IME Life
Beema Board

ब्याजदर अधिक घट्दा तनावमा बचतकर्ता, त्रासमा बैंकर !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विगतमा उच्च अंकले बढेको ब्याजदर घटेर न्यून विन्दुमा झर्दा बचतकर्ता मारमा परेका छन् । बचतकर्ता बिच्कने डरमा बैंकर रहेका छन् । मुद्दती निक्षेपको ब्याजदर घटेर ५ प्रतिशत हाराहारीमा झरेपछि बचतकर्ताहरु लगानीका लागि उपयुक्त क्षेत्र खोजिरहेका छन् । उनीहरूले बैंकमा ब्याज नपाइने भएपछि बचतको अरु कुनै विकल्प खोज्न थालेका हुन् । “मसँग करिब ४ लाख रुपैयाँ थियो । अलि धेरै ब्याज आउने बैंक खोज्दा भेटिन । ५ प्रतिशतभन्दा त बढी अन्तै लगानी गर्दा पाउँछु । उता गरिन,” एक बचतकर्ताले भने ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा ब्याजदर घट्न गएको हो । जानकारहरू मुद्रास्फीति भन्दा पनि तल ब्याजदर झर्छ कि भन्ने त्रासमा रहेका छन् । उनीहरूले ब्याजदर अस्वभाविक रुपमा कम नगर्न पनि बैंकरहरूलाई आग्रह गर्दै आइरहेका छन् । बचतकर्ताले बचतको विकल्प खोज्न थालेपछि बैंकरहरूलाई तनाव थपिएको छ । एकातिर कर्जा विस्तार गर्न नसकिरहेका बैंकहरूलाई ब्याजदर घट्दा बचतकर्ता जोगाउन हम्मेहम्मे परिरहेको छ ।

Prabhu
Crest

एक बैंकरले भने,”हामी अप्ठ्यारो परिस्थितिमा छौँ । ब्याजदर झन घट्ने अवस्था छ, यसो हुँदा बचतकर्ताले बचत अन्तै सार्छन् भन्ने चिन्ता छ ।”, ती बैंकरले आगामी दिनमा घट्दै जाँदा अर्थतन्त्र थप समस्यामा पर्न सक्ने समेत औंल्याए ।

पछिल्लो समय बैंकहरूमा ब्याजदर घट्दो क्रममा छ । राष्ट्र बैंकका अनुसार, २०८० फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो । यस्तै विकास बैंकहरुको ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत रहेको छ । यस्तै बैशाख महिनामा बैंकहरुको औसत आधार दर ८.७५ प्रतिशत छ । गत साउनमा औसत आधार दर १०.११ रहेकोमा चैतसम्ममा क्रमशः घट्दै ८.७५ प्रतिशतमा झरेको हो ।

एक पटकमा १० प्रतिशतसम्म मात्रै ब्याजदर घटबढ गर्न पाउने राष्ट्र बैंकको नियन्त्रित व्यवस्थानुसार ब्याजदर घटाउँदै सार्वजनिक गर्दै आएका छन् । केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटेका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो । बैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिइरहेका छन् । आगामी महिनाहरूमा बैंक ब्याजदर झनै घट्ने देखिन्छ ।

गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक समारोहमा सम्बोधन गर्दै चालु आवमा ब्याजदर निरन्तर घट्दै गएको बताउँदै आएका छन् । चालु आवमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ प्रणालीमा तरलता बढेको र अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरू घट्दै गएको उनको भनाइ छ ।

यसरी एक पछि अर्को महिना गर्दै ब्याजदर निरन्तर घट्दा एकातिर बचतकर्ता र बैंक दुवै तनावमा छन् । अर्कातिर ब्याजदरको सामान्य सिद्धान्तलाई कायम राख्न जानकारहरूले सचेत गराउन थालेका छन् । ब्याजदर मुलुकको मुद्रास्फीतिभन्दा कम हुन नहुने मान्यता छ । राष्ट्र बैंकका अनुसार, २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । बैंकको ब्याजदर यही हाराहारीमा आए अर्थतन्त्रमा झनै समस्यामा पर्ने जानकारहरू बताउँछन् ।

कुन बैंकले कति दिन्छन् ब्याज ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

41%

खुसी

45%

दु :खी

0%

अचम्मित

9%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS