IME Life

अभिकर्ता पेशा रमाउँदै कमाउने पेशा होः एजेन्सी म्यानेजर गजेन्द्र प्रसाद भण्डारी

SPIL
NIC ASIA

काठमाडौं । गजेन्द्र प्रसाद भण्डारीले बीमा अभिकर्ताको रुपमा सक्रिय भई काम गरेको लगभग १८ वर्ष पूरा हुन लागेको छ । यस अवधिमा उनले थुप्रै बीमित र उनका परिवारलाई बीमाको सेवा दिइसकेका छन् । अझै पनि उनी यस पेशा मार्फत बीमाको बारेमा जानकारी दिने, सचेतना जगाउने काममा निरन्तर रुपमा लागि परिरहेका छन् । धरान जिल्लामा नेशनल लाइफको इन्स्योरेन्सको सक्रिय अभिकर्ताको रुपमा रहेका उनी हाल एजेन्सी म्यानेजरको रुपमा रहेका छन् । अभिकर्ता पेशाप्रति उनी सन्तुष्ट छन् । आफूले सकेसम्म यो पेशालाई निरन्तरता दिने उनी बताउँछन् ।

वि.स.२०६२ सालमा पहिलो पटक नेशनल लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको कोड लिएका थिए एजेन्सी म्यानेजर भण्डारीले । अभिकर्ता बन्नुभन्दा अघि भने उनी शिक्षण पेशामा आवद्ध थिए । विहान बेलुका ट्युसन पढाउने र दिउँसोको समय विद्यालयमा व्यस्त रहने उनले शिक्षण पेशाकै माध्यमबाट अभिकर्ता पेशामा समेत सफलता पाएको बताउँछन् । उनले बीमाबारे थाहा पाएपछि अभिकर्ता बन्नका लागि बुझ्न गएका थिए । केहि समयपछि नयाँ अभिकर्ताहरुका लागि तालिम सञ्चालन हुने भन्ने खबर पाए । तर विहान बेलुका नै ट्युसन पढाउन व्यस्त उनी केहि समयपछि मात्र तालिममा सहभागी बने । २०६२ सालमा भने नेशनल लाइफद्धारा सञ्चालन गरिएको ४ दिने तालिम पश्चात व्यवसायीक रुपमा अभिकर्ता बने । सोहि दिनबाट विद्यालयको शिक्षकसँगै उनी बीमा बारे जानकारी दिने अभिकर्ता समेत बने ।

Prabhu
Crest

नेटवर्किङ विजनेशका कारण बीमाबारे बुझाउन कठिन
भण्डारीले अभिकर्ता पेशा सुरु गरेको समयमा नेटवर्किङ व्यवसाय धेरै नै चल्तीमा थियो । नेटवर्किङ व्यवसायीले गरेको बदमासिक कारण अभिकर्तालाई समेत बीमा गराउन मुस्किल हुने गरेको उनी सम्झन्छन् । नेटवर्किङ व्यवसायले धेरैलाई ठग्दै हिडेको र बीमा पनि त्यस्तै बिजनेश हो भन्दै कतिपयले अभिकर्ताको कुरा समेत सुन्न चाहदैन थिए । तर, नेटवर्किङ व्यवसायमा संलग्न कतिपय कम्पनी र व्यक्तिलाई गैह्रकानुनी काम गरेको र ठगी गरेको आरोपमा पक्राउ गर्न थालेपछि भने बीमाप्रति चासो दिन थालेको उनी बताउँछ् । यसरी विभिन्न कठिनाइका बाबजुद पनि अभिकर्ता पेशालाई निरन्तरता दिँदै आएका उनले थुप्रै सफलता हाँसिल गरेका छन् ।

शिक्षक भएकोले विश्वास गर्ने आधार बलियो भयो
लामो समयदेखि धरानमा एक असल शिक्षकको रुपमा कार्यरत उनले आफ्नो विद्यार्थीको अभिभावक समक्ष बीमाको प्रस्ताव राख्थे । शिक्षकले कहिल्यै पनि नराम्रो सल्लाह सुझाव दिँदैनन् भन्ने सोचका साथ अभिभावकहरु बीमा गर्न राजी हुन्थे । यसरी अभिभावकमाझ विश्वास बटुलेका उनले बीमा प्रस्तावका लागि बाहिरि गाउ, समाज र जिल्लामा पुग्नुपरेन । उनले हालसम्म ४ हजारभन्दा बढी बीमितलाई सेवा दिइसकेका छन् । उनले जति पनि पोलिसी बिक्रि गरे धरानभित्रै बिक्रि गरेको उनको भनाई छ ।

उनले बिक्रि गरेका पोलिसीमा हालसम्म पनि कुनै बीमितको चित्त दुखाई छैन । तर एउटा घटना भने उनको दिमागमा ताजै बसेको छ । धेरै वर्षअघि उनले आफ्नै घर छेउमा बस्ने विद्यार्थीको अभिभावकलाई बीमा गर्न प्रस्ताव राखेका थिए । बीमाको फाइदा र महत्वबारे जानकारी दिएसँगै बीमा गर्न राजी भइन् । सुरुवाती समयमा सकारात्मक सोच सहित बीमा गरेका ती बीमितले ३ किस्ता तिरेपछि भने निरन्तरता नदिने भनिन् । पोलिसी सरेण्डर नगर्न सम्झाई बुझाई गर्दा समेत नमानेपछि उनले सरेन्डरका लागि कागज मिलाई दिए । छोटो समयमै सरेन्डर गरेकोले कम्पनीले सर्भिस चार्ज कटाएर उनलाई पैसा फिर्ता दिएको थियो । तर उनले प्रिमियम तिरेको रकममध्ये केहि रकम काटेर आएपछि उनले आफ्नो सबै पैसा फिर्ता मागिरहिन् । बीमितको विश्वासलाई कायम राख्नुपर्छ भन्ने सोच बोकेका उनले सरेन्डर पश्चात कम्पनीले फिर्ता दिएको रकममा अपुग रकम आफैले थपेर बीमितलाई फिर्ता दिएका थिए । आफ्नो अभिकर्ता यात्रामा घटेको यो घटना बेलाबखत सम्झिरहने उनी बताउँछन् ।

१८ वर्षमा ४ हजारभन्दा धेरै बीमित जोडिए
उनले बीमाको सेवा दिन थालेको करिब १८ वर्ष हुन लागेको छ । यस अवधिमा करिब ४ हजारभन्दा बढी बीमितलाई सेवा दिइसकेका छन् । कतिपय पोलिसी म्याच्योड भइसकेको छ भने कतिपय पोलिसी अझै निरन्तर चलिरहेको छ । साथै नयाँ बीमित जोडिने क्रम समेत निरन्तर चलिरहेको छ । उनी एजेन्सी म्यानेजर भएदेखि हालसम्म ५ सयभन्दा बढी मेम्बर जोडिएका छन् । तर सक्रिय रुपमा काम गर्ने अभिकर्ताको संख्या भने ३ सयको हाराहारीमा रहेको उनी बताउँछन् । उनले नेशनल लाइफमा एमडीआरर्टी सुरु भएदेखि नै एमडीआरर्टीको टार्गेट पूरा गर्दै आएका छन् । यति मात्र नभई उनको टिम टप टेनभित्र पर्दै आएको छ । व्यक्तिगत तर्फ भने नेशनल लाइफको देशभरबाट चौथो नम्बरसम्म पुग्न सफल भएका छन् । उनले यहि पेशामा संलग्न भएदेखि ८ भन्दा बढी देश घुम्ने मौका समेत पाएका छन् ।

इमान्दारीता र निरन्तरताले नै सफल बनाउँछ
एजेन्सी म्यानेर भण्डारीको अनुभवमा अभिकर्ता पेशा रमाउँदै कमाउने पेशा हो । इमान्दारीतापूर्वक गर्ने हो भने यो पेशाले राम्रो आम्दानी गर्न सहयोग गर्छ । बीमितलाई समस्या पर्दा सहयोग गर्ने, उनीहरुले बुझ्न चाहेको कुरालाई बुझाउने गर्दा बीमितले विश्वार गर्ने उनी बताउँछन् । यसका साथै कम्पनीको नियम लागू गर्ने, अभिकर्ताको नियमभित्र रहेर काम गर्नु पनि सफलताको अर्काे पाटो भएको उनको बुझाई छ । कतिपय ठाउँमा अभिकर्तालाई दलालको संज्ञा दिने गरिन्छ भने थुप्रै नकारात्मक टिप्पणी समेत आउने गर्छ । यस्तो अवस्थामा संयम भएर काम गर्न सकेमा एक सफल अभिकर्ता बन्न सकिने एजेन्सी म्यानेजर गजेन्द्र प्रसाद भण्डारीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS