दै आउनु भएका अभिकर्ताहरुलाई दक्ष बनाई बिमितप्रति उत्तरदायी बनाउँदै सेवा प्रवाह गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS