IME Life

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बोनश दर साबिकको भन्दा घटेको विरोधमा अभिकर्ताले देशैभर सांकेतिक विरोधसँगै आन्दोलन शुरु गरेका हुन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका अध्यक्ष गणेश अधिकारीले विज्ञप्ती जारी गर्दै पछिल्लो बोनश दर घोषणाप्रति असन्तुष्टी जनाई सकेका छन् । देशको विभिन्न जिल्लास्थित शाखा उपशाखा कार्यालयहरुमा पनि नेपाल लाइफका अभिकर्ताले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

Prabhu
Crest

नेपाल लाइफको बीमाङ्कीले तयार पारेको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नियामक नेपाल बीमा प्राधिकरणले यसै महिनामा आव २०७८/७९ को लागि बोनश दर स्वीकृत गरेको हो । नेपाल लाइफको आव २०७८/७९ को घोषित बोनश दर रु ५० देखि रु ७२ सम्म छ।  प्राधिकरणबाट गत आव २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन र वित्तीय प्रतिवेदन अझैसम्म स्वीकृत हुन बाँकी छ।

२०७८/७९ को घोषित बोनश दर तालिका लिएर बीमितको घरदैलोमा पुगेर सर्वाधिक बोनश दर भनेर बजारिकरण गर्न अप्ठेरो परेको भन्दै देशैभरका अभिकर्ताले कम्पनी व्यवस्थापनको विरोध गरिरहेका छन् । भविष्यका लागि पनि पर्याप्त बोनशको जोहो गर्नुपर्ने भएकाले पछिल्लो समयमा नयाँ देखि पुराना सबै जीवन बीमा कम्पनीको बोनश दर साबिकको भन्दा घटेको अवस्था छ।

नेपालको बीमा बजारमा ठूलो हिस्सा ओगटेको नेपाल लाइफले बोनश दरलाई नै बजारिकरणको मुख्य अस्त्र बनाएकाले अहिले बोनश दर घटे लगत्तै यसका अभिकर्ताहरुबाट चर्को विरोधका स्वर सुनिन थालेको हो । बोनश दरलाई नै बजारिकरणको मुख्य अस्त्र नबनाएको भए शायद अहिले नेपाल लाइफका अभिकर्ताहरु बोनशलाई लिएर यति धेरै चिन्तित हुनुपर्ने वा आत्तिनुपर्ने अवस्था अवश्य पनि आउने थिएन ।

सर्वाधिक बोनश दरको झूठो प्रचारः

नेपाल लाइफले रु ६० देखि रु ८२  सम्म वार्षिक बोनश दर भन्दै सर्वसाधारणमा भ्रम झरेर शुरु देखिनै बजारीकरण गर्दै आएको थियो । वास्तवमा नेपाल लाइफको न्यूनत्तम घोषित बोनश दर शुरु देखि नै आर्थिक वर्ष २०७५/७६ सम्म जम्मा रु ४० रहेको थियो । एकल बीमाशुल्क भुक्तानीवापत जारी गरिने जीवन शान्ति सावधिक बीमालेखमा नेपाल लाइफको घोषित बोनश दर आव २०५७/५८ देखि आव २०७५/७६ सम्म नै रु ४० नै थियो । आव २०७६/७७ मा मात्र आएर यो बीमालेखको बोनश दर ६० रुपैयाँ पुगेको थियो । तर आव २०७६/७७ मा समेत नेपाल लाइफकले जारी गरेको जीवन समृद्धि जीवन बीमाको न्यूनत्तम बोनश दर ५६ रुपैयाँ मात्र थियो ।

एकल बीमाशुल्कवापत जारी गरिने बीमालेखका कारण ठूलो घाटा हुने भएपछि नेपाल लाइफले  आव २०७७/७८ मा आफ्नो पोर्टफोलियोबाट जीवन शान्ति बीमालेख नै हटाई दियो ।

आफू माथि पर्दासम्म मख्ख, तल परे लगत्तै नियामकलाई गुहारः

अधिकत्तम ८२ रुपैयाँसम्म बोनश दर कायम रहँदासम्म सर्वाधिक बोनश दरको नारालाई नै बजारिकरणको मुख्य अस्त्रको रुपमा प्रयोग गर्यो । पछि नेशनल लाइफ, एलआइसी नेपाल र एशियन लाइफ इन्स्योरेन्सले अधिकत्तम रु ८७ सम्म बोनश दर घोषणा गरेपछि नेपाल लाइफलाई पोल्यो । र नियामक प्राधिकरण(साबिक बीमा समिति) लाई दबाब दिएर सर्वाधिक बोनश दर भन्दै अन्य जीवन बीमकलाई प्रचार प्रसार गर्न रोक लगायो । यति मात्र नभएर नेपाल लाइफकै आग्रहमा प्राधिकरणले जीवन बीमकलाई बोनश दर घोषणा गर्दा प्रत्येक पोर्ट फोलियोको जारी बीमालेख संख्या पनि उल्लेख गर्न लगायो ।

बजारमा नयाँ जीवन बीमा कम्पनीले आकर्षक बोनश दर सहित आक्रामकरुपमा बजार विस्तार गर्न थालेपछि गतिमा ब्रेक लगाउनका लागि नेपाल लाइफकै प्रभावमा प्राधिकरणले फ्युचर बोनश अर्थात् भावी बोनश दरसम्बन्धी  प्रावधान लागू गरेको थियो । यो अवधारणा अन्तर्गत बितेको वर्षबाट आर्जित नाफाको ९० प्रतिशतवापत हुन आउने सबै रकम बीमितलाई बोनशवापत वितरण नगरी निश्चित प्रतिशत रकम आगामी वर्षहरुका लागि पनि भावी बोनशका रुपमा सञ्चित गरेर राखिन्छ। उदाहरणका लागि कुनै आवमा कुनै बीमालेखवापत रु ६० बोनश रकम वितरण योग्य भएपनि यसबाट २० प्रतिशत अर्थात् १२ रुपैयाँ जगेडा राखेर बाँकी ४८ रुपैयाँ मात्र घोषित बोनशका रुपमा वितरण गरिन्छ। यस्तो अवस्थामा १२ रुपैयाँ भावी बोनशमा समावेश हुने रकमको रुपमा रहन्छ।

जीवन बीमाको मूलभूत उद्देश्य भनेको जोखिमको बहन र अनिवार्य बचत हो, प्रतिफल गौण हो । तर अगुवा जीवन बीमकले नै प्रतिफल अर्थात् बोनश दरलाई भजाएर निरन्तर दुई दशकसम्म बजारको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि अहिले आफ्नै लागि यो फर्मुला घाँडो बनेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

35%

खुसी

12%

दु :खी

15%

अचम्मित

3%

उत्साहित

35%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS