IME Life
Beema Board

रु. २३.१० अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार, सोमबार बोलकबोल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले २३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख १८ गते २३ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो।

कार्यालयले ९१ दिनेअन्तर्गत ८ अर्ब १० रुपैयाँ, १८२ दिने १३ अर्ब रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन १५ गते, कात्तिक १३ गते र २०८२ वैशाख १६ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार (वैशाख १७ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

Prabhu
Crest

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS