IME Life
Beema Board

आइएमई लाइफले प्रिमियममा उठाएको पैसाबाट बोनस शेयर दिने बाटो खुल्यो, कति देला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्दा उठाएको प्रिमियमको रकमबाट बोनस शेयर जारी गर्न पाउने बाटो खुलेको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि प्रिमियममार्फत उठेको रकमबाट बोनस शेयर जारी गर्न पाउने भएको हो।

गत वर्ष पुस १२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिएको विषयमा सच्चिन बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले प्रिमियमबापत उठेको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो।

Prabhu
Crest

केही दिन अघिमात्रै फेरि लेखा समितिले बीमा कम्पनीहरुले प्रिमियममा उठाएको रकमको कर तिरेपछि बाँकी रकम बोनस शेयरका रुपमा बाँड्न पाउने निर्णय गरेको छ। यो निर्णयसँगै प्रिमियममा आइपीओ ल्याएका बीमा कम्पनीहरुमध्ये आइएमई लाइफले अघिल्लो आर्थिक वर्ष २०७९।८०का लागि शेयरधनीहरुलाई प्रिमियममा उठेको रकमबाट बोनस शेयर जारी गर्न पाउने भएको हो।

लेखा समितिले बीमकले सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयरपुँजी सर्वसाधारणमा जारी गरी बीमा प्राधिकरणको २०८० पुस १७ गतेको पत्रले जगेडा कोषमा जम्मा गरेको प्रिमियम रकममध्ये आयर कर ऐन, २०५८ बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने कर दाखिलापश्चात कम्पनी ऐन, २०६३ को दफा १९ को उपदफा (३) बमोजिम कम्पनीको पुँजी वृद्धि गर्ने प्रयोजनका लागि त्यहाँको साधारणसभामा प्रस्ताव राख्न सैद्धान्तिक सहमति दिएको छ।

प्रिमियममा आइपीओ ल्याएका ४ जीवन बीमा र एउटा पुनर्बीमा कम्पनीमध्ये आइएमई लाइफबाहेक सबैले वार्षिक साधारणसभा आह्वान गरिसकेका छन्। तीमध्ये हिमालयन रिइन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले वार्षिक साधारणसभा पनि सम्पन्न गरिसकेका छन्। सन नेपाल लाइफको वार्षिक साधारणसभा आह्वान भए पनि सम्पन्न हुन बाँकी छ। आइएमई लाइफले भने वार्षिक साधारणसभा आह्वान गर्न बाँकी नै छ।

हाल आइएमई लाइफको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। प्राधिकरणले तोकिएको न्यूनतम चुक्तापुँजी ५ अर्ब पुर्याउन यो कम्पनीलाई अझै २५ प्रतिशत रकम जुटाउन आवश्यक छ। यो कम्पनीले आइपीओ बिक्रीबाट १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन गरेको छ। जसअनुसार कम्पनीको ३९.०२ प्रतिशत बोनस शेयर बाँड्न सक्ने क्षमता छ। त्यसैले आइएमई लाइफले सहजै २५ प्रतिशत बोनस शेयर बाँड्न पाउने भएको छ।

यसैगरी रिलायबल नेपाल लाइफले आइपीओ विक्री गर्दा प्रिमियमबापत १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ रकम संकलन गरेको छ। यो हिसाबले यस कम्पनीसँग ४४.७५ प्रतिशत बोनस वितरण गर्ने क्षमता रहेको छ। यो कम्पनीको चुक्तापुँजी पनि ४ अर्ब रुपैयाँ छ।

केही समयअघि सम्पन्न वार्षिक साधारणसभाबाट रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने अजेन्डा पारित गरिसकेको छ। यससँगै कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड पुगेको छ। अब आर्थिक वर्ष २०८०।८१ का लागि प्रिमियमको रकमबाट बोनस शेयर वितरण गरी सहजै चुक्ता पूँजी पुर्याउन सक्नेछ।

उता सिटिजन लाइफको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ र सन नेपाल लाइफको ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। यी दुवै कम्पनीलाई चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन क्रमशः १ अर्ब २५ करोड रुपैयाँ र १ अर्ब ८० करोड रुपैयाँ पुँजी जुटाउन आवश्यक देखिन्छ।

सिटिजन लाइफको केही समयअघि सम्पन्न वार्षिक साधारणसभाबाट ५ प्रतिशत बोनस शेयर अनुमोदन भइसकेको छ। सिटिजन लाइफले आइपीओ मार्फत उठेकोे प्रिमियम रकमबाट १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ जुटाएको छ। अब आर्थिक वर्ष २०८०।८१ मा यो कम्पनीले प्रिमियमको रकमबाट बोनस शेयर वितरण गरी आफ्नो चुक्तापुँजी पुर्याउन पाउने भएको छ।

त्यस्तै, सन नेपाल लाइफले प्रिमियमबापत १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ जुटाएको छ। यो कम्पनीले आफ्नो वार्षिक साधारणसभा बोलाइसकेको छ। सभाले २३.८ प्रतिशत बोनस शेयरको अजेन्डा पारित गरेपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ। न्यूनतम चुक्तापुँजी पुर्याउन यो कम्पनीले भने १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद ल्याउने अजेन्डा पनि साधारणसभामा लैजाँदैछ। यस हिसाबले सन नेपाल लाइफले भने चुक्तापुँजी पुर्याउन हकप्रदको बाटो रोजेको छ।

यता निजी क्षेत्रबाट प्रवर्द्धित एकमात्र पुनर्बीमा कम्पनी हिमालयन रिको चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९।८० का लागि कम्पनीले चुक्तापुँजी ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँबराबरको बोनस शेयर केही समयपहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

सोही सभाबाट हिमालयन रिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अनुपातमा अर्थात ८० प्रतिशतले हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने अजेन्डा अनुमोदन गरिसकेको छ। अब यस कम्पनीको ८० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापुँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ।

बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ। यस हिसाबले हिमालयन रिको न्यूनतम चुक्तापुँजी पुग्न २८ अर्ब रुपैयाँ अपुग हुने देखिन्छ। लेखा समितिको निर्देशनपछि अब यो कम्पनीले पनि आइपीओ बिक्री गर्दा प्रिमियममा उठाएको रकमबाट आर्थिक वर्ष २०८०।८१ का लागि बोनस शेयर वितरण गरेर चुक्तापुँजी पुर्याउन सक्ने देखिन्छ।

बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले पनि बीमा कम्पनीहरुले आइपीओ जारी गर्दा उठाएको प्रिमियमको रकमबाट बोनस शेयर जारी गर्न पाउने बाटो खुलेको बताए। ‘लेखा समितिले नै प्रिमियमबापत उठेको रकमको कर तिरेर पुँजी वृद्धि गर्नका लागि साधारणसभामा प्रस्ताव राख्न सैद्धान्तिक सहमति दिएको छ’, उनले भने, ‘त्यसैले जुन–जुन कम्पनीको न्यूनतम चुक्तापुँजी पुग्दैन, उनीहरुले साधारणसभामार्फत प्रिमियमको रकम पुँजीवृद्धि प्रयोजनका लागि प्रयोग गर्न अनुमोदन गर्न सक्छन्। यसको अर्थ अब कम्पनीहरुले उक्त रकमबाट बोनस शेयर जारी गरेर न्यूनतम चुक्तापुँजी पुर्याउन पाउँछन्।’

प्राधिकरणका प्रवक्ता पौडेलले हकप्रदमार्फत न्यूनतम चुक्ता पुँजी पुर्याउने बाटो रोजेका बीमा कम्पनीहरुको हकमा भने उनीहरुले आइपीओ ल्याउँदा प्रिमियमवापत उठाएको रकम जगेडामै राख्नुपर्ने बताए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS