IME Life
Beema Board

व्यापारसंगै अभिकर्ता पेशामा चम्केकी सुनिता भेटवाल

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर ‘सुनिता भेटवाल’ले बीमा क्षेत्रको यात्रा आरम्भ गरेको समय, अवधि करिब पाँच वर्ष भइसकेको छ । सिटिजन लाइफ इन्स्योरेन्समा निरन्तर चार वर्षदेखि कार्यरत उनी यसअघि तत्कालीन साविक सूर्या लाइफ इन्स्योरेन्समा एक वर्ष अभिकर्ता रहेकी थिइन् ।

चितवनस्थित राप्ती ४ कि उनले व्यवसायीक लक्ष्य पुरा गर्दै सन् २०२१ र २०२२ का लागि ‘एमडीआरटी’का लागि समेत योग्य भई सकेकी छिन् । एमडिआरटी सम्मेलनमा सहभागिताका लागि उनले अमेरिकाको बोष्टन शहर जाने निम्तो पनि पाइन् । त्यस्तै, सिनियर एजेन्सी म्यानेजरको पद पनि उनले सिटिजन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै पाएकी हुन् । हालसम्म उनले  १ सय ५ जनाको बीमा गराएकी छिन् । एजेन्सी म्यानेजरको जिम्मेवारी पाएपछि उनले आफ्ना दुईजना साथीलाई पनि बीमा क्षेत्रको महत्वपूर्ण उपाधी ‘एमडीआरटी’ का लागि योग्य बनाई सकिन् ।

Prabhu
Crest

बीमामा प्रवेश गर्नु एनजीओमा काम
उनले बीमा क्षेत्रमा प्रवेश गर्नु अघि दुई वर्ष उनले बालबालिका तथा महिलासँग सम्बन्धित एक एनजीओमा समेत काम गरेकी थिइन् । उनलाई एनजीओले र बीमा क्षेत्रको सेवामा केही समानता छ जस्तो लागेको छ । भन्छिन्, दुबै तिरको पेशाको मूल ध्येय समाज सेवाकै लागि हो ।

बीमा कम्पनीको काउण्टरमा पुग्दा अभिकर्ता पेशाको प्रस्ताव
आफ्नो दिदीको छोराछोरीको बीमाशुल्क भुक्तानीका लागि बीमा कम्पनी पुग्दा एउटा संयोग पर्न गयो । बाहिर भीषण वर्षा हुन थालेपछि तत्कालै बीमा कम्पनीको कार्यालयबाट बाहिरिने अवस्था भएन, उनी काउण्टर छेउमै ग्राहक प्रतिक्षा कक्षमा बसि रहिन्, त्यही मेसोमा समयको सदुपयोग गर्दै बीमा कम्पनीको एकजना कर्मचारीले उनलाई जीवन बीमाको बारेमा बताइन् । सूर्यज्योती लाइफको शाखा प्रमुख रहेकी गीता डाँगीले बताएको बीमाको बारेमा दिएको ज्ञानले उनलाई अभिकर्ता पेशातर्फ डोर्यायो ।

उनले शुरुवाती दिनमा जम्मा एक हप्ताको अवधिम अरुको बीमा गराएर अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत दुबई भ्रमणको अवसर पाइन् । सिनियर एजेन्सी म्यानेजर भेटवालले बीमा अभिकर्ता पेशासँगै हार्डवेयरको व्यापार र तयारी पोशाक निर्यातको काम पनि गरिरहेकी छिन् ।

व्यापारभन्दा बीमा नै राम्रो रहेछ
उनले व्यापार व्यवसायको तुलनामा बीमा अभिकर्ताको पेशामा कम तनाव रहेको अनुभव सुनाइन् । बीमालाई बुझ्न सक्यो भने यसले धेरै पक्षबाट खुशी दिने भेटवाल बताउँछिन् । शिक्षा संकायबाट स्नातक गरेकी उनले नागरिकहरुलाई बीमा शिक्षाको बारेमा जानकारी गराउन पाउँदा आफूलाई निकै गर्व महशुस हुने गरेको बताएकी छिन् ।

बीमितको धन्यवादले ठूलो हौसला दिन्छ
उनले बीमा क्षेत्रमा बीमितहरुबाट पाइने सम्मान्, माया र इज्जतिलो व्यवहार अभिकर्ताका लागि महत्वपूर्ण उर्जा भएको बताइन् । बीमा नबुझेको अवस्थामा बीमितहरु  तर्किने गरे पनि बीमाको महत्व बुझेपछि दिने धन्यवादले उनलाई पेशामा अझै प्रतिबद्ध हुन हौंस्याउँछ । आफूलाई हरबखत बीमा क्षेत्रका काम गर्न मार्ग निर्देश गर्ने सिनियर एजेन्सी म्यानेजर नरेन्द्र पुन र अर्का एजेन्सी म्यानेजरटुक बहादुर राणालाई पनि उनले सम्झन चाहिन् ।

लगानीसँगै सुरक्षाको उपयुक्त माध्यम जीवन बीमा
भेटवालले बीमा लगानीको निकै राम्रो माध्यम रहेकोमा जोड दिन्छिन् । बीमाले आज थोरै पैसा तिर्दा भोलिको लागि मोटो रकमकै सुरक्षण गर्ने भएकाले पनि जो कोहीले बीमाको महत्व बुझेर बीमा गर्न अघि सर्नु पर्ने उनको भनाई छ । आफूले बीमा गराएको मध्ये छिमेकीको मृत्यु दाबी भुक्तानी दिलाउँदा आश्रित परिवारले थोरै भएपनि आड पाएको देख्दा उनको मनले स्याबासी दियो । ती बीमितकी श्रीमितिले आदरभाव दर्शाउँदै भेटवालको फोटो धुलाएर घरको भित्तामा सजाउने सम्म पनि भनिन् । उनले त्यस्तो सद्भाव आफ्नो कामले मात्र नभई बीमा क्षेत्रको धर्मको कारण प्राप्त भएको बताएकी छिन् ।

परिवारको सबै सदस्यका लागि जीवन बीमा चाहिने भएकाले यसको क्षेत्र फराकिलो बनाउनुपर्ने उनको भनाई छ । उनले बीमा कम्पनीहरुले नागरिकहरुलाई सम्बोधन गर्ने खालका नयाँ किसिमका, सस्तो बीमाशुल्कका बीमा पोलिसी ल्याउनुपर्ने धारणा राख्छिन् ।

बीमाले लसुनदेखि सुनसम्म किन्ने अवसर दियो
उनले बीमा अभिकर्ता पेशामा लागेपछिको कमाई बाटै स्कुटी किनेर चढेकी छिन् । जिन्सी उपहारहरु, टिभी लगायत विभिन्न सामान पनि पाएकै छिन् । जीवन बीमाबाट हुने कमाईबाट सन्तुष्ट उनी खुशी हुँदै भन्छिन्, लसुनदेखि सुनसम्म किन्न बीमाले नै सघाएको छ ।
बीमा क्षेत्रमा काम गर्दा पछिल्लो समय नयाँ अवसरहरु  बढ्दै गएको र यसमा आबद्ध हुने यूवाको संख्या पनि बढ्दो क्रममा रहेकोमा उनी खुशी छिन् । उनले इमान्दार र लगानशील भएर काम गरेमा बीमाले धेरैथोक दिने उनको पाँच वर्षको अनुभवले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS