IME Life
Beema Board

जनसम्पर्कसँगै आर्थिक पक्ष सबल बनाउने अभिकर्ता पेशा म्यानेजर पदभन्दा उपयुक्त

SPIL
NIC ASIA

काठमाडौं । कुनै संस्थाको म्यानेजर बनेर काम गर्नुभन्दा बीमा अभिकर्ता बनेर काम गर्नुमा धेरै फाइदा देख्छन् चितवन भरतपुरका प्रकाश लामिछाने । उनी ज्योती लाईफ इन्स्योरेन्सका अभिकर्ता हुन् । लामिछाने करिब तीन वर्षदेखि यो क्षेत्रमा आवद्ध छन् । हुन त उनी प्रभाव उपभोक्ता सहकारी संस्था लिमिटेडका कर्मचारी हुन् । जागिरसँगै उनको सक्रियता बीमा अभिकर्तामा समेत रहेको छ ।

करिब तीन वर्षअघि सुरु भएको उनको यो पेशाको कथा भने छुट्टै छ । तीन वर्षको यात्रामा उनले तीनवटा बीमा कम्पनीमा काम गरिसकेका छन् । उनि तीन महिनादेखि भने ज्योती लाईफ इन्स्योरेन्स कम्पनीमा आवद्ध छन् । पहिलो पल्ट बीमा अभिकर्ताको कोड भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लिएका थिए ।

Prabhu
Crest

बीमा गर्ने प्रचलन बढ्दै गएपछि उनले पनि यो क्षेत्रमा लाग्ने सोचका साथ अभिकर्ता तालिम लिएका थिए । अभिकर्ता पेशा साँच्चै नै लाभदायी छ है भन्ने कुराको प्रेरणा भने नाताले भिनाजु पर्ने मुकुन्द प्रसाद भूसालबाट पाएका थिए । भूसालको काम गराई, उनको बोली चाली अनि काम प्रतिको लगावका कारण प्रकाशलाई अभिकर्ता पेशाप्रति रुचि बढेको थियो । तसर्थ आफ्नो प्रेरणाको स्रोतको रुपमा उनी भूसाललाई लिन्छन् ।

नेपाल लाइफबाट अभिकर्ता पेशाको सुरुवात गरे पनि तत्कालिन समयमा उनि खासै जम्न सकेन । त्यस पछि उनि भिनाजु मुकुन्द प्रसाद भूसालकै अनुरोधमा रिलायन्स लाइफमा आवद्ध भए । उनले रिलायन्स लाइफमा मात्रै २ वर्ष सक्रियताका लागि काम गरे । दुई वर्षको अवधिमा लामिछानेले सिल्भर मेडल पाउन सफल भएका थिए ।

रिलायन्सबाट एमडीआरटी नजिक पुगेका प्रकाशलाई तीन महिनाअघि भने ज्याती लाइफको पोलिसी तथा स्किमले आकर्षित गर्यो । अभिकर्ता पेशामा राम्रो अवसरको खोजीमा रहेका प्रकाशलाई ज्योति लाइफ उपयुक्त लाग्यो । तसर्थ उनी विगत ३ महिनादेखि ज्योती लाइफमा सक्रिय अभिकर्ताको रुपमा अवद्ध रहेका छन् ।

अभिकर्ता पेशाले मानिसलाई हरेक क्षेत्रमा सक्षम बनाउने गरेको उनको अनुभव छ । पहिलोमा भने उनी आर्थिक पाटोलाई नै  लिन्छन् । प्रभाव उपभोक्ता सहकारी संस्था लिमिटेडमा कार्यरत उनी कार्यालय समय बाहेकको समय अभिकर्ता पेशामा दिन्छन् । अभिकर्ता पेशाबाटै आर्जन भएको रकमबाट उनले आफ्नो स-परिवारको बीमा शुल्क भुक्तानी गर्छन् । उनको परिवारमा ६ जना रहेका छन् । अफिस बाहेकको बाँकी सम्पुर्ण समय अभिकर्ता पेशामा व्यतित गर्छन् । त्यत्तीकै खेर जाने समयबाट उनले राम्रो आर्थिक लाभ उठाइरहेका छन् ।

अभिकर्ता पेशामा अंगालेदेखि उनले हालसम्म बीमितसमक्ष पुगेर हात खाली फर्किनुपरेको छैन । कम्पनीको प्रिमियबारे राम्रोसँग बुझाउन सके सजिलै बीमा गर्न तयार हुने उनको अनुभव छ । तर यसका लागि अभिकर्ताले झन्झट नमानी बुझाउन सक्नुपर्ने उनी बताउँछन् ।

पहिलेको दाँजोमा अहिले बीमा गराउने काम एकदमै चूनौतीपूर्ण रहेको प्रकाश बताउँछन् । बीमा कम्पनीले आवश्यकताभन्दा बढी कोड बाँड्दा जुनसुकै मानिसले अभिकर्ता पेशामा प्रवेश गरेको उनको भनाई छ । यसरी जोकोहीले बीमा गराउँदै हिँड्दा बीमा गर्न चाहने व्यक्तिहरु समेत झन्झट मान्ने, आफ्नो बीमा आफै गर्ने जस्ता कार्य बढ्न थालेको प्रकाश बताउँछन् । उनले बीमा गराउने काम सुरु गर्दा धेरै मानिसले उनलाई सजिलै सु्न्ने गर्दथे । तर हाल धेरैले यो विषयलाई झन्झटको रुपमा लिने गरेको उनको अनुभव छ ।

उनले अभिकर्ता पेशाबाट धेरै कुरा सिकेका छन् । अभिकर्तामा केही विशेष गुण भयो भने बीमा गराउन कुनै समस्या नपर्ने उनको अनुभव छ । एक असल अभिकर्ताले समाजमा सजिलै घुलमिल हुन सक्ने क्षमताको अभिबृद्धि गराउनुपर्ने हुन्छ । यसका अलावा नचिनेको मान्छेसँग सजिलै मित्रता गर्न सक्ने, अनुशासन, बोलिचालीमा मिठासताका साथै निडर हुन पनि आवश्यक छ । साथै बीमितलाई कम्पनीको बारेमा राम्रोसँग बुझाउन सक्ने क्षमता हुनुपर्ने उनको अनुभव छ । यदि यी कुराहरुमा अभिकर्ता पोख्त हुन सकेमा बीमा गराउन कुनै समस्या नपर्ने उनी बताउँछन् । यो सँगै बीमा गराइसकेपछि समय समयमा बीमीतको पहुँचमा पुग्ने हो भने पनि अभिकर्ताप्रति बीमितको विश्वास बढ्ने उनको अनुभव छ ।

तीन वर्षको समयअवधिमा उनले धेरै कुराको अनुभव गरिसकेका छन् । कुनै कम्पनीको म्यानेजर बनेर काम गर्दा कम्पनीसँग मात्रै लगाव बढ्ने गर्छ । तर अभिकर्ता बनेर काम गर्दा समाजलाई नजिकबाट नियाल्न पाउने, जनसम्पर्क धेरै हुने उनि बताउछन् । तसर्थ उनको नजरमा अभिकर्ता पेशा एकदमै उपयुक्त पेशा हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS