IME Life

हुने खानेलाई भन्दा हुँदा खानेलाई बीमा गराउँदा खुशी लाग्छः चिफ विजनेस म्यानेजर रामशरण बर्ताैला

SPIL
NIC ASIA

काठमाडौं । कुनै समय व्यवसायीक जीवन विताउँदै आएका खैरहनि नगरपालिका १२ कुमजोर, चितवन निवासी रामशरण बर्ताैलालाई आफू यसरी अभिकर्ता पेशामा जम्छु भन्ने लागेको थिएन । साथीभाईले अभिकर्ता पेशा बारे कुरा गर्दा उनी खासै वास्ता गर्दैन थिए । तर, उनको दाईले पटक पटक अभिकर्ता बन्न घचघचाइरहेपछि भने उनले वास्तवमा अभिकर्ता भनेको के रहेछ भन्ने लागेर यसबारे बुझ्न चाहे । उनले कुनै बीमा अभिकर्ता वा बीमा कम्पनीसँग नभई सिधै बीमा समिति (प्राधिकरण) मा फोन गरेर यसबारे जिज्ञासा राखेका थिए । प्राधिकरणबाट स्पष्ट रुपमा अभिकर्ता बारे बुझे पछि ढुक्क भएर बीमा क्षेत्रमा लागेका उनी हाल नेशनल लाइफ इन्सयोरेन्सका सफल अभिकर्ताको रुपमा छाएका छन् ।

रामशरण बर्ताैलाले वि.स.२०६५ सालमा अभिकर्ता पेशा सुरु गरेका थिए । उनले सुरुमा १ लाख बीमाङ्कको २२ वर्षे बीमा पोलिसि खरिद गरेका थिए । तत्पश्चात उनले विभिन्न सरकारी सेवामा आवद्ध कर्मचारीहरुलाई बीमा गर्न प्रेरित गरे । समयसँगै उनी आफैले २० लाख, ५० लाख बीमाङ्क रकमको पोलिसी खरिद गरेका छन् । यसरी व्यवसायी जीवनबाट अभिकर्ता पेशामा जमेका उनी अभिकर्ता पेशालाई एक फलदायी र सफल पेशाको रुपमा लिने गर्छन् । उनले आफूसँगै सिंगो परिवारलाई बीमामा जोडेका छन् । विशेषत उनी मनिब्याप पोलिसि खरिदमा रुचि राख्छन् ।

Prabhu
Crest

अन्य व्यवसायभन्दा अभिकर्ता पेशा सरल रुपमा गर्न सकिने उनको बुझाई छ । बोलिको प्रभाव पार्न सक्ने हो भने जोकोहीले पनि बीमाको महत्व सजिलै बुझ्न सक्ने उनी बताउँछन् । अन्य व्यवसायमा लगानी छुटाउनुपर्ने हुँन्छ । लगानीसँगै बजार र ग्राहक खोज्नुपर्ने हुन्छ । अग्रिम लगानीमा गरिने सबै व्यवसाय सफल हुन्छ भन्ने पनि हुँदैन । तर, खट्न र बुझाउन सक्ने हो भने अभिकर्ता पेशामा धेरै हदसम्म सफल हुन सकिन्छ । जुन यो पेशा गर्नका लागि अग्रिम लगानी पनि चाँहिदैन । जति धेरै समय दिन सक्यो त्यत्ति नै फाइदा लिन सकिन्छ । यसकारण पनि उनी अभिकर्ता पेशालाई उत्कृष्ट पेशा भन्न रुचाउँछन् ।

अन्य अभिकर्ताको तुलनामा रामशरण बर्ताैला फरक सोचाइ भएको अभिकर्ता हुन् । उनको नजरमा व्यवसाय र धनले सम्पन्न व्यक्तिभन्दा गरिब, पिछडिएका व्यक्तिलाई बीमाको दायरामा पुर्याउन आवश्यक छ । उनी सकेसम्म मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायलाई बीमाको महत्व र यसले दिने फाइदाबारे बुझाउने गर्छन् । करिब १५ वर्षको अभिकर्ता यात्रामा उनले गरेको एउटा काम भने अझै पनि उनी सम्झिरहन्छन् । धेरथोर बचत गर्ने बानी बसाउन उनले सुकुम्बासी बस्तीमा आफैले खुत्रुके किनेर बाँडेका थिए । यसरी जम्मा गरेको पैसाले उनी बीमा गरिदिन्थे । खुत्रुके बाँडेकामध्ये प्रायले बचत गर्ने बानी बसालेको उनी बताउँछन् । आफूले यसरी बचत गर्ने बानी सिकाएर १२ कित्तासम तिरिसकेको उनको भनाई छ ।

निम्न आय भएका परिवारमा उनले बीमा गरिदिँदा आपत परेको बेलामा उनीहरुले पोलिसी सरेण्डर गरेर आफ्नो समस्या टार्ने गरेको समेत उनी बताउँछन् । बार्षिक प्रिमियम तिर्दा यति बचत भयो भनेर हिसाब गर्दै खुशी भएको दृश्यले उनलाई मन भित्रैबाट आनन्द बनाउने उनको भनाई छ । यसरी अभिकर्ता पेशा आयआर्जन मात्र नभई सामाजिक सेवा गर्ने मुख्य पाटो समेत भएको उनको भनाई छ । दैनिक मजदुरी गर्ने व्यक्ति होस् वा रिक्सा चालक छरिएर रहेको पैसालाई बचत गर्ने बानी बसाल्दा भविष्यमा आइपर्ने भवितव्यको जोखिम उठान गर्न सहयोग गरेको छ । परिवारको पालन पोषणमा सहयोग गरेको छ भने, एकैपटक आइपर्ने आर्थिक भारमा समेत सहयोग गरेको छ ।

हाल नेशनल लाइफ इन्स्योरेन्स चितवन पर्सा शाखामा चिफ बिजनेस म्यानेजरको रुपमा रहेका बर्ताैलाले अभिकर्ता पेशाबाट थुप्रै मौका पाएका छन् । उनले यहि पेशामा आवद्ध भएपछि देश तथा विदेशका विभिन्न भाग घुम्ने अवसर पाएका छन् । साथै देशका विभिन्न स्थानका व्यक्तिहरुसँग भेटघाट गर्ने, चिनजान गर्ने मौका समेत पाएका छन् । उनी विगत ३ वर्षदेखि एमडीआरटीका लागि क्वालिफाइड हुँदै आएका छन् भने हरेक पटक मासिक टार्गेट पूरा गरेका छन् ।

उनको लागि यो पेशामा केहि मिठो र केहि तितो अनुभवहरु रहेका छन् । उनले बीमा गर्न प्रेरित गरेका दम्पति बीमा गर्न राजी भएका, ती दम्पतिले आवश्यक सबै कागजात र प्रिमियम दिइसकेको अवस्था थिएन । अपुरो कागजात मार्फत बीमा पोलिसी खरिद गर्न नसकिने हुँदा उनी कागजातको पखाईमा थिए । तर सोहि समयमा दम्पतिमध्ये श्रीमानको मृत्यु भयो । यदि उनले समयमै कागजात पाएको भए त्यो विपतमा केहि हदसम्म सहयोग हुन्थ्यो भन्ने कुराले अझै थकथक लाग्छ उनलाई ।

यो पेशामा लागेपछि नाता, आफन्त र साथीभाई टाढा भएको देख्दा उनलाई दुख लाग्छ । दुखसँगै यो पेशाले दिने सम्मनले भने सबै दुख बिर्साउन सहयोग गर्छ । कामको सिलसिलामा धेरै साथीभाईसँग भेटघाट हुने, ज्ञान बाँड्न पाउने, आफूले बीमा गरिदिएको बीमितले बीमा बापत पाउने सेवा लिएको देख्दा खुशी लाग्छ उनलाई । देशमा रोजगारीको अवसर छैन भन्ने सोच भएकालाई उनी अभिकर्ता पेशामा संलग्न हुन सुझाव दिन्छन् । मासिक ४० हजार रुपैयाँ कमाउनका लागि विदेश जानु नपर्ने उनको बुझाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS