IME Life
Beema Board

खराब कर्जा व्यवस्थापन गर्न नेपाल इन्भेष्टमेन्ट मेगालाई हम्मेहम्मे, अन्य सूचक पनि खस्कँदो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विगतमा धेरै ऋण विस्तार गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा असुली गर्न नसक्दा समस्यामा पर्न लागेको छ । बैंकको खराब कर्जा झनै बढ्दै गइरहेको तथ्यांकहले देखाएका छन् । खराब कर्जा बढ्दै जाँदा यस बैंकले चालु आर्थिक वर्षमा कर्जा असुली गर्न जोड दिएपनि अपेक्षाकृत सुधार हुन सकेको छैन ।

चालु आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा अनुपात झण्डै ५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी हुनु राम्रो होइन । त्यस्तो भएमा शीघ्र सुधारका काम गर्न उसले बैंकहरूलाई निर्देशन दिन्छ । यस बैंकको चालु आवको तेस्रो त्रैमासमा खराब कर्जा अनुपात ४.६६ प्रतिशत पुगेको छ । गत आवको सोही समयमा बैंकको यस्तो कर्जा अनुपात ३.९४ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा चालु आवको तेस्रो त्रैमासमा यस बैंकको खराब कर्जा निकै नै बढेको हो ।

Prabhu
Crest

गत आवको सुरूवातदेखि नै बैंकको खराब कर्जा बढ्न थाल्यो । गत आवको पहिलो त्रैमासमा १.५७ प्रतिशत पुगेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा अनुपात त्यसपछि ३.७१ प्रतिशत हुँदै गत आवको तेस्रो त्रैमासमा ३.९४ प्रतिशत पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा उसको खराब कर्जा झनै बढेर अनुपात नै ४.८३ प्रतिशत पुग्यो । चालु आवको दोस्रो त्रैमासमा ४.७५ प्रतिशत पुगेको यस बैंकको खराब कर्जा अनुपात तेस्रो त्रैमासमा ४.६६ प्रतिशत रहेको हो । चालु आवको सुरुवातदेखि सामान्य सुधार देखिएपनि त्यो राम्रो सुधार भइ नसकेको जानकारहरू बताउँछन् ।

बैंकले विगतमा विस्तार गरेको कर्जा असुली हुन नसक्दा खराब कर्जामा वर्गीकरण भएको हो । यस्तो कर्जाको सम्भावित नोक्सानीबापत बैंकले छुट्याउने रकम पनि बढ्न पुगेको छ । खराब कर्जा जति बढ्यो त्यसबापत राख्नुपर्ने प्रोभिजन रकम त्यति नै बढ्छ । यस बैंकको खराब कर्जा बढ्दै जाँदा प्रोभिजन रकम पनि उस्तै बढेको तथ्यांकले देखाउँछ । बैंकले प्रोभिजनबापत ३ अर्ब भन्दा बढी रकम छुट्याएको छ ।
बैंकको खराब कर्जा अनुपात बढेको मात्र हैन प्रति सेयर आम्दानी पनि घटेको छ ।

गत आवको पहिलो त्रैमासमा २४.९२ प्रतिशत रहेको बैंकको प्रति सेयर आम्दानी चालु आवको तेस्रो त्रैमाससम्ममा निरन्तर घटेर रु. १२.८० मा  झरेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी रु. १०.६ मा झरेको थियो । चालु आवको तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी रु. १२.८०  रहेको छ । गत आवको सोही अवधिमा बैंकको प्रति सेयर आम्दानी रु. १५.२० रहेको थियो ।

बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । नाफा नै घटेपछि बैंकको प्रतिसेयर आम्दानी पनि घटेको हो । प्रतिसेयर आम्दानी सेयर बजारमा लगानी गर्नेहरूले बढी महत्वका साथ हेर्ने सूचक हो । यसको घटबढले बजारलाई प्रभाव पार्छ । जानकारहरूका अनुसार, प्रतिसेयर आम्दानी घट्नु भनेको कम्पनीको पर्फर्मन्स घट्दै गएको देखिनु हो ।

समय समयमा विभिन्न विवादमा तानिदै आएको बैंक हो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । अयोग्य व्यक्तिहरूलाई सञ्चालक नियुक्त गर्न खोजेपछि बबण्डर मच्चिएको यस बैंक भ्रष्टाचारीको अखडा बन्न लागेको ट्याग समेत लाग्ने गरेको छ । सञ्चालकको योग्यता विवादले नयाँ सञ्चालक चयनको निर्वाचन नै विथोलिएको इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक स्वयं ठूलो भ्रष्टाचार काण्डमा मुछिएसँगै बैंकको ख्याति धुमिलिएको हो ।

हाल बैंकको बोर्ड अफ डाइरेक्टर रहेका मुक्तिराम पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका वाइडबडी जहाज खरिदमा सार्वजनिक खरिद ऐन मिचेर घुस खाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिना अघिमात्रै ठहर गरेको थियो । नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डे समेतले सार्वजनिक खरिद ऐन २०६३ र भ्रष्टाचार निवारण ऐन २०५९ विपरीत एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ अमेरिकी डलर अर्थात भुक्तानी दिएको मितिको सटही दर अनुसार एक अर्ब सत्चालीस करोड दश लाख पचासी हजार चारसय रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको अख्तियारको दावी थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS