IME Life

साइकल यात्राबाट सुरु भएको अभिकर्ता पेशा आरामदायि कारसम्म पुगेको छः एजेन्सी म्यानेजर गंगा शर्मा पराजुली

SPIL
Sanima Reliance

काठमाडौं । १७ वर्षअघि गंगा शर्मा पराजुली साइकल चलाउँदै खेत खेत डुलेकी थिइन् । रोपाइको समय गाउँले सबै आफ्नो खेतमा व्यस्त हुने भएपछि उनी बीमा बारे जानकारी दिन खेतै खेत पुग्थिन् । किसानको खेतबारीमा हिँडेर सफल हुन्छु हुँदिन थाहा नभएपनि उनले आफ्नो हिँडाइलाई भने निरन्तरता दिइरहिन् । यसरी एक हप्तासम्मको उनको हिँडाइले नसोचेको उपलब्धि हाँसिल गर्यो । त्यहि साइकलबाट सुरु गरेको उनको यात्रा हाल कार चढेर पूरा गर्छिन् उनी ।

पार्ट टाइम काम खोज्दा अभिकर्ताको बारेमा थाहा भयो
गंगा शर्मा अभिकर्ता पेशामा संलग्न हुनु अगाडी बाँकेको एक  विद्यालयमा पढाउने गर्थिन् । श्रीमान् सिटिभिटिमा जागिरे र उनी शिक्षण पेशामा भएकोले नियमित आयस्रोत ठिकै थियो । दुई छाक खान कुनै समस्या नभएपनि भावी दिनका लागि जोहो गर्न भने मुस्किल नै थियो । कमाई गर्न सकुन्जेल खाना लाउन पुग्ने, सन्तान जन्मिएपनि र हात गोडा लाग्न छाडेपछिको आर्थिक संकटलाई कसरी टार्ने भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो । विद्यालयमा पढाउने काम बाहेक अन्य पार्ट टाइम गर्ने कामको खोजीमा रहेकी उनले अभिकर्ता पेशाबाट पनि राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाइन् । चिनेको एकजना दाइले लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालले सञ्चालन गरेको अभिकर्ता तालिममा सहभागी हुन सुझाव दिएका थिए । तर कारणबस उनी उक्त तालिममा सहभागी हुन भने पाइनन् ।

Crest
Meta Holidays

एकदिन, उनकै विद्यालयमा पढाउने शिक्षकले उनलाई बीमा गर्न आग्रह गरे । आफू बीमा गर्न इच्छुक भएको र बीमा गरिदिन भने । तर आफूलाई पनि अभिकर्ता पेशाप्रति रुची भएकोले तालिम सञ्चालन भए खबर गरिदिन आग्रह पनि गरिन् । करिब ६ महिनापछि तीनै शिक्षकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तालिम सञ्चालन गर्ने बारे खबर गरे । घरदेखि निक्कै टाढाँको स्थानमा भएको उक्त तालिममा पानीमा रुझ्दै पुगिन् । त्यहाँ पुगेर बुझ्दा त्यसअघि पनि थुप्रै तालिमहरु सञ्चालन भइसकेको रहेछ । सोहि चार दिने तालिम मार्फत उनी अभिकर्ताको बनेर गाउलेको खेतमै पुगेर बीमा गर्न थालिन् ।

एक हप्तामै विद्यालयबाट पाउने तलबभन्दा धेरै कमाई
उनले तालिम लिए लगत्तै विद्यालयमा वर्षे विदा सुरु भयो । धान रोपाइको चटारोमा गाउँलेहरु घरमा भन्दा बढी खेतमा भेटिन्थे । गंगाले पनि यहि मौकामा आफूसँग भएको साइकल चलाउँदै खेत खेतमा पुगेर बीमाबारे जानकारी दिने र बीमा गर्न प्रोत्साहन गर्न थालिन् । पानी झरी केहि नभनी हिम्मत जुटाएर उनी करिब एक हप्तासम्म खेतमा डुलिन् । एकैपटक धेरै जना समुहमा भेटिने भएकोले उनलाई काम गर्न पनि सहज भएको थियो । असार महिनाको अन्तिम हप्तामा सुरु भएको उनको व्यवसायले साउन महिनाको क्लोजिङमै आम्दानी दिन थाल्यो । उनले एक हप्तामै आफूले विद्यालयबाट एक महिनामा लिने पारिश्रमिकभन्दा धेरै कमाइन् । जसले गर्दा यो पेशाप्रति थप लगाव बढ्न थाल्यो ।
राम्रो प्रस्ताव ल्याएको भन्दै धेरैले सपोर्ट गरे

उनले बीमाबारे प्रस्ताव लिएर जति पनि ठाउँ पुगिन् सबैतिर राम्रै प्रतिक्रिया पाइन् । एकातर्फ उनी एक शिक्षिका थिइन्, सबिस्तार कुरा बुझाउन सक्ने खुबी उनमा थियो । अर्काेतिर उनको बुबा गाविस अध्यक्ष भएकोले पनि उनले राम्रो काम ल्याएकी होलिन् भनेर विश्वास गर्न थाले । यसरी उनले अभिकर्ता पेशामा प्रत्येक दिन सफलता प्राप्त गर्दै गइन् । गाउँ नजिक बैंक नभएको, घरमै बचत गर्न राखिएको पैसा केहि न केहि बहानामा खर्च हुने भएकोले उनको प्रस्ताव सुनेर धेरैजसो पैसा बचत हुने कुराले बीमा गर्न राजी हुन्थे । उनले पैसा बचत गर्ने उपायहरु समेत सिकाउँदै गइन् । यसरी सुरु सुरुमा उनले मासिक, त्रैमासिक, पाक्षिक रुपमा समेत प्रिमियम संकलन गर्ने गर्थिन् । तर पछि भने यसरी प्रिमियम संकलन गर्न अप्ठेरो भएकोले उनले सबै बीमितको प्रिमियम बार्षिक रुपमा संकलन गर्न थालिन् ।

१८ दिनको सुत्केरीमै बीमा गर्न पुगिन्
गंगाले आफू वरिपरि भएका नाता आफन्त चिनजान भएकालाई बीमाको फाइदाबारे बुझाइरहन्थिन् । बीमा पोलिसी खरिद गरेपनि नगरेपनि यसबारे जानकारी दिनु आफ्नो धर्म भएको सोच्दै उनी अनवरत रुपमा आफ्नो काममा खटिन्थिन् । यसरी काम गर्ने क्रममा खानेपानीमा काम गर्ने भाइहरुलाई पनि बेला बेलामा यसबारे जानकारी दिन्थिन् । दशैंको बोनस आएपछि बीमा गर्छाैं भनेका ती भाइहरुले उनलाई लगातार फोन गरेर आफूहरुको बीमा गरिदिन आग्रह गरे । सो समय गंगा १८ दिनको सुत्केरी थिइन् । दोस्रो सन्तानलाई जन्म दिएकी उनले आफ्नो अवस्था बताउँदा समेत ती भाइहरुले पैसा खर्च हुन्छ बीमा गरिदिनु भनेकोले उनी बीमा गर्न गइन् । उनी त्यो क्षणलाई आफ्नो जीवनमा कहिल्यै बिर्सन नसक्ने क्षणको रुपमा लिन्छिन् । उनी बीमा गर्न लागि र विद्यालय पढाउन आफ्नो पहिलो सन्तानलाई आमाबुबाको सहारामा छोड्ने गर्थिन् । माइती नजिक भएकोले उनलाई काम गर्न सहज भएको थियो ।

विद्यालय छोडेर पूर्ण रुपमा अभिकर्ता
२०७२ सालबाट भने उनी शिक्षण पेशा नै त्यागेर अभिकर्ता पेशामा लागि परेकी थिइन् । बीमितसँग भेटघाट गर्न, सहयोग गर्न र विभिन्न कार्यक्रममा सहभागी भइरहनुपर्ने भएकोले विद्यालयमा खासै समय दिन सकिनन् । विद्यालयमा गएल भइरहदाँ विद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गर्न नपाएको भान हुन्थ्यो उनलाई । यहि मात्र नभई आफूले बीमा गराएका बीमितले समेत राम्रो सेवा नपाएपछि उनले दुई मध्ये एक पेशा छान्ने निर्णय गरिन् र शिक्षण पेशा छाडिन् । विद्यार्थीले आफूभन्दा क्षमतावान शिक्षक पाउनेमा उनी विश्वस्त थिइन् । तर बीमा क्षेत्रले सक्षम अभिकर्ता गुमाउन नपरोस् भन्ने सोचले उनी अभिकर्ता पेशालाई नै निरन्तरता दिने सोचमा पुगिन् । तर यी दुबै पेशा उनको लागि सम्मानजनक पेशा हो ।

६ पटक एमडीआरटी, कोर्ट अफ द टेबलको टार्गेट पनि पूरा
नेशनल लाइफ इन्स्योरेन्सले एमडीआरटी सुरु गरेदेखि नै गंगा एमडीआरटीको लागि क्वालिफाइड भइरहेकी छिन् । उनले कोर्ट अफ द टेबलको टार्गेट पनि पूरागरेकी छिन् । अभिकर्ता पेशाबाटै उनले दुई पटक युरोप भ्रमण गर्ने मौक पाइन् भने अन्य विभिन्न देशमा समेत जाने मौका पाइन् । सुरुवाती समयमा बार्षिक १ करोड प्रिमियम संकलन गर्ने उनी हरेक वर्ष दोब्बर तेब्बर प्रिमियम संकलन गर्दै सफल अभिकर्ता बनेकि छिन् । उनले साइकल चलाउँदै सुरु गरेको अभिकर्ता पेशाले स्कुटीको रङ्ग मात्र होइन कार समेत फेर्ने मौका दिएको छ । जसकारण उनी यो पेशा प्रति पूर्ण रुपमा सन्तुष्ट छिन् । साथै, नेशनल लाइफले उनको काममा सहजता ल्याउन एक जना असिष्टेनको समेत व्यवस्था गरिदिएको छ । यसरी नेपालगन्जमा नेशनल लाइफ मार्फत अभिकर्ताको राम्रो छाप बसाउन सफल भएकी छिन् उनी ।

कम्पनीले बेलाबखत नेपाल टप, नेपाल दोस्रो जस्ता उपाधिहरुबाट सम्मान दिइरहने भएकोले पनि उनी यो पेशाप्रति थप आकर्षित भइन् । आफूले गरेको मेहेनतको उच्च मूल्याङ्कन गर्न कम्पनीले कुनै कसुर नछोडेपछि कामप्रतिको लगाव बढ्दै गएको उनी बताउँछिन् ।

कमिसन मात्र होइन सेवा पनि हो
अभिकर्ता पेशाको गहिराई बुझेकी गंगालाई यो पेशा कमिसनको लागि मात्र गरिने पेशा होइन भन्ने लाग्छ । यहि बीमाको माध्यमबाट सिंगो परिवार नै आर्थिक संकटबाट जोगिने भएकोले उनी यसलाई सेवाको पेशा समेत मान्छिन् । अभिकर्ता बन्नुभन्दा अगाडी नाताले सानिमा पर्नेको श्रीमान दुर्घटनामा परेर बित्नु भएको थियो । घरको हाली मुहाली सम्हाल्दै आएको व्यक्तिको नै अकालमा मृत्यु भएपछि सिंगो परिवारमा गहिरो चोट परेको थियो । तर, मृतकले बीमा गरेकोले बीमा कम्पनीले उनको सानिमाको परिवारलाई एकमुष्ठ २० लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । यहि कुरालाई देखेर पनि गंगालाई अभिकर्ता पेशा मन परेको थियो ।

स्वस्थ हुँदा सबै काम गर्न सक्ने व्यक्ति बिरामी भएपछि आश्रित परिवारमा आइपर्ने समस्यालाई न्यूनिकरण गर्नका लागि पनि बीमाले ठूलो भूमिका खेल्छ । यत्ति मात्र नभई घातक रोग लागेको खण्डमा उपचारको लागि बीमाङ्क रकम बराबरको रकम समेत प्रदान गर्ने भएकोले यो पेशालाई केवल पेशाको रुपमा मात्र लिन नहुने उनको भनाई छ ।

घरपरिवारले साथ दिएमा महिला गृहिणीहरुले सजिलै आम्दानी गर्न सकिने यो पेशामा चुनौती भने धेरै रहेको उनको बुझाई छ । समाजमा सबैको बुझाई र नजर एकै किसिमको नहुने हुँदा काम गर्न केहि असहज भने पक्कै छ । तथापि परिवारबाट साथ समर्थन भएमा यस्ता चुनौतीलाई सजिलै जित्न सकिने उनको बुझाई छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x