IME Life
Beema Board

अथाह सम्भावना बोकेको क्षेत्र हो जीवन बीमा: एजेन्सी म्यानेजर पुजना सुवेदी

SPIL
NIC ASIA

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर हुन् ‘पुजना सुवेदी (पौडेल)’ । उनले आजभन्दा करिब तीन वर्ष अघि बीमा क्षेत्रको यात्रा शुरु गरेकी थिइन् । पौडेलले आफू बीमा क्षेत्रको बारेमा पूर्ण जानकार नभए पनि यस क्षेत्रमा लागेको तर बीमा भित्र प्रवेश गरेपछि अवसरहरु पाएको बताएकी छिन् ।

हेटौडा ४ हुप्राचौरकी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर पौडेलले इन्स्योरेन्स खबरसँग भनिन्,‘बीमामा लाग्नु अघि मलाई यो क्षेत्रको बारेमा खासै ज्ञान थिएन । बीमामा लागेपछि धेरै कुराहरु जान्न, सुन्न र देख्न पाइयो । वास्तवमा बीमा क्षेत्र भनेको युवा पुस्ताहरुको लागि निकै धेरै अवसरहरु भएको र आर्थिक समृद्धि हासिल गर्न सकिने ठाउँ रहेछ ।’

Prabhu
Crest

घरपरिवारको साथले बीमामा सफलता
उनले शुरुवाती दिनमा आफूले बीमा नबुझे पनि आफ्नो घर, परिवार तथा श्रीमान्ले बीमामा काम गर्न प्रेरणा दिएको बताएकी छिन् । कुनै पनि व्यक्ति सफल हुन उसलाई आफ्नो घर, परिवारको साथले ठूलो मद्दत हो गर्ने उनको अनुभव छ ।

एक ब्रान्च म्यानेजरको अनुरोधमा रोजिन बीमा क्षेत्र
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सि म्यानेजर पौडेलले आफ्नो बीमा कम्पनीमा काम गर्ने एकजना साथीको सुझावबाट आफू बीमा अभिकर्ता पेशामा लागेको बताइन् । उनले घरधन्दा सकिए पछिको फुर्सदको सदुपयोग गरेर बीमा क्षेत्रमा स्वतन्त्ररुपमा काम गर्न सकिने उदाहरण दिएकी छिन् । शुरुवाती चरणमा ती ब्रान्च म्यानेजरले बीमा क्षेत्रमा काम गर्न प्रस्ताव गर्दा उनलाई आफू यो क्षेत्रमा सफल हुने हो कि होइन भन्ने उनमा दोधारको अवस्था थियो । बिस्तारै जब उनी यो क्षेत्रमा भिज्दै गएपछि यो पेशाले उनलाई सफलतासँगै अड्यायो ।

व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेकी उनले यो पेशामा समयसिमाको पाबन्दी नभएको र आफ्नो रोजाईको समयमा काम गर्न सकिने सुविधा मनपर्ने पक्ष भएको बताइन् । उनले बीमा पेशामा निरन्तर रुपमा खट्ने मान्छेले अवश्य पनि त्यसको फल प्राप्त गर्ने बताएकी छिन् ।

सिनियर एजेन्सी म्यानेजर पौडेलले आफ्नो बीमा क्षेत्रको यात्रा मकवानपुरस्थित हेटौडाबाट सुरु भएको र आफूले सोचेजस्तै बीमा व्यवसाय बिस्तार गर्न सफल भएको बताएकी छिन् । आफ्नो घर छिमेकको एक, दुईजनाले बीमा गराए त्यसपछि बीमाको सकारात्मक प्रचार प्रसार निकै बढी भएको उनले स्मरण गरेकी छिन् । विगतमा उनलाई बीमा आफ्नो फाइदाको लागि मात्रै गरेको हो कि ? भन्ने छिमेकीहरुले बीमाको महत्व बुझेपछि आफूलाई सम्झी सम्झी धन्यवाद दिने गरेको सुनाइन् ।

कोरोनाको कारण अधुरो रहेको त्यो लक्ष्य
उनले आफूले बीमा अभिकर्ताका लागि प्रतिष्ठाको विषय मानिने एमडीआरटी उपाधी प्राप्तीका लागि लक्ष्य नजिक पुगे पनि सफलता नमिलेको प्रसङ कोट्याउँदै भनिन्, त्यति बेला ३८ लाखको टार्गेट थियो, आफूले लक्ष्य अनुसारको बीमा गर्दा गर्दै ३० लाखभन्दा बढी गर्न सकिन । उनको अनुभवमा अहिले बजारमा मन्दीका कारण परार जस्तो ठूलो बीमांकको बीमा गर्ने बीमित घटेका छन्, त्यसैले पनि एमडिआरटी लक्ष्य पुरा गर्न सहज अवस्था भने छैन । उनले एमडिआरटी आफूले बीमा क्षेत्रको महत्वपूर्ण अन्य उपाधी डीसीईओ क्लब, एजिएम क्लब जस्ता उपाधीहरु भने पाउँन सफल भएको बताएकी छिन् । तर, बीमा भनेको हिम्मत हारेर भन्दा पनि नयाँ जोशका साथ अघि बढ्दा सफल हुने पेशा हो भन्ने उनलाई राम्रोसँग थाहा भइसकेको छ ।

पैसा हुने र हुनेखाने व्यक्तीहरु मात्रै बीमामा सरिक रहेकाले पनि उनले गरिबहरुलाई झनै आर्थिक जोखिम बढी हुने भएकाले उनीहरु पनि बीमाको दायारामा ल्याउन सबैको प्रयास हुनुपर्ने उनको धारणा छ।

बीमाबाटै विदेश यात्राको अफर
उनले बीमा क्षेत्रबाट अन्य विभिन्न अवसरहरु पाइने प्रसंग जोड्दै बीमाबाटै विदेश जाने अफर समेत पाइने बताएकी छिन् । जीवन बीमा कम्पनीहरुले बीमा व्यवसायलाई नै आधार मानेर विभिन्न देश भ्रमण गर्ने अवसरहरु दिँदै आएका छन् । उनले आफूलाई पनि दुबई जाने अवसर पाएको बताइन्। बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय गरे वापत पाइने सुविधाहरु पनि आकर्षक रहेको उनले सुनाएकी छिन् ।

बोलिबाटै पैसा कमाईने आनन्दको पेशा रहेछ बीमा
बोलिको भरमा पैसा कमाईले पेशाको रुपमा बीमा पेशालाई उनले चित्रण गर्न रुचाएकी छिन् । आफूले बोलेको भरमा नै पैसा कमाईले भएकाले बीमा पेशा अन्य कैयौं पेशाको तुलनामा उत्तम पेशा रहेको उनी बताउँछिन् । सबैभन्दा राम्रो कुरा भनेको बिना लगानीमै पैशा कमाउन चाहनेहरुलाई बीमा पेशा सहि हुने उनको बुझाई छ ।

दाबी भुक्तानीको समस्या घट्दै
उनले विगतमा दाबी भुक्तानी ठूलै समस्या रहे पनि पछिल्लो समय बीमा क्षेत्रमा त्यस्तो समस्या निकै कम रहेको बताएकी छिन् । पहिले पहिले बीमा कम्पनीहरुले दाबी भुक्तानी नदिएको घटनाहरु प्रचार प्रसार हुने भए पनि अहिले भने दाबी भुक्तानी पाएका घटनाहरुकै बढी सुनिन थालेको बताएकी छिन् ।

बीमा कम्पनीहरुले दिने दाबी भुक्तानी ढिलाई हुनुमा कहिले बीमा कम्पनीको र कहिले बीमित स्वयमको समेत कारण हुने गरेको उनले बताएकी छिन् । बीमा क्षेत्र आफैमा एउटा करार, सम्झौता रहेकाले यसमा बीमा बेच्ने कम्पनीले मात्र नभई बीमा किन्ने व्यक्तीले समेत सुरुमै स्पष्ट हुन जरुरी रहेको बताएकी छिन् ।

बीमा गर्न ढिला नगरौं
उनले बीमाले व्यक्तिलाई बचत गर्न, जोखिम पर्दा आर्थिक सुरक्षण गर्न र नसोचेका अनेकौ लाभ दिन मद्दत गर्ने भएकाले जो कोहीले बीमा गर्न पछि हट्न नहुने बताएकी छिन् । पौडेलले बीमा आफैमा अन्तर्राष्ट्रिय सिद्धान्त भएकाले यसलाई समयमै गरेर सबैले लाभ लिनु पर्ने बताएकी छिन् । उनले विद्याय स्तरमा विद्यार्थीहरुलाई पनि बीमा शिक्षा बुझाउन सकेमा परीवारका अन्य सदस्यले पनि बीमाको बारेमा बुझ्न पाउने बताएकी छिन् ।

बीमा बुझाउन मद्दत गर्ने सबैलाई धन्यवाद
उनले बीमा बुझाउन मद्दत गर्ने सबैलाई मुक्तकण्ठले धन्यवाद दिन चाहेकी छिन् । बीमाको बारेमा जानकारी दिँदै बीमामा प्रवेश गराउने साथीहरु, आफन्तजन, घरपरिवार, श्रीमान, तत्कालिन महालक्ष्मीदेखि हाल प्रभु महालक्ष्मीसम्म आउँदा भेटिएका साथीहरु, बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण तथा अन्य सबै शुभचिन्तकलाई धन्यवाद दिएकी छिन् । उनले आगामी दिनमा समेत त्यस्तै माया र साथको अपेक्षा गर्दै धेरै नागरिकहरुलाई बीमाको पहुँचमा ल्याउने इन्स्योरेन्स खबरलाई बताएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS