IME Life
Beema Board

‘डेड लाइन’ नाघेको एक वर्ष पछि चुक्ता पूँजीका लागि बीमकलाई फेरी प्राधिकरणको ताकेता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार मसान्तभित्र चुक्ता पूँजी पुर्‍याउन बीमकसँग पुनः  ताकेता गरेको छ। प्राधिकरणले पहिलो पटक २०७८ चैत्रमा आव २०७९/८० को चैत्र मसान्तभित्रै न्यूनत्तम चुक्ता पूँजी दोब्बर पुर्‍याउनका लागि बीमकलाई निर्देशन दिएको थियो ।

पूँजी नपुर्‍याए कारवाही गर्ने कारोबारमा रोक लगाउने चेतावनी दिएपछि आधा जति बीमकले आपसमा गाभ्ने गाभिने विकल्प रोजे । प्राधिकरणको चेतावनी पछाडीको नियत थाहा पाएका बीमकले मर्जरको विकल्पलाई आफ्नो कार्य योजनामै समावेश गरेनन् । अर्थात् वास्ता गरेनन् । लाभांश र हकप्रद शेयर मार्फत् नै चुक्ता पूँजी पुर्‍याउन कार्य योजना तयार पारेर प्राधिकरणलाई दिए ।

Prabhu
Crest

अहिले एक वर्ष पछि पुनः प्राधिकरणले बीमकलाई २०८१  असार महिनाभित्र जसरी पनि चुक्ता पूँजी पुर्‍याएर जानकारी पेश गर्न निर्देशन दिएको छ। न्यूनत्तम चुक्ता पूँजी पुर्‍याएर नल्याए अब कारवाहीमा जाने हो, प्राधिकरणका एक उच्च अधिकारीले पहिले झैं शैलीमा प्रतिकृया दिंदै भने,यसपटक कार्य योजना होइन, पूँजी नै ल्याउ भनेका छाैं ।

नियामकको हैसियतमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी पुर्‍याउ भन्नु स्वाभाविक हो,असार मसान्तभित्र पूँजी जुटाएर जानकारी पेश गर्न भन्दै प्राधिकरणले बीमकको नाममा जारी गरेको पत्रबारे प्रतिकृया दिंदै एक बीमकको कम्पनी सचिवले भने, प्रिमियममा शेयर बेचेका बिमकले नियामकीय प्रावधान र प्रकृयाका कारण रिजर्भबाट तत्कालै बोनश शेयर बाँड्न पाउने अवस्था छैन, हकप्रद जारी गर्ने तयारीमा रहेका बीमकले पनि असार मसान्तभित्र भ्याउने थोरै संभावना छ।

हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ, नेपाल लाइफ र हिमालयन लाइफले न्यूनत्तम चुक्ता पूँजी पुरा गरि सकेका छन् । निर्जीवन बीमकमध्ये  हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर गरेर नै चुक्ता पूँजी पुर्याएका छन् । शिखर इन्स्योरेन्सले बोनश शेयरमार्फत् न्यूनत्तम चुक्ता पुँजी पुर्‍याएकाे छ ।

प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर जारी गरेको आइएमइ लाइफले जगेडामा रहेको रकमबाट बोनश शेयर वितरणको घोषणा गरि सकेको छ। प्रिमियम मूल्यमा शेयर जारी गरेका बाँकी कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सिटिजन्स लाइफमध्ये चालू आवमा शेयर निष्काशन गरेकाले आगामी आवमा मात्र यो कोषबाट बोनश शेयर वितरण गर्न पाउनेछन् ।

प्राधिकरणले जीवन बीमकको लागि ५ अर्ब रूपैयाँ र निर्जीवन बीमकको लागि २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी निर्धारण गरेको छ। यो पूँजीको न्यूनत्तम सीमामा नपुग्दै बीमकले जोखिममा आधारित चुक्ता पूँजी कायम गर्नुपर्ने भएकाले प्राधिकरणले तोकेको पूँजी अधिक वा न्यून हुन सक्ने संभावना बाँकी नै छ। यो अवधारणा अन्तर्गत न्यूनत्तम चुक्ता पूँजीको सिमा तोकिएको हुँदैन, धेरै जोखिम बहन गरि रहेका बीमकले धेरै र थोरै जोखिम बहन गरेका बीमकले थोरै पूँजी कायम गर्नुपर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS