IME Life

६ महिनामै प्रदेश टप गर्न सफल चिफ बिजनेस म्यानेजर नारायण खरेल, जो अभिकर्ता पेशाबाट मनग्य आम्दानी गर्छन्

SPIL
NIC ASIA

काठमाडौं । मानव शरिरमा कुन समय कस्तो समस्या आइपर्छ त्यो कसैलाई थाहा हुँदैन । शरिरमा रोग लागिसकेपछि स्वस्थता र आरोग्यको कामना गर्नु स्वभाविक हो । रोगले थलिएपछि दैनिकिदेखि खानपान सबैमा परिवर्तन आउँछ । तर अभिकर्ता चिफ बिजनेस म्यानेजर नारायण खरेलको जीवनमा भने घातक रोग पश्चात परिवर्तनका छालहरु आए । जुन उनको जीवनमा खुशियालीको छाल बनिदियो । रोग लाग्नुअघि बीमा बारे खासै चासो नभएका उनलाई रोग लागेपछि अभिकर्ता नै बनायो । यहि अभिकर्ता पेशामा उनी रमाएका छन् अनि कमाएका छन् । परिवारको आवश्यकता पूर्ति गर्न कुनै समस्या छैन उनलाई । यत्ति मात्र होइन समाजमा मान सम्मान र प्रतिष्ठा समेत पाएका छन् । त्यसैले त उनले पटक पटक घातक रोगको सिकार हुँदा समेत अभिकर्ता पेशालाई निरन्तरता दिँदै आएका छन् ।

Prabhu
Crest

रोग लागेपछि अभिकर्ता बन्न प्रेरित बनायो
झापा दमकका नारायण खरेल नेशनल लाइफ इन्स्योरेन्सको दमक शाखामा अभिकर्ताको रुपमा कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंकबाट सञ्चालन भएकोले पनि यो कम्पनीप्रति उनलाई पूर्ण विश्वास लाग्ने गरेको उनी बताउँछन् । उनको अभिकर्ता यात्रा भने अलि फरक तरिकाले भयो । ७ वर्षअघि उनी ब्रेन ट्युमर रोगबाट पिडित भएका थिए । ब्रेन ट्युमरको सफल उपचार पश्चात घर फर्केका उनलाई दाइको छोरा भतिजोले बीमा गर्न सुझाव दिए । उनको भतिजो इन्स्योरेन्स कम्पनीको मार्केटिङ गर्थे । मानव जीवनको कुनै भरोसा नहुने भन्दै बीमा गरे परिवारलाई आर्थिक सहयोग हुने कुरा भतिजोले गरेपछि यसबारे थप बुझ्न चाहे । बीमाको फाइदा, यसले दिने सुविधाबारे राम्रोसँग बुझाउन भतिजोलाई भनेपछि अन्तत उनी बीमितमात्र नभई अभिकर्ता नै बनेर काम गर्ने निष्कर्षमा पुगे । बीमाको फाइदाबारे जानकारी लिएका उनले १० लाख बीमाङ्क बरारबर १ लाख रुपैयाँ नगद बोकेर बीमा गर्न हिँडे । सुरुमा आफ्नो बीमा गरि सुरक्षित बन्ने र आफूसँगै अरुलाई पनि आर्थिक समस्याबाट सुरक्षित राख्ने सोचले उनी अभिकर्ता बन्न हिँडेका थिए ।

डीएक्सएनको १५ वर्षे जागिर त्यागेर अभिकर्ता, ६ महिनामै प्रदेश टप
खरेल अभिकर्ता पेशामा लाग्नुअघि डीएक्सएन कम्पनीमा कार्यरत थिए । उक्त कम्पनीमा विभिन्न सामाग्रीको बजारीकरण र बिक्रि गर्ने काम गर्थे उनी । राम्रो चिनजान भएकोले यस कम्पनीबाट उनले राम्रै आम्दानी गर्दै आएका थिए । बिगत १५ वर्षदेखि यस कम्पनीमा कार्यरत उनले राम्रो पब्लिक रिलेसन बनाएका थिए । जुन रिलेसनले गर्दा अभिकर्ता पेशामा समेत राम्रो सफलता पाए उनले । उनले नेशनल लाइफ इन्स्योरेन्समा सात वर्षअघि माघ महिनाबाट सक्रिय अभिकर्ताको रुपमा काम सुरु गरेका थिए । नाता आफन्त मात्र नभई साथीभाईले पनि उनीमाथि विश्वास गर्ने भएकोले ६ महिनामै अभिकर्ता पेशामा उछाल ल्याउन सफल बने । उनले ६ महिनामा गरेको मेहेनतले नेशनल लाइफको १ नम्बर प्रदेशबाट टप भए त्यो पनि व्यक्तिगत कोडबाट । यसरी प्रदेश टप मात्र नभई नेपालभरबाट प्राय वर्ष सातौ, आठौं नम्बरमा पर्दै आए । उनी २०२१ मा एमडीआरटी क्पालिफाइड भएका थिए भने २०७७ मा नेशनल लाइफको नेपालभरबाट दोस्रो, २०७८ मा एक्सीलेन्ट अवार्ड समेत पाएका छन् । उनलाई डीएक्सएन कम्पनीमा भन्दा अभिकर्ता पेशामा काम गर्न सहज लाग्यो । डिएक्सएनमा सामान बिक्रि गर्दै जानुपर्ने, धेरै जसो कस्टुमर कन्भिन्स हुन नमान्ने हुँदा केहि झन्झट हुने गर्दथ्यो । तर अभिकर्ता पेशामा आधा घण्टा मात्रै कुराकानी गर्ने हो भने सजिलै पोलिसी बिक्रि गर्न सकिने र यसबाट आउने कमिसन पनि धेरै हुने भएकोले यहि पेशा उपयुक्त लाग्छ उनलाई ।

दोस्रो पटक प्राण घातक रोगलाई जितेपछि
करिब डेढ वर्षअघि ठूलो आन्द्राको क्यान्सरका कारण उनी पुन हस्पिटलाइज भए । सो समय नेपाल टप गर्ने उनको योजना थियो सोहि अनुरुप व्यवसाय बढाईरहेका उनी अचानक उपचारका लागि बस्नुपर्ने भयो । नेपाल टप हुने उनको सपना सपनामै सिमित रह्यो । उक्त समय तेस्रो स्टेजमा पुगेको क्यान्सरको उपचारार्थ उनले नेशनल लाइफबाट राम्रै उपचार खर्च पाए । उनले सुरुवाती वर्ष १० लाखको बीमा गरेका थिए भने पछि पुन ५० लाख बीमाङ्कको बीमा गरे । सोहि ५० लाख बीमाङ्कबाट ५० लाख रुपैयाँ नै उपचार खर्च पाएपछि बीमाप्रति झन बढी विश्वास बढेको उनी सुनाउँछन् । बिरामी भएपछि भने उनले टिम र व्यक्तिगत दुवैतर्फकोव्यवसाय बढाउन सकेका छैनन् । स्वास्थ्यको ख्याल गर्नुपर्ने भएपछि भेटघाट र छलफल पातलो हुन थालेपछि व्यवसायमा केहि ह्रास आएको यद्यपी व्यवसाय बढाउने योजना भने छ उनको । यसरी उनी स्वयमले बीमितको सेवा लिएकोले हरकोहीलाई जीवन बीमा गर्नुपर्छ भन्ने सुझाव दिन्छन् । उनले आफ्नो सर्कलमा रहेका साथीभाईलाई पनि यहि पेशामा आवद्ध हुन सुझाइरहन्छन् । उनले एकैजनाको १ करोडसम्मको बीमा गराएका छन् भने उनले बीमा गर्न प्रस्ताव गरेपछि अस्विकार कमैबाट हुने गरेको उनको भनाई छ ।

निरन्तरता नै व्यवसायको उचाई
अभिकर्ता पेशा सुरु गरेदेखि हालसम्म उनले निरन्तर रुपमा काम गर्दै आइरहेका छन् । उनलाई लाग्छ मर्नुपर्यन्तसम्म पनि आफू यहि पेशमा संलग्न रहन्छु । दिनमा २ ३ घण्टा मात्रै काम गरे पुग्ने भएकोले पनि आफू यहि पेशामा रहने उनको योजना छ । हुन त उनलाई केहि कुराको अभाव छैन । उनले चाहे भने प्रत्येक वर्ष नयाँ नयाँ गाडी फेर्न सक्छन् । दुई छोरा डाक्टर र एक छोरी अमेरिकामा राम्रै कमाई गरेर बसेका छन् । भागदौड गर्दै काम गर्नुपर्ने उनको जरुरी छैन । तथापी उनले आफ्नो परिवारका सबै सदस्यको नाममा दुई दुई वटा पोलिसी खरिद गरिदिएका छन् । जुन पोलिसीले उनको परिवारलाई आर्थिक संकटबाट जोगाउने उनी बताउँछन् । तर, जीवन बीमाले दिने सेवा सुरक्षा अरुलाई पनि दिनुपर्छ भन्ने मान्यता छ उनको । परिवारको एक जीम्मेवार व्यक्तिलाई केहि भइदिँदा सिंगो परिवार नै आर्थिक संकटमा जुध्नुपर्ने हुन्छ । तर सो जिम्मेवार व्यक्तिले बीमा गर्यो भने सिंगो परिवारलाई आर्थिक संकटबाट जोगाउने सक्ने भएकोले हरेक घर परिवारमा बीमा सचेतना पुर्याउनुपर्ने उनको विचार छ । तसर्थ उनी अभिकर्ता पेशालाई सामाजिक अभियन्त भन्न रुचाउँछन् । यसरी निरन्तर रुपमा काम गरिरहदा एकातिर आफूलाई बीमितले विश्वास गर्ने र अर्काेतर्फ आफू आर्थिक साथै ज्ञानको हिसावले बलियो हुने र व्यवसायमा सफलता पाउने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS