IME Life
Beema Board

एटीएमबाट पैसा निस्केन तर बैंक खाताबाट ब्यालेन्स घट्यो ? अब कसरी हुन्छ हिसाब मिलान ?

SPIL
NIC ASIA

काठमाडौं । कार्ड प्रयोग गरेर एटीएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याका कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात (ब्यालेन्स) घट्न सक्छ। यस्तो अवस्थामा हिसाब मिलानका लागि नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान तोकेको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। एटीएमबाट नगद ननिस्केको अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था छः

Prabhu
Crest
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको १ दिन (टी प्लस १) भित्र।
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन (टी प्लस ३) भित्र।
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी प्लस ३०) भित्र।

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ। यससम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रीय बैंकले जनाएको छ। ‘नियामकीय व्यवस्थाप्रति जानकार रही वित्तीय कारोबार गरौँ’, सूचनामा भनिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS