IME Life
Beema Board

१२ बीमा कम्पनीहरुले घोषणा गरे लाभांश, सूर्यज्योतिले सर्वाधिक दिँदा ८ बीमकका शेयरधनीको हात खाली

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १२ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये ७ वटा निर्जीवन बीमा रहेका छन् भने ५ वटा जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म सूर्यज्योति लाइफ, सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स, एशिन लाइफ, सगरमाथा लुम्बिनी, प्रभु, नेपाल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

गत वर्षको नाफाबाट ८ कम्पनीले लाभांश नदिने भएका छन् । जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफले यस वर्ष लाभांश नदिने घोषणा गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, निर्जीवन बीमातर्फ पनि ४ कम्पनीले लाभांश नदिने भएक छन् । नेको इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल, सानिमा जीआइसी र शिखर इन्स्योरेन्सले लाभांश नदिने भएका हुन् । बाँकी कम्पनीहरुले लाभांशको निर्णय गरेका छैनन् ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले माघ १४ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँबराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ । कम्पनीले माघ २५ गते, बिहीबार, आफ्नो ३०औं वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९।९७ रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ । यस कम्पनीले ७५औँ वार्षिक साधारणसभा पुस १३ गते नै सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ । कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते, सोमबार सम्पन्न गरी लाभांश पारित गरिसकेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस कम्पनीले आफ्नो ३० औं वार्षिक साधारण सभा फागुन ६ गते आइतबार सम्पन्न गरी लाभांश अनुमोदन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी
यस कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस कम्पनीले कम्पनीले १८औं वार्षिक साधारण फागुन ३ गते सम्पन्न गरी लाभांश पारित गरिसकेको छ ।

एशियन लाइफ इन्स्योरेन्स
यस कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत ९१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एशियन लाइफले पनि साधारण सभा गरी लाभांश अनुमोदन गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी
कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३०औँ वार्षिक साधारणसभा फागुन ३० गते गरिसकेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स

यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको कुल २५ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा २३ दशमलव ८ प्रतिशतले हुन आउने ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ १ दशलमव २५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २११ रुपैयाँ रहेको छ। कम्पनीले साधारण सभाको मिति तय गरेको छैन् ।

सूर्यज्योति लाइफ इन्स्योेरेन्स
कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँबराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारितका लागि वैशाख द्द१ गते साधारण सभा गर्दैछ । कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण वैशाख ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव २५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्नका लागि कम्पनीले २८ औँ वार्षिक साधारणसभा वैशाख २० गते काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्समा बिहान १० बजे सभा डाकेको हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७औं वार्षिक साधारण चैत २७ गते सम्पन्न गरी प्रस्तावित लाभांश अनुमोदन गरेको छ ।

लाभांश प्रस्ताव गरेका यी कम्पनीहरुमध्ये अब सन नेपाल लाइफको मात्रै बुक क्लोज हुन बाँकी रहेको छ । कम्पनीले भने साधारण सभा तथा लाभांश प्रयोजनका लागि मिति तय गरेको छैन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS