IME Life
Beema Board

तरलता थुप्रिँदै जाँदा मुद्दती निक्षेपका बचतकर्ता मारमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिँदा ब्याजदर घटेर मुद्दती निक्षेपका बचतकर्ता समस्यामा परेका छन् । विगतमा उच्च विन्दुमा ब्याज आम्दानी गरिरहेका उनीहरूले अहिले निकै न्यून ब्याजदरमा चित्त बुझाउनुपरेको हो ।

बचतकर्ताले मुद्दती निक्षेप अन्य बैंकमा सार्नका लागि पनि ब्याजदर उच्च नहुँदा सकेका छैनन् । उनीहरूको निक्षेप अहिले यता न उताको अवस्थामा फसेको बचतकर्ताहरूको गुनासो छ । ‘झिकेर अरु बैंकमा राख्दा पनि धेरै ब्याज पाइने हैन । त्यसैले यता न उता भएर बसेको छ हाम्रो पैसा,’ एक बचतकर्ताले भने ।

Prabhu
Crest

गत वर्ष उच्च दरमा बढेको बैंक ब्याजदर अहिले निकै न्यून विन्दुमा झरिसकेकाले निक्षेपकर्ताहरूले चिन्ता व्यक्त गरिरहेका छन् । सोही सन्दर्भमा तरलता अझै बढ्दै गए केकस्तो असर पर्छ भन्नेतर्फ धेरैको ध्यान खिचिएको हो । बैंकिङ प्रणालीमा बढेको तरलता नघट्दा निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्दै गएकाले पनि यसतर्फ सबैको ध्यान गएको हो ।

पछिल्ला समय विप्रेषण आप्रवाहमा वृद्धि, वैदेशिक विनिमय सञ्चितिमा भइरहेको उत्साहजनक वृद्धि तथा कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता अधिक भएको छ । पूर्व गभर्नर तिलक रावल अहिले लगानीकर्ताले माग गर्न नसक्दा तरलता बोझ बन्न गएको बताउँछन् ।

बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई अब कता सदुपयोग गर्ने भन्नेतर्फ अहिले सरोकारवालाहरूले चासो देखाउँदै आएका छन् । तरलता बढ्दै जाँदा मुद्दती निक्षेपको ब्याजदर घट्ने र मुद्दतीमा बचत गर्नेहरूलाई अन्याय हुने भन्दै सरोकारवालाहरूले कुनै आयोजनामा तरलता सदुपयोग गरेर ब्याज बढाउनुपर्ने मत व्यक्त गर्न थालेका छन् । यसो गर्दा तरलताको सही सदुपयोग पनि हुने उनीहरूको भनाइ छ ।

पूर्व गभर्नर रावलले अहिले लगानीको वातावरण सिर्जना नहुँदा बैंकमा पैसा थुप्रिएको र त्यसको असर बचतकर्तामा परेको बताए । सरकारले आयोजनामा लगानी गरी यसलाई सहजीकरण गर्न सकेमा बचतकर्तालाई पनि न्याय हुने, आयोजना पनि अगाडि बढ्ने र तरलता पनि सदुपयोग हुने उनको भनाइ छ । तर अहिलेको अर्थतन्त्रको कहालीलाग्दो स्थितिलाई नेताहरूले ध्यान दिन नसक्दा समस्या सिर्जना भएको उनले बताए ।

यता राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा ब्याजदर धेरै घट्दै जाँदा मुद्दती निक्षेपका बचतकर्ता समस्यामा पर्ने बताउँछन् । अहिलेको समस्या समाधानका लागि सरकारले उचित पहल गर्नुपर्नेमा त्यस्तो नभएको उनले बताए । अहिले सरकारले तरलताको सदुपयोग गर्ने अवसर भएपनि त्यसतर्फ ध्यान दिन नसकेको उनको भनाइ छ । थापाले अहिले सरकारले कम्पनी मोडलमा कुनै ठूला आयोजना नयाँ बजेटभन्दा बाहिरबाटै सम्पन्न गर्न सक्ने अवस्था रहेकाले त्यसतर्फ तरलता सदुपयोग गर्न सकिने बताए । यद्यपी त्यसतर्फ सरकारले चासो नदेखाएको उनको भनाइ छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उदाहरणलाई हेरेर सरकारले तरलता व्यवस्थापन तथा आयोजना सम्पन्न सँगसँगै गर्न सक्ने उनले बताए ।

अहिले ब्याजदर घट्दै जाँदा बैंकलाई नै गाह्रो परिरहेको कतिपय बैंकर बताउँछन् । आगामी दिनमा घट्दै जाँदा थप समस्यामा पर्न सक्ने ती बैंकरको भनाइ छ । पछिल्लो समय बैंकहरूमा ब्याजदर घट्दो क्रममा छ । राष्ट्र बैंकका अनुसार, २०८० फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो ।  यस्तै विकास बैंकहरुको ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत रहेको छ । यस्तै बैशाख महिनामा बैंकहरुको औसत आधार दर ८.७५ प्रतिशत छ । गत साउनमा औसत आधार दर १०.११ रहेकोमा चैतसम्ममा क्रमशः घट्दै ८.७५ प्रतिशतमा झरेको हो ।

एक पटकमा १० प्रतिशतसम्म मात्रै ब्याजदर घटबढ गर्न पाउने राष्ट्र बैंकको नियन्त्रित व्यवस्थानुसार ब्याजदर घटाउँदै सार्वजनिक गर्दै आएका छन् । केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटेका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो । बैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिइरहेका छन् । आगामी महिनाहरूमा बैंक ब्याजदर झनै घट्ने देखिन्छ ।

बैंकिङ क्षेत्रमा हाल ६१ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तै ५१ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । समग्रमा बैंकिङ क्षेत्रको निक्षेप कर्जा अनुपात ८०.७६ प्रतिशत रहेको छ । जसको अर्थ कर्जा प्रवाह गर्न बैंकहरू सक्षम रहेको हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

36%

दु :खी

14%

अचम्मित

21%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS